संखुवासभा, २९ बैशाख । अरुण तेस्रो जलविद्युत आयोजनाको सुरुङ भित्र ढुङ्गा खसेर एक जना कामदारको मृत्यु भएको छ ।
संखुवासभाको चिचिला गाउँपालिका–३ पुखुवामा निर्माणाधिन अवस्थामा रहेको अरुण तेस्रो जलबिद्युत आयोजनाको म्याट वान पावर हाउसको सुरुङ भित्र ब्लाष्टिङ लोड गर्ने क्रममा माथीबाट ढुङगा खसेर शुक्लाफाँट नगरपालिका–१२ कन्चनपुरका ३७ बर्षीय कृष्ण रानाको घटनास्थलमा नै मृत्यु भएको हो ।
बुधबार बिहान ८ः३० बजेको समयमा सुरुङ भित्र काम गर्ने क्रममा अचानक ढुङ्गा खस्दा उनकोे घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त ढुङगाले लाग्दा अर्का कामदार ५० बर्षीय मिठु राना घाईते भएका छन् । घाईतेलाई उपचारको लागी जिल्ला अस्पताल खाँदवारी पठाईएको तथा घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Post Views: 294