२० बर्षदेखि वेपत्ता राई घर फर्किएपछि गाउँ नै हर्षित
शुक्रबार, ३१ बैशाख, २०७८,
राष्ट्रिय डेली
अनिल वाग्ले
बुधबारे ३१ बैशाख । झापा बुद्धशान्ति १ देउराली निवासी पूर्णबहादुर राई र नरमाया राईका माइला छोरा राजन राई (राजु) २०५८ सालदेखि बेपत्ता भए । वेपत्ता भएको यतिका वर्ष भइसक्दा परिवारले उनि फेरि घर आउलान् भन्ने आशा मारिसकेको थियो । अझ भनौ उनि बाँचेका छन् भन्ने कुरामा पनि विश्वास थिएन सायद कसैलाई ।
तर सामाजिक सञ्चालको माध्यमबाट २० वर्षदेखि हराएका राजन परिवारको सम्पर्कमा मात्र आएनन् आज घर नै आइपुगेका छन् । घर आउँदा उनको परिवारमा मात्रै होइन यतिवेला सिँगो गाउँमा नै खुसी छाएको छ ।
मुम्बईको एक अस्पतालमा वेवारिसे अवस्थामा रहेका राजनको बारेमा सामाजिक सञ्जालमा शेख अलि नैसेनले भिडियो अपलोड गरे । त्यो भिडियो भाइरस बन्यो अन्तत परिवारले थाहा पाए । त्यो बेला परिवारमा खुसीको सिमा नै रहेन । उनलाई मुम्बईबाट घर ल्याउन विभिन्न व्यक्ति तथा संस्थाले सहयोग गर्यो । सबैको सहयोगले आज उनी २० बर्ष अघि छाडेर गएको घर आइपुगेका छन् ।
तर उनी तन्दुरुस्त भने छैनन् । उनलाई प्यारालाइसिस भएको परिवारले बताएको छ । उनलाई थप उपचारको आवश्यकता परेको छ । आर्थिक अवस्था अत्यन्त्यै कमजोर त्यो परिवारका लागि उनको उपचार फलामको चिउरा चपाउनु जस्तै छ ।
राजन राई (राजु) उद्दार तथा उपचार समूहका संयोजक प्रकाश भण्डारीले भने ‘राजनलाई पहिलो पटक भेटाएर सामाजिक संजालमा खोजीका लागी भिडियो अपलोड गर्ने सेख अलि नैसेन, मुम्बई बसोबास गर्दै आउनुभएका देवी गिरि, बिबेक भण्डारी, अमेरिकामा रहेका दुर्गा मगर लगायत सहयोग गर्ने सम्पूर्ण सहयोगी मनहरु धन्यवादका पात्र हुनुहुन्छ ।’
बुधबारे जेसीजका पूर्व अध्यक्ष समेत रहेका भण्डारीको संयोजकत्वमा राजन राई (राजु) उद्दार तथा उपचार समूह गठन भएको छ । सो समूहले राजनको थप उपचारको प्रवन्ध मिलाउने बताइएको छ । उनको उपचार गर्नलाई लागि सो समूह हालै गठन भएको छ भने समूहले उपचारका लागि आर्थिक सहयोगको अपील पनि गरेको छ ।
विराटनगर । विराटनगरको ईडेनवर्ग कलेजमा अध्ययनरत विद्यार्थी शत्रुधन यादवले ८३ प्रतिशत नतिजा ल्याएका छन् । त्रिभुवन विश्वविद्यालयले लिएको विविएस अन्तिम बर्षको परिक्षामा यादवले ८३ प्रतिशत नतिजा ल्याएको कलेजले बताएको छ । त्यसैगरी कलेजमा अध्ययनरत...
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका ४ चैता स्थितमा ३५ बर्षीया रेखादेवी सिंहको करेन्ट लागेर मृत्यु भएको छ । घरमा लगाएको टिनको जस्ता निकाल्ने क्रममा करेन्ट लागेर घाइते भएकी उनलाई रंगेली अस्पताल पुर्याउनसाथ डाक्टरले मृत...
