बालेनले भने – विजयी जुलुस नगरौं, आफू रहेकै ठाउँमा धन्यवाद र्‍याली गरौं

बालेनले भने – विजयी जुलुस नगरौं, आफू रहेकै ठाउँमा धन्यवाद र्‍याली गरौं

 राष्ट्रिय डेली

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार बालेन्द्र साह (बालेन)ले निर्वाचनको परिणामलाई जित–हारको रुपमा नहेर्न अपील गरेका छन् ।
आफू निर्वाचित हुने सुनिश्चित भएपछि उनले फेसबुक पेजमार्फत एक वक्तव्य जारी गरी आफ्नो समर्थकहरूलाई विजय जुलुस नगर्न र त्यसकै नाममा विभिन्न जिल्लाबाट काठमाडौं नधाउन अपील गरेका हुन् । घोषणापत्रमा भएका कुराहरू लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला’ उनले वक्तव्यमा भनेका छन्, ‘अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौं।’

उनले लेखेका छन्, ‘स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौं भनेर महानगरका मतदाताहरूले हामीलाई विश्वास गर्नुभएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जित वा हार हुँदैन ।’

 

‘मेरो स्वयंको पनि बढीमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरू बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनोट गर्नुभएको छ’ वक्तव्यमा उनले भनेका छन्, ‘हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनुपर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनुपर्छ ।’

ठाउँठाउँबाट विजय र्‍यालीका नाममा काठमाडौं आउने तयारी भएको सुनिएको भन्दै उनले काठमाडौं आउने ‘दुःख नगर्न’ आग्रह गरेका छन् । उनले भनेका छन्, ‘यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौं ।’

उनले बरु आ(आफ्नो ठाउँबाट धन्यवाद र्‍याली गर्न आग्रह गरेका छन् । आफ्नो अभियानलाई उनले नेपालभरको अभियान बनाउन आग्रह गरेका छन् ।

निर्वाचित भएदेखि आफ्नो वास्तविक परीक्षा सुरु भएको भन्दै उनले आफ्नो कामकारबाहीलाई खबरदारी गर्न आग्रह गरेका छन् । उनले भनेका छन्, ‘अबको हाम्रो पहिलो यात्रा काठमाडौंको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडि बढौं।’

वक्तव्यको पूर्णपाठ

स्थानीय तह निर्वाचन २०७९ मा हामीलाई मत दिने, समर्थन गर्ने तथा निर्वाचन प्रक्रियामा सामेल हुने सबैलाई धन्यवाद छ । अहिले यति भन्न सकिन्छ कि, हामी काठमाडौं महानगरको जिम्मेवारी बोक्न योग्य छौं भनेर महानगरका मतदाताहरुले हामीलाई विश्वास गर्नु भएको छ । यहाँ विश्वासको कुरा छ । विश्वासमा जित वा हार हुँदैन ।

जित–हारलाई मतगणना सकिएसँगै सकिदिउँ । घोषणापत्रमा भएका कुराहरु लागु गर्न सकेका दिन सबै मिलेर विजय उत्सव मनाउँला । तर अहिले विजय जुलुस भनेर अरुलाई पराजित भन्ने संकेतसम्म पनि नगरौं ।

यसै पनि चुनावमा जित्नेले धेरै मत ल्याउने हो, बहुमत होइन । मेरो स्वयंको पनि बढीमा ३५ प्रतिशत मत आउला । यसको अर्थ हो, बदर मतहरु बाहेक बाँकी ५० प्रतिशत जति मतदाताहरुले अरुलाई छनौट गर्नुभएको छ । हामीलाई मत हाल्ने ३५ प्रतिशतको शिर उँचो पार्दै गर्दा बाँकी ५० प्रतिशतको शिर निहुराउनुपर्ने काम वा संकेत भएको छ कि भन्नेमा ध्यान दिनुपर्छ । र, महानगरको उन्नतिका लागि सबैसँग सहकार्य गर्नु नै पर्छ ।

दोस्रो, ठाउँठाउँबाट र्यालीका लागि काठमाडौं आउने कुराहरु एकदमै धेरै सुनिरहेका छौं । हाम्रो अनुरोध के हुन्छ भने तपाईंहरु कोही पनि र्यालीका लागि काठमाडौं आउने दुख गर्नु पर्दैन । यो अभियान सबैको हो । यसको स्वामित्व हरेक नेपालीले जहाँबाट जसरी पनि लिइदिए हामी खुसी हुनेछौं।

अभियानको अहिलेसम्मको सफलताका लागि खुशियाली प्रकट गर्ने नै हो भने पनि तपाईं रहेकै क्षेत्रमा ’धन्यवाद र्याली’ गर्नु होला । त्यसले सो स्थानमा बढी प्रभाव छोड्छ । नेपालमा बालेन मात्रैको यो अभियान होइन, यो नेपालभरको अभियान हो भन्ने सन्देश जान्छ । ’बालेन’हरुका लागि देशभरका नागरिक साथसाथै रहन्छन् भन्ने देखिन्छ । यहाँ पनि यस्तो किसिमको चेतना र अभिमत रहेछ भनेर प्रोत्साहन हुनेछ ।

अबको बाटो सहज छैन । हाम्रो अभियानको वास्तविक परीक्षा अब सुरु हुनेछ । हामीले हिड्ने सहि बाटो, चाल्ने उपयुक्त कदम र गर्ने अधिकतम सत्प्रयासहरुले हाम्रो अभियान र महानगरको उन्नतिलाई प्रभाव पार्नेछ ।

