विराटनगर । मोरङ प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ७ जाना युवालाई विराटनगरबाट पक्राउ गरेर मङ्गलबार सार्वजनिक गरेको छ ।
विभिन्न समयमा चोरी भएका ७ वटा मोटरसाइकलसहित ७ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार पक्राउ पर्नेमध्ये ५ जना मोटरसाइकल चोरी गर्ने र २ जना चोरीका मोटरसाइकल किनबेच एवम् व्यवस्थापन गर्ने धन्दामा संलग्न रहेको पाइएको छ । प्रहरीले मोरङको जहदा गाउँपालिका–१ का २० वर्षीय हरिओम मण्डल, पन्नलाल राजवंशी, १८ वर्षीय विशाल राजवंशी, कटहरी गाउँपालिका–२ का २४ वर्षीय मनिष बस्नेत र विराटनगर महानगरपालिका–४ का २२ वर्षीय प्रकाश राजवंशीलाई पक्राउ गरेको छ । पाँचै जना लामो समयदेखि मोटरसाइकल चोरीमा संलग्न रहेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए ।
Post Views: 7