कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही गरिने

कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही गरिने

 राष्ट्रिय डेली

विराटनगर । कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएको छ ।

तत्काल गर्न सकिने काम सरसफाई नै भएको कारण अहिलेलाई सरसफाईमा कडाई गर्ने अस्पताल प्रशासनको तयारी छ । संवाद समुहको आयोजनामा विराटनगरमा भएको संवादको क्रममा अस्पतालल विकास समिति र अस्पताल प्रशासनले फोहोर मैला ब्यवस्थापन गर्न कानुनी कार्वाहीमा जाने तयारी गरेको हो ।

अस्पताल पवेश गर्दा देखिनै धुम्रपान र मध्यपान प्रवेश गरेर अस्पतालभित्र प्रवेश नदिईने, यदी सुर्ती तथा सुर्तीजन्य पद्धार्थ प्रयोग गर्दै कार्यलय परिसर भित्रप्रवेशगरी मनपरी थुक्ने, फोहोर फाल्ने गरेको पाईएमा कानुनी प्रक्रियामा लगिने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट यज्ञ खरेलले बताए ।

‘धुम्रपान र मध्यपान प्रयोग गर्दै कोशी अस्पताल भित्र प्रवेश गर्ने गरिएको छ, जसले अस्पताललाई कुरुप बनाउने काम गरेको छ, उनले भने, अस्पताललाई सफा बनाउने अभियानमा मेरो दृढ ईच्छा शक्ति छ, त्यो अभियानमा दलहरुले सहयोग गर्नु पर्छ ।’

 

अस्पताल भित्र, बिभिन्न बहानामा फोहोर गर्नेलाई कानुन अनुसार कार्वाही गरेर जाने उनले बताए । अस्पताल प्रशासनले अस्पताल भित्र फोहोर ब्यवस्थापन गर्ने बारेमा सुचना टाँस्ने, प्रचार प्रसार गर्ने र त्यो बारेमा जानकारी दिन कर्मचारीको ब्यवस्थापन गर्ने र अटेर गरेको पाईएमा कारवाहीमा जाने उनले बताए ।

अस्पताल प्रशासनले तत्काल हेल्प डेस्क संचालन गर्ने पनि प्रतिबद्धता जनाएकोछ । अस्पतालमा उपचार गर्न गएका नागरिक अन्यौलमा पर्ने, घुमेको घुमेकै गर्ने तर उपचार गर्ने ठाउँ नपाएको गुनासो आएपछि अस्पतालले तत्काल हेल्पडेस्क संचालन गर्ने जनाएको हो ।

अस्पताल भित्र दिईने सेवा र डाक्टर रहने समयको बारेमा जानकारी दिने खालका बोर्ड र संकेतहरु राख्ने पनि अस्पताल प्रशासनले प्रतिबद्धता जनाएको छ । कोशी अस्पतालमा कार्यालय समयमा पनि डाक्टर नबस्ने गुनासा आएपछि त्यसलाई कडाईका साथ कार्यान्वयनमा लग्नका लागि बोर्ड सहितकुन सेवा कहाँलिन पाईन्छ भन्ने संकेतहरु राखिने अस्पतालविकास समितिकाअध्यक्ष महेश भट्टराईले जानकारी दिए । संवाद समुहको समन्वयमा अस्पताल प्रशासन र दलहरुकाबिच अस्पताल भित्रै हरेकमहिनानियमितगर्ने अस्पताल प्रशासनले प्रस्ताव गरेको छ ।

हामी सघाउँछौँ : दल

सामान्य समस्याले पनि बिरामीलाई असजिलो हुने गगरेको छ । अस्पता प्रवेश गर्ने मुख्य गेटमा सिटी र अटोको कारण बिरामी तथा एम्बुलेन्सलाई आवत जावतमा समस्या हुने गरेपछि त्यसलाई ब्यवस्थापन गर्न अस्पताल प्रशासनले ट्राफिक प्रहरीको सहयोग लिने बताएको छ ।

अस्पतालको गेट देखि भित्रैसम्म सिटी र अटोकाकारण समस्या रहेकोले त्यसलाई ब्यवस्थापन गर्न नेकपा एकिकृत समाजवादीका नेता महेश रेग्मीले सुझाव दिएका थिए । उनले हिजो अस्पतालको तर्फबाट भएको प्रतिबद्धता कार्यान्वायन गर्न आग्रह गरे । ‘कोशी अस्पतालको केही सुधार भएको देखिए पनि शत प्रतिशतकामहरु पुरा भएको देखिँदैन , उनले भने, दलहरुको तर्फबाट गर्नु पर्ने सहयोगमा कुनै कमी भएको छैन, अस्पताल प्रशासनले गरेको प्रतिबद्धता कार्यान्वायनगर्नु पर्यो ।’

उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले सुचना प्रणालीलाई ब्यवस्थित गर्नु पर्ने बताए । अनुहार चिनिने मान्छे गयो भने सहजै्र उपचार पाउने र नयाँ ब्यक्ति उपचारको लागि गयो भने अलमल पर्नु पर्ने अबस्थाको अन्त्य गर्न उनले आग्रह गरे । अस्पतालमा उपचारको लागि पुगेका सेवाग्राहीले सोधेको प्रश्नको जवाफ नदिने, सोध्यो भने झर्किएर जवाफ दिनुले नागरिक प्रतिको अन्याय हुने उनको तर्क छ ।

