विराटनगर । नेपाली कांग्रेसका नेता डा . शेखर कोइरालाले विराटनगरस्थित आदर्श मावि मतदान केन्द्रबाट मतदान गरेका छन् ।
आज बिहान ९ बजे मतदान केन्द्रमा पुगेर कोइरालाले मतदान गरेका हुन । मतदानपछि संचारकर्मीसँग कुरा गर्दै नेता कोइरालाले स्थानीय निर्वाचनले संघीयता, गणतन्त्रलाई बलियो बनाएको प्रतिक्रिया दिए ।
स्थानीय निर्वाचन पहिला गर्ने कि संघीय र प्रदेश निर्वाचन पहिला गर्ने भन्ने विषयमा आफूहरु बीच लामो समयसम्म विवाद भएको उनको भनाई छ । सरकारले तोकिएको समयमा स्थानीय निर्वाचन गर्दैन कि भन्ने धेरैको भ्रमलाई आजबाट अन्त्य गरेको उनले बताए । विराटनगरमा कांग्रेसको अत्यन्तै राम्रो माहोल भएकाले अत्यधिक मतले नागेश कोइराला विजयी हुने कोइरालाको विश्वास छ ।
Post Views: 5