हामीलाई साथ र सुझाव जति महत्वपूर्ण छ, उति नै खाँचो पर्नेछ खबरदारीको । हामीले बाटो बिराउन लाग्यौं भने खबरदारी गर्नुहोला । अनि हाम्रो अभियानको उर्जाको लागि हामी सधैं तपाईंहरुसँग जोडिरहेका हुन्छौं । तपाईहरुको उपस्थिति र साथको आवश्यकता महसुस हुने बित्तिकै हामी आवाज दिनेछौं ।

अहिलेलाई यो अभियानलाई देशव्यापी बनाउने प्रयास गरौं। हरेक टोलटोल र गाउँगाउँमा ‘बालेन’हरु भेटिउन् जसले केवल जनमतका आधारमा परिवर्तनको जिम्मेवारी बोक्न सकुन्, अवसर पाउन सकुन् ।

अन्त्यमा उनि लेखछन् , अबको हाम्रो पहिलो यात्रा काठमाडौंको मुहार फेर्नलाई हुनेछ । मिलेर अगाडि बढौं।

adv-single
सम्बन्धित समाचार

मन्त्री नारायणकाजी श्रेष्ठको नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान खेर जान नदिने प्रतिवद्धता

विराटनगर । उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा थालेको अनुसन्धान खेर जान नदिने प्रतिवद्धता जनाएका छन् । शनिबार स्थानीय तहमा निर्वाचित दलित समुदायका जनप्रतिनिधिको प्रथम भेला कार्यक्रममा उनले भ्रष्टाचारमा आफ्नै पार्टीको...

मोरङमा लघुवित्तको पक्षमा महिलाहरु सडकमा

  विराटनगर । लघुवित्तको पक्षमा मोरङको रंगेली नगरपालीका बबियाबिर्तामा  महिलाहरु सडकमा उत्रिएर र्याली गरेका छन् । लघुवित्त संस्थाको पक्षमा रहेका महिलाहरुले प्रहरी चौकी बबियाविर्ताबाट र्याली शुरु गरि बजार परिक्रमा गरेका थिए । लघुवित्त हाम्रो घर...

प्रचण्ड आज स्वदेश फर्किने

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किँदै छन्। बुधबार भारत गएका प्रचण्ड अपराह्न ५ बजे स्वदेश फर्किन लागेका हुन्। शुक्रबार इन्दोरमा बास बसेका प्रधानमन्त्री प्रचण्ड आज दिल्ली हुँदै...

नाकामा भारु नोट सटहीमा सकस

विराटनगर । काँकडभिट्टामा भारु नोट सटहीमा समस्या देखिएको छ । भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो । एक साताअघि भारतको केन्द्रीय बैंकले भारु दुई हजारका नोट फिर्ता...

विराटनगरमा निःशुल्क प्लास्टिक सर्जरी

  विराटनगर । फेक्ट नेपालद्वारा विराटनगरको हाम्रो अस्पतालमा ओठ तथा तालु फाटेका मुख भित्र जिब्रो भन्दा माथि चिरिएका तथा आगोले जलेर शरिरको एक भाग अर्को भागसँग टाँसिएका ब्यक्तिहरुका लागि निःशुल्क सल्यक्रिया सेवा सुरु भएको छ...

दुहबीमा रामजानकी मन्दीरको उद्घाटन

चन्द्र मोहन विश्वास सुनसरी । दुहबी नगरपालीका वडा नम्बर ६ मा रामजानकी मन्दीरको उद्घाटन भएको छ। पुर्व उपप्रधानमन्त्री बिजय कुमार गच्छादारले सो मन्दिरको उद्घाटन गरेका थिए। दुहबी ५ निवासी गुलावचन्द्र प्रसाद रौनियार र बैद्यनाथ प्रसाद...

वि.सं.२०८० जेठ २० गते शनिबारको राशिफल : यी राशिहरूको चम्किनेछ भाग्य

मेष–कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले...

प्रधानमन्त्री दाहालले गरे इन्दौरको फोहोर व्यवस्थापन केन्द्र अवलोकन

विराटनगर । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार भारतको मध्यप्रदेशस्थित इन्दौरमा रहेको फोहोर व्यवस्थापन केन्द्रको अवलोकन गरेका छन् । यस क्रममा इन्दौर नगर निगमको प्रमुख कार्यकारी अधिृकत हर्षिका सिंहले फोहोर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी...

अंशवण्डाको कारण छोराले गरे बुबाको हत्या

विराटनगर । आफ्नै बुबा ७० वर्षीय लोक बहादुर कुमालको हत्या गरेको अभियोगमा माई नगरपालिका २ चेप्टी बस्ने ३२ वर्षीय दिपक कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ दिपकले जेठ ८ गते अंशवण्डाको विषयमा विवाद भई...

सीटीईभिटीका कर्मचारी चढेको जीप सुनकोशीमा खस्दा तीन जना बेपत्ता

विराटनगर । मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार...

इन्दोर पुगे प्रधानमन्त्री प्रचण्ड

विराटनगर । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको इन्दोर पुगेका छन् । उनी नयाँदिल्लीबाट विशेष विमानमार्फत् इन्दोर पुगेका हुन् । इन्दोरमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहान लगायतका उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।...

‘एसईइ बास्केटबल ट्यालेन्ट हन्ट’को समापन

विराटनगरमा जारी ‘एसईइ बास्केटबल ट्यालेन्ट हन्ट २०८०’ सकिएको छ । विराटनगर बास्केटबल एकेडेमीले एसइई परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै बैशाख ६ गते देखि जेठ १५ गतेसम्म ट्यालेन्ट हन्टको आयोजना गरेको थियो । सो कार्यक्रम...