विराटनगर । आज सोमबार शेयर बजारमा दाहोरो अंकले गिरावट आएको छ । शेयर बजार १२.८४ अंकले घटेर २,६७६ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ९२ कम्पनीको शेयर मूल्य बढेको छ भने १३८ कम्पनीको शेयर...
विराटनगर । काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई फोहोर गरेको भन्दै एक लाख जरिवाना पत्र काटेको विषय बैठकमा प्रवेश भएको छ। हिजो ९आइतबार० काठमाडौं महानगरपालिकाको ३७ औँ कार्यपालिका बैठकमा महानगरपालिका वडा(२१ वडाअध्यक्ष उदयचूडामणि बज्राचार्यले नियोजित ढंगले उक्त...
विराटनगर । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्नै अनलाइन पत्रिकामा छापिएको विषयमा मात्रै बोल्न कार्यपालिका सदस्यहरूलाई आग्रह गरेका छन्। हिजो (आइतबार) काठमाडौं महानगरपालिकाको ३७औँ कार्यपालिका बैठकमा उनले महानगरपालिकाको बाहेक अन्य सञ्चार माध्यमले लेखेको समाचारमा खास...
विराटनगर । दक्षिण कोरियाका राष्ट्रपति यून सुक योलविरूद्धको महाभियोग प्रस्ताव तत्कालका लागि विफल भएको छ। नेशनल एसेम्बलीमा उक्त विधेयक मतदान प्रक्रियाका लागि अघि बढाउन पर्याप्त सङ्ख्या नपुगेकाले महाभियोग प्रक्रिया अघि बढ्न नसक्ने सभामुखले घोषणा...
विराटनगर । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुबीच किष्टाचार भेटवार्ता भएको छ। सोमबार अर्थ मन्त्रालयमा भएको भेटमा आर्थिक सहयोग, एमसिसी र युएसएआइडी अन्तर्गतका परियोजनाको प्रभावकारी कार्यान्वयन, विकास वित्त, निजी क्षेत्रमा...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विरोध र कालोझण्डा देखाउने काम बन्द गरेर पर्यटन विकासमा लाग्नुपर्नेमा जोड दिएका छन्। आज विराटनगरमा आयोजित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले पर्यटनबाट विकास सम्वृद्धि...
विराटनगर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ३ दिन हिरासत राख्न अनुमति दिएको छ । अदालतले उनलाई थप ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । विभिन्न व्यवसायीहरुलाई धम्कयाएको कसुरमा पक्राउ परेका...
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास र समृद्धिका लागि पर्यटन नै मूल आधार भएको बताएका छन् । आज (आइतबार) विराटनगरमा आयोजित पदमार्गमा आधारित पर्यटन विकास परियोजनाको शुभारम्भ गर्दै मुख्यमन्त्री कार्कीले पर्यटनबाट नै विकासको...
विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले थप चार दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको छ। म्याद थपका लागि लामिछानेलाई कास्की जिल्ला अदालतमा प्रस्तुत गरिएको थियो। आइतबार कास्की...
विराटनगर । अमेरिकामा बेरोजगारी दर ४।२ प्रतिशतले वृद्धि भएको छ। नोभेम्बरमा अमेरिकी वृद्धिमा उछाल आएको हो। विभागको तथ्याङ्क श्रमाङ्क ब्यूरो बीएलएस अनुसार स्वास्थ्य सेवा, मनोरञ्जन र आतिथ्य, सरकारी सामाजिक र सहायतामा केही रोजगारी बढेको...
हाम्रो बारेमा
राष्ट्रियडेली कोशी प्रदेशका सक्रिय युवाहरूको टिमले सञ्चालन गर्दैआएको अनलाइन पोर्टल हो । समाजका सही घटनाहरूलाई आम-समुदायमाझ पुर्याउनु र राज्यलाई खबरदारी गर्नु हाम्रो उद्देश्य हो । राष्ट्रियडेली अनलाइन आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) को सदस्य संस्था हो ।