नेपाली कांग्रेसका उपसभापति भक्तिनाथ माझीले सरसफाईमा धेरै काम भए पनि नागरिकका समस्यामा अस्पतालले अझै काम गर्न नसकेको बताए । ‘नागरिकलाई समस्या परेको बेला समाधान गर्नको लागि चासो नदिएको जस्तो देखियो, उनले भने, अहिलेको अस्पतालको अबस्थाकुनै बिरामी आधा घण्टा कुर्नु पर्यो भने कहाँ राख्ने भन्ने चिन्ता छ ।’

नेकपा एमालेका सचिव रुपेश खतिवडाले अस्पताल सुधार गर्दैछौँ भने पनि सामान्य नागरिकले सेवा पाउन निक्कै गाह्रो रहेको बताए । ‘अस्पतालले सरसफाईका मापदण्ड पुरा गरेको छैन, उनले भने, कोशी अस्पताल नचलेको फ्याक्ट्रीको गोदाम घर जस्तो देखिएको छ, सरसफाईको अबस्था हेर्दा दर्दनाक देखिन्छ ।’

घाम पानीबाट जोगिने र बस्ने खालको प्रतिक्षालय समेत नभएको एथार्थ सुनाए । प्रतिक्षालयभित्रै नागरिकको सहजताको लागि टोकन ब्यवस्थापन गर्न सकियो भने धेरै समस्याको समाधान हुने उनले सुझाव दिए । अस्पतालमा डाक्टर भएपनि पुर्ण समय कामनगरेको समेत टिप्पणी गरे ।

डाक्टर कार्यालय समय पूर्ण नबस्था सेवाग्राही भौतारिनु पर्ने अबस्था रहेको उनले बताए । कोशी कोभिड अस्पताललाई संचालन गरेर प्रयोगमा ल्याउन उनले सुझाव दिए ।
लोसपाका जिल्ला अध्यक्ष मोहम्मद कादिरले नागरिकले उपचार गर्न आउँदा फोन गरेर आउनु पर्ने बाध्यता रहेको बताए । उनले पहिलाको भन्दा अहिले अस्पतालको ब्यवस्थापकीय रुपमा केही सुधार भएको बताए । कर्मचारीको ब्यवहारमा परिवर्तन गरिनु पर्ने उनको सुझाव छ ।

राप्रपाका सचिव टंक गुरागाईले अस्पताल कस्तो बनाउने भन्ने हात प्रशासनको जिम्मेवारी लिएका ब्यक्तिको हुने बताए । उनले बिशेषज्ञ डाक्टरकोमा जाँदा मुख थुनेर जानु पर्ने अबस्थाको अन्त्य हुनु पर्ने बताए ।

adv-single
सम्बन्धित समाचार

बर्दिवासलाई पराजित गर्दै एपीएफ मिल्स गोल्डकपको सेमिफाइनलमा

  विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल ९एपीएफ० पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आज भएको उद्घाटन खेलमा महोत्तरीको नगर खेलकुद...

गीतकार प्रमिला बस्नेतको 'सधैं देख्ने सपनाको' सार्वजनिक

काठमाडौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनि नेपाली गीतसंगीतमा सक्रिय रहेकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको...

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ (चितवन) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन् । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल...

काेशीका मुख्यमन्त्री कार्कीविरूद्धकाे संकल्प प्रस्ताव बहुमतले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेको सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७०...

सांसद हसिना खानले लिइन् शपथ

काठमाडौँ । सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको शपथ गराएका...

एकीकृत समाजवादीले कोशी प्रदेशमा मुख्यमन्त्री मागेको छैन : नेता खनाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने...

रूखबाट खसेर एक पुरूषको मृत्यु

ढोरपाटन (बागलुङ) । बागलुङमा घाँस काट्ने क्रममा रूखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका-४, खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो । बिहान ८ बजे बाख्रालाई घाँस...

जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर-५, धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको...

नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित

विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् । थापा महिलाहरूको लागि मार्शल...

जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

जजरकोट । भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा पाँच सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री...

बूढीगंगाकी उपाध्यक्ष सार्वजनिक बिदाको दिन सरकारी गाडी लिएर व्यक्तिगत सफरमा

विराटनगर । सरकारले कार्यालयीय कामको प्रयोजनमा आवतजावतमा सहजताका लागि स्थानीय तहका जनप्रतिनिधिलाई सवारी साधनको व्यवस्था गर्छ । यसरी व्यवस्था गरिने सवारी साधन कार्यालयीय प्रयोजनमा बाहेक प्रयोग गर्न पाइँदैन । तर, जनप्रतिनिधिहरूको सरकारी गाडी दुरूपयोगको शृंखला...

एसीसी प्रिमियर कप : अपराजित रहँदै नेपाल सेमिफाइनलमा

एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित भएको छ। बुधबार साउदी अरबलाई ६ विकेटले पराजित गर्दै नेपाल समूह 'ए' मा अपराजित रहेको हो। यसअघि नेपालले समूहमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको...