विराटनगर । विभिन्न समस्या र विवादका कारण पाँच स्थानीय तहको निर्वाचन स्थगित गरिएको छ । काभ्रे पाँचखाल नगरपालिका वडा नं. १३, रामेछापको खाँडादेवी–१ राँकाथुम, रौतहटको फतुवा विजयपुर नगरपालिकाको शितलपुर मतदान केन्द्र, सप्तरीको डाक्नेश्वरी नगरपालिकाको वडा नं. २ र जुम्लाको गुठीचौर गाउँपालिका–३ गज्याङमा निर्वाचन स्थगित गरिएको हो ।
पाँचखाल वडा नं. १३ सीता मावि केन्द्रमा निर्वाचन अधिकृतले एमाले सम्बद्ध एकजना व्यक्तिलाई चारवटा मतपत्र दिएको भन्दै गठबन्धनका कार्यकर्ताहरुले विरोध गरेपछि तनाव सुरु भएको थियो ।अन्य दला कार्यकर्ताले मतदान केन्द्र तोडफोड गरेपछि निर्वाचन स्थगित गरिएको हो ।
रामेछापको खाँडादेवी–१ मा माओवादी केन्द्रका कार्यकर्ताले आफ्ना उम्मेदवारमाथि कुटपिट भएको भन्दै होहल्ला गरेपछि विवाद हुँदा मतदान स्थगित गरिएको छ भने विजयपुर नगरपालिका–३ शीतलपुर मतदान केन्द्रमा दुई पक्षबीच विवाद हुँदा हवाई फायर गर्नु परेको थियो ।
सप्तरीको डाक्नेश्वरी नगरपालिका–२ जनता मावि मतदान स्थलमा केही व्यक्तिहरुको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि निर्वाचन स्थगित भएको छ भने जुम्लाको गुठीचौर गाउँपालिका–३ शंकर बहुउद्देश्यीय मावि केन्द्रमा नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएका कारण मतदान स्थगित भएको छ । भएको थियो ।