
पहिरोमा पुरिएर तीनको मृत्यु
विराटनगर । पाँचथरको फालेलुङ गाँउपालिका ७ बिदीन स्थितमा पहिरोले घर पुरिएर तीनजनाको मृत्यु भएको छ । शुक्रबार राति बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको...
विराटनगर । ललितपुरको जावलाखेलमा २१ जेठ शनिबार रातो मच्छिन्द्रनाथको भोटो देखाइने भएको छ । पाटनस्थित मंगलटोलको मणिमण्डप पाटीमा साइत हेरेपछि कीर्तिकिरण जोशीले २१ जेठमा रातो मत्छिन्द्रनाथको भोटो देखाउने जात्रा साइत निस्केको बताए ।
उनका अनुसार १८ जेठ बुधबारका दिन लगनखेलस्थित इति टोलबाट रथ तानेर जावलाखेल पुर्याइने साइत रहेको छ । जावलाखेल पुर्याएको चार दिनपछि भोटो देखाइन्छ । हरेक वर्ष यस पाटीमा बसेर जोशीहरूले साइत हेर्ने चलन छ ।
रातो मच्छिन्द्रनाथको भोटो जात्रा बाह्रवर्षमा एकपटक मनाइदैं आएको छ । यो जात्रा ललितपुर बुङमतीस्थित जावलाखेलमा देखाइन्छ । सहकाल र वर्षाका देवता मानिने रातो मच्छिन्द्रनाथलाई ललितपुरको बुङमतीमा राखिने परम्परा छ भने प्रत्येक बाह्रवर्षमा यहाँ पनि रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको आयोजना गरिन्छ । यसका लागि पाटनको जावलाखेलबाट रथ तानी वुङमतीको जावलाखेलमा ल्याइन्छ । यसअघि रथलाई पाटन शहरमा ल्याएर जात्रा गरेपछि पुनः बुङमतीमा जात्रा गरेपछि सम्पन्न गर्ने प्रचलन छ । मल्लकालमा कर्कट नागकी श्रीमतीको आँखाको उपचार गरेवापत एक किसानले उपहारस्वरूप पाएको बहुमूल्य गहना र हीराजडित् भोटोसम्बन्धी विवाद सुल्झाउन हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको परम्परा रहिआएको छ । हरेक वर्ष रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा गुठी संस्थानका हाकिमले यो भोटो कसको हो भनी देखाउने गर्छन् ।
कसैले सप्रमाण आएमा भोटो दिनुपर्छ भन्ने दाबी पनि गरिदै आएको छ ।
परापूर्वकालमा नागराजकी श्रीमतीको आँखा दुखेपछि स्थानीय कृषकले तन्त्रमन्त्रद्वारा आँखा निको पारेपछि सो भोटो उपहारस्वरूप नागराजले दिएको किंवदन्ती छ । आफ्नो खेतमा काम गर्दा उक्त भोटो हराएपछि कृषकले व्यापक खोजी गरेको र कतै नपाएपछि जावलाखेलमा आयोजित रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रामा एकजना राक्षसले लगाएको देखेको बताइन्छ । ती कृषकले यो भोटो मेरो हो भनेर माग्दा दुवै पक्षबीच व्यापक विवाद हुनपुग्दा दुवैले पर्याप्त प्रमाण जुटाउन नसकेपछि जसले सप्रमाण भोटो मेरो हो भन्छ, उसैलाई दिने शर्तमा नासोकारूपमा उक्त भोटो राखिएको बताइन्छ ।
उक्त विवादलाई राजासमक्ष पुर्याइएपछि रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा राजा र प्रजासमक्ष सम्पन्न गरिँदै आएको छ । करिब १४ सय वर्षपहिले राजा नरेन्द्रदेवका पालामा मुलुकमा लामो खडेरी परेको तथा भोकमरी र महामारीबाट जनता अकालमा मरेपछि त्यसलाई रोक्न काठमाडौँ, ललितपुर र भक्तपुरका तान्त्रिकले भारतको कामरूप कामाक्षाबाट मच्छिन्द्रनाथलाई नेपाल भित्र्याएको बताइन्छ । यसरी नै परापुर्व काल देखि चल्दै आएको जात्रा २१ जेठ शनिबारका दिन भने राष्टपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायतको उपस्थितीमा भोटो देखाइने छ ।
विराटनगर । पाँचथरको फालेलुङ गाँउपालिका ७ बिदीन स्थितमा पहिरोले घर पुरिएर तीनजनाको मृत्यु भएको छ । शुक्रबार राति बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको...
विराटनगर । भारत सरकारले अनुदान सहायता स्वरुप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ । आईतवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न संघसंस्थाहरुमा ७५ वटा एम्बुलेन्स...
विराटनगर । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक शुरु भएको छ । माओवादी केन्द्रको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक आईतवारदेखि काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा शुरु भएको हो । बैठक मंगलवारसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ ।...
विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धि आचारसंहिता एक हप्ता भित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिनु भएको छ । विज्ञापन बोर्डले आईतबार काठमाडौंमा आयोजना गरेको...
विराटनगर । सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच अजरबैजानको राजधानी बाकुमा असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा शनिबार साँझ भेटवार्ता भएको सभामुखका स्वकीय सचिव गोविन्द पाठकले...
विराटनगर ।प्रदेश १ प्रदेशसभामा सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक बजेट आज पारित हुने भएको छ । विधेयकमाथि उठेका प्रश्नको शनिबार सरकारको तर्फबाट मन्त्रीहरु र मुख्यमन्त्रीले जवाफ दिने क्रम सकिएको छ । शनिबारको संसद बैठक झण्डै ५...
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अगुवाइमा धरान २० स्थित पकुवाखोलामा खानेपानीका लागि सयौँ स्थानीयवासीले श्रमदान गरेका छन् । पूर्वनिर्धारित योजनाअनुसार हरेक शनिबार एक दिन सो खोलामा पुगेर खानेपानीको मुहानमा ढुङ्गा बोक्ने र ‘इन्टेक ’बनाउने काममा...
विराटनगर । मोरङको रंगेली नगरपालिका १ बिर्ताबजारका तिलका मल्लिकलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मल्लिकले घरायसी विवादका कारण ३१ वर्षीया श्रीमती बबिता मल्लिकको शरीरमा मट्टीतेल छर्केर आगो लगाएर हत्या गरेको खुलेको...
विराटनगर । चालिस वर्ष उमेर व्यथित गरी एक्लो जीवन बिताईरहेका विवाहित वा अविवाहित महिलाहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा...
विराटनगर । प्रमुख प्रतिपक्ष दल नेकपा .एमाले.की सांसद विन्दा पाण्डेले महिलामाथि हुने जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको...
विराटनगर । नेपाल प्रहरीको आईजीपी नियुक्तिबिरुद्धको रिटमा आजबाट चौथो सुनुवाई हुँदैछ । का।मु। प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा सुनुवाई हुन लागेको हो । का।मु। प्रधानन्यायाधीश कार्की नेतृत्वको इजलासमा आईजीपी विवादको मुद्दा...
विराटनगर। क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आईतवार दोस्रो अभ्यास खेल खेल्दैछ । खेल साँझ ७ः१५ बजे क्यानडाको ओन्टारियो क्लवबिरुद्ध टि–२० फम्र्याटको खेल खेल्न लागेको हो । यसअघि शुक्रवार भएको एकदिवसीय फम्र्याटको अभ्यासमा...