उदयपुर । उदयपुर बेलका नगरपालीकामा कांग्रेसका कार्यकर्ताद्वारा एमालेका मेयर उम्मेदवारको गाडी तोडफोड गरेका छन् । हिजो २९ गते राती १०.३० बजे नेकपा एमालेका नगरपालिकाका मेयरका उम्मेदवार दुर्गा कुमार थापाले निर्वाचन आयोग सङ्ग अनुमती लियको भाडाको बा.१८ च २२९९को स्क्रारपियो गाडी बेलका ५ सुपाडेबाट रामपुर फर्किदै गर्दा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरुले तोडफेड गरेका हुन् ।
मादक पदार्थ सेवन गरी मोटरसाइकलमा आएका २ दर्जन भन्दा बढीको संख्यामा आएको जमातले चालक रमेश मोक्तानलाई निर्घात कुटपिट समेत गरेका थिए । शान्तिपुर्ण चुनाव बिथोल्न गरिएको कुप्रयास तथा निजि सम्पतिको तोडफोड गर्ने कामको उम्मेदवार दुर्गा थापाले घोर भर्सना गरेका छन् भने दोषीहरुलाइ कारवाहीको माग समेत गरेका छन् । घटनाका दोषीहरुलाइ कानुन बमोजिम सजाय पाउनुपर्ने साथै इलाका प्रहरी कार्यालय रामपुरको चरम बेवास्था र शान्ती सुरक्षा दिन नसकेको प्रती बेलका एमाले नगर कमिटीले घोर आपत्ती जनाएको छ ।
Post Views: 0