विराटनगर । आरोहण गुरुकुलमा सोमबारदेखि धिरज राईको निर्देशनमा नयाँ नाटक मञ्चन भइरहेको छ । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा “चरित्रहीन चेली”नामको नाटक मञ्चन भइरहेको हो ।
दीपा दाहालको कथालाई धिरज राईले परिकल्पना तथा निर्देशन गरेर नाटक तयार पारेका हुन् । सिटी सफारी महिला चालकको जीवनघटनाको वरपर घुमेको यस नाटकले महिलावादको विषयलाई उठान गर्ने प्रयास गरेको छ । यस नाटकमा सीमा आभासको कविता “म स्त्री अर्थात् आइमाई” र पारिजातको कविता“मानुषी” प्रयोग गरिएको छ ।
नाटकमा प्रदीप दाहाल ,अजय सुवेदी, समिक्षा दाहाल, भरत कार्की, देवेन्द्र यादव, अनुशा कटुवाल, पासाब ल्हामु शेर्पा, जानुका रेग्मी,, अनु खतिवडाले अभिनय गरेका छन् । गत सोमबारदेखि शुरु भएको नाटक आगामी शनिबारसम्म दैनिक साँझ ५ः३० बजे र शनिबार अतिरिक्त प्रदर्शन बिहान ११ बजे मञ्चन गरिने निर्देशक राईले बताए ।
Post Views: 6