विराटनगर । विराटनगर–५ बगरगाछीमा ५० लाखको लगानिमा मल्टिकेयर डेन्टल क्लिनिक संचालनमा आएको छ ।
सोमबार टिकामाया बस्नेतले उद्घाटन गरेसँगै क्लिनिक संचालनमा आएको हो । १३ वर्षदेखी दन्त रोग क्षेत्रमा निरन्तर काम गर्दै आएकी वरिष्ठ दन्त रोग विशेषज्ञ डाक्टर स्वेच्छा शाहले क्लिनिक संचालन गरेकी हुन ।
अत्याधुनिक उपकरण जडान गरी गुणस्तरीय उपचार प्रदान गर्ने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याएको उनको भनाई छ । उनले भनिन्, ‘यहाँ दाँतको प्रत्यारोपण हुनका साथै अन्य डेन्टल क्लिनिक भन्दा सुबिधा सम्पन्न छ, यहाँ बालबालिकादेखि ज्येष्ठ नागरिसम्मको दाँत सम्बकन्धि उपचार हुन्छ ।’ अन्य डेन्टल क्लिनिक भन्दा फरक र प्रयाप्प्त मात्रामा उपचारका लागि ठाउँ भएको उनले बताईन् ।
क्लिनिकमा केही ब्यक्तिले रोजगारी पाउने समेत उनले जानकारी दिइन् । भैरहवा मेडिकल कलेजबाट अध्ययन गरेकी शाहले समाज डेन्टल क्लिनिक काठमाडौंमा १२ वर्ष काम गरिसकेकी छन् ।
Post Views: 5