सर्वोच्च शिखर सगरमाथामा जाम्बियाको झण्डा फररर

सर्वोच्च शिखर सगरमाथामा जाम्बियाको झण्डा फररर

 राष्ट्रिय डेली

विराटनगर / विश्वको सर्वोच्च शिखर सगरमाथामा अफ्रिकी राष्ट्र जाम्बियाको झण्डा फहराइएको छ ।
नेपाल र जाम्बियाबीच कूटनीतिक सम्बन्ध स्थापित भएको साढे तीन दशकपछि जाम्बियाले विश्वको सर्वोच्च शिखर सगरमाथाको झण्डा फहराएको हो । जाम्बियाका लागि नेपालका मानार्थ वाणिज्यदूत देशबन्धु बस्नेतका अनुसार नेपाली पर्वतारोही फुर्वा ओङगेल शेर्पाले सर्वोच्च शिखर सगरमाथामा जाम्बियाको झण्डा फहराएका हुन् । उनले १५ मे बिहान ४ बजेर ५८ मिनेटमा सगरमाथामा पाइलो टेकेका थिए । सगरमाथामा जाम्बियाको झण्डा फरफराउनुको उद्देश्य दुई देशबीच द्विपक्षीय व्यापार र द्विपक्षीय सम्बन्ध सुदृढीकरण गर्न ध्यान आकर्षित गर्नुरहेको बस्नेतको भनाइ छ । नेपाल र जाम्बियाले १० सेप्टेम्बर १९८६ मा कूटनीतिक सम्बन्ध स्थापित गरेका हुन् ।
तत्कालीन राजा महेन्द्रले सन् १९७० को सेप्टेम्बर १० देखि १२ सम्म तेस्रो एनएएम शिखर सम्मेलनमा भाग लिन जाम्बियाको भ्रमण गरेका थिए । नेपाल र जाम्बिया संयुक्त राष्ट्रसंघ, एनएएम, जी–७७, र डब्ल्यूटीओका सदस्य रहेका छन् । दुबै देशहरू कम विकसित र ल्याण्ड लक छन् । दुवै मुलुकले संयुक्त राष्ट्रसंघीय शान्ति अभियानमा योगदान पुर्याइरहेका छन् । नोभेम्बर २०१७ सम्ममा, नेपालले ५३५३ सेना र जाम्बियाले ११२८ सेनाले संयुक्त राष्ट्र संघको शान्ति सुरक्षा अभियानमा योगदान पुर्याएका छन्।
जाम्बिया शान्तिमय र राजनीतिक रूपले स्थिर देश हो । जाम्बियामा सन् १९९१ मा सत्ताको राजनीतिक हस्तान्तरण बहुदलीय चुनावमार्फत भएको थियो । अफ्रिकी मुलुकहरुमध्ये जाम्बिया सुरक्षित देशका रुपमा रहेको छ । जाम्बियामा स्वतन्त्र प्रेसको व्यवस्था रहेको छ भने सक्रिय नागरिक समाज र अर्थव्यवस्थामा केही प्रतिनिधि समूहहरू सक्रिय छन् ।

adv-single
सम्बन्धित समाचार

पहिरोमा पुरिएर तीनको मृत्यु

विराटनगर । पाँचथरको फालेलुङ गाँउपालिका ७ बिदीन स्थितमा पहिरोले घर पुरिएर तीनजनाको मृत्यु भएको छ । शुक्रबार राति बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको...

भारतद्वारा ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार

विराटनगर । भारत सरकारले अनुदान सहायता स्वरुप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ । आईतवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न संघसंस्थाहरुमा ७५ वटा एम्बुलेन्स...

माओवादी केन्द्रको केन्द्रिय समिति बैठक शुरु

विराटनगर । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक शुरु भएको छ । माओवादी केन्द्रको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक आईतवारदेखि काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा शुरु भएको हो । बैठक मंगलवारसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ ।...

विज्ञापन आचारसंहिता अनुभूति हुनेगरी कार्यान्वयनमा लैजानुस्ः सञ्चारमन्त्री कार्की

विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धि आचारसंहिता एक हप्ता भित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिनु भएको छ । विज्ञापन बोर्डले आईतबार काठमाडौंमा आयोजना गरेको...

सभामुख सापकोटा र मलेसियाका उपसभामुख रसिदबीच भेटवार्ता

विराटनगर । सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच अजरबैजानको राजधानी बाकुमा असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा शनिबार साँझ भेटवार्ता भएको सभामुखका स्वकीय सचिव गोविन्द पाठकले...

आज प्रदेश १ मा विनियोजन विधेयक पारित हुँदै

विराटनगर ।प्रदेश १ प्रदेशसभामा सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक बजेट आज पारित हुने भएको छ । विधेयकमाथि उठेका प्रश्नको शनिबार सरकारको तर्फबाट मन्त्रीहरु र मुख्यमन्त्रीले जवाफ दिने क्रम सकिएको छ । शनिबारको संसद बैठक झण्डै ५...

नगरप्रमुख हर्क साम्पाङको अगुवाइमा धरानका स्थानीयवासीले गरे श्रमदान

धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अगुवाइमा धरान २० स्थित पकुवाखोलामा खानेपानीका लागि सयौँ स्थानीयवासीले श्रमदान गरेका छन् । पूर्वनिर्धारित योजनाअनुसार हरेक शनिबार एक दिन सो खोलामा पुगेर खानेपानीको मुहानमा ढुङ्गा बोक्ने र ‘इन्टेक ’बनाउने काममा...

मोरङमा आगो लगाएर श्रीमतीको हत्या

विराटनगर । मोरङको रंगेली नगरपालिका १ बिर्ताबजारका तिलका मल्लिकलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मल्लिकले घरायसी विवादका कारण ३१ वर्षीया श्रीमती बबिता मल्लिकको शरीरमा मट्टीतेल छर्केर आगो लगाएर हत्या गरेको खुलेको...

४० वर्षमाथिका एकल महिलाहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने

विराटनगर । चालिस वर्ष उमेर व्यथित गरी एक्लो जीवन बिताईरहेका विवाहित वा अविवाहित महिलाहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा...

सिसीटिभीको भर परेर महिला हिंसाको घटना नियन्त्रण गर्न सकिदैनः विन्दा पाण्डे

विराटनगर । प्रमुख प्रतिपक्ष दल नेकपा .एमाले.की सांसद विन्दा पाण्डेले महिलामाथि हुने जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको...

आईजीपी विवादमा सुनुवाई हुँदै

विराटनगर । नेपाल प्रहरीको आईजीपी नियुक्तिबिरुद्धको रिटमा आजबाट चौथो सुनुवाई हुँदैछ । का।मु। प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा सुनुवाई हुन लागेको हो । का।मु। प्रधानन्यायाधीश कार्की नेतृत्वको इजलासमा आईजीपी विवादको मुद्दा...

अभ्यास खेलमा आज नेपाल र ओन्टारियो भिड्दै

विराटनगर। क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आईतवार दोस्रो अभ्यास खेल खेल्दैछ । खेल साँझ ७ः१५ बजे क्यानडाको ओन्टारियो क्लवबिरुद्ध टि–२० फम्र्याटको खेल खेल्न लागेको हो । यसअघि शुक्रवार भएको एकदिवसीय फम्र्याटको अभ्यासमा...