जेठ ७ गते देखी जेठ १३ गतेसम्मको साप्ताहिक राशिफल

जेठ ७ गते देखी जेठ १३ गतेसम्मको साप्ताहिक राशिफल

 धुर्व राज सुबेदी

विराटनगर । जेठ ७ गते देखी जेठ १३ गतेसम्मको साप्ताहिक राशिफल– ज्योतिष शास्त्रमा चन्द्रमा अनुसार साप्ताहिक फलादेश हुन्छ। सोही अनुसार उनीहरूको सप्ताह कस्तो रहन्छ भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ
साता उत्साहवर्द्धक रहनेछ। बोलीको माध्यमले काम सम्पादन हुनेछ। कार्यशैलीमा पनि सुधार ल्याउन सकिनेछ। पहिलेको कर्मफल प्राप्त हुनेछ। आँट गर्दा काम सम्पादन हुनेछ। छोटो समयमै विशेष उपलब्धि प्राप्त हुनेछ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। चु दिगो फाइदा हुने नयाँ काम प्रारम्भ गर्न सकिनेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । चलाखी पूर्ण बोलीले काम बन्न सक्छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ । सामाजिक र राजनैतिक कार्यमा पनि सफलता मिल्नेछ । यो साताका लागि शुभ अङ्क ३,५,र शुभ रङ्ग रातो वा पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व नवग्रहको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ प्राप्त हुनेछ ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
यो साता लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । शुभ समाचार सुन्न पाइएला । दाजुभाइ तथा साझेदारहरू सँग मिलेर गरिने पेशा व्यवसायबाट भनेजस्तो रुपैयाँ पैसा कमाउन सकिएला । पढाई लेखाइमा उत्कृष्ट नतिजा ल्याउन सकिने तथा न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । विभिन्न अवसर प्राप्त हुनेछन् भने आँटले काम लिने समय छ। तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू पनि बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। सोमवार र मंगलवार भने वादविवादबाट अलि सावधान रहनुहोला। यो साताका लागि शुभ अङ्क ४,९ र शुभ रङ्ग घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व हनुमानजीको दर्शन गरी यात्रा गर्दा अधिक सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह
यो साता लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन रहनेछ । घर परिवारमा आकस्मिक स्वास्थ्य बिग्रन सक्छ । ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । मङ्गलबारबाट प्राविधिक कार्यमा सफलता मिल्नेछ । पुँजी बजारको लगानी भने त्यति लाभदायक नहोला । प्रारम्भमा केही खर्चिलो काममा लगानी गर्नुपर्ला। तत्कालै फाइदा नहुने काममा जुट्नुपर्ने हुन सक्छ। आर्थिक अभावले पनि सताउने देखिन्छ। सोमवारपछि स्थिति क्रमशः अनुकूल हुनुका साथै पहिलेको अवस्थामा सुधार आउनेