विराटनगर । दुहबी–९ मा सोमबार राती ९ बजे अज्ञात समूहले एमाले कार्यकर्ता प्रदीप ऋषिदेवमाथि छुरा प्रहार गरेको छ । घाइते ऋषि देवका अनुसार आफू घर नजिकैको मन्दिरमा बसिरहेको बेला करिब १० जनाको समूहमा आएका व्यक्तिहरुले आफू माथि छुरा प्रहार गरेको बताएका छन् ।सोही वडाका एमाले तर्फका अध्यक्षका उम्मेदवार ताबिज मियाले घाइते ऋषिदेव आफ्नो पार्टीको कार्यकर्ता रहेको बताए ।
घाइतेको उपचार सुनसरी सामुदायिक अस्पतालमा भइरहेको दुहबी प्रहरीले जनाएको छ । ईलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक जय देव माझीले घटनाको अनुसन्धान भइरहेको बताए । यो घटना निर्वाचनसँग सम्बन्धित भएको वा नभएको खुलेको छैन । केही दिन अगाडी मात्र सोही वडाको छाता बेलिमा एमाले कार्यकर्ता र नेपाली काँग्रेसको कार्यकर्ताबीच झडप भएको थियो ।
Post Views: 0