बुधबारे, ३१ बैशाख । बुधबारे जेसीजले कोरोना कहरका बिच शान्ति सुरक्षामा खटिने प्रहरीलाई शुक्रबार मास्क सेनिटाइजर प्रदान गरेको छ ।
‘जेसीजको मानवताको सेवा नै जिवनको सर्वोत्तम कार्य हो’ भन्ने भनाईलाई आत्मसाथ गर्दै
दिनरात जनताको काममा खटिने प्रहरीलाई स्वास्थ्य सर्तकता अपनाउन उक्त सामग्री प्रदान गरिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताए ।
बुधबारे जेसीजका कोषाध्यक्ष मुकेश भट्टराईको संयोजकत्वमा मास्क सेनिटाइजर प्रदान गरिएको बुधबारे जेसीजका महासचिव सुजित बरालले बताएका छन् ।
कार्यक्रम संयोजक भट्टराईले इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख निराजन कटवाललाई उक्त सामग्री हस्तान्तरण गरेका थिए ।
Post Views: 7