विराटनगर । विवाहित हिन्दु मैथिल नारीले जनकपुरमा वरसाइत हर्षोल्लासका साथ वटसावित्री पर्व मनाएका छन् । श्रीमानको आयु र आफनो अटल सौभाग्यको कामना गर्दै महिलाहरुले वटसावित्री पर्व मनाउने परम्परा रहेको छ । सत्य युगमा सती सावित्रीले आफ्नो तपश्या र साधनाले जेठ औँसीका दिन अटल सौभाग्यको वरदान पाएको विश्वासको आधारमा यो पर्व मनाउने मैथिल परम्परा छ ।
जेठ कृष्ण चतुर्दशीका दिन चोखोनितो खाएर व्रत सङ्कल्प गरेपछि औँसीका दिन निराहार व्रत बसेर आफ्नो बस्ती नजिकको वटवृक्ष , वरको रुख , फेदमा व्रतालु मिथिलानीले सामूहिकरुपमा सावित्रीलाई सम्झँदै व्रह्मा, विष्णु र महेशसहितका इष्टदेवको पूजा आराधना गरेर यो पर्व मनाउँछन् । व्रतालुले जेठ शुक्ल प्रतिपदाका दिन बिहान सूर्योदयसँगै यो व्रत सम्पन्न गर्ने परम्परा छ ।
Post Views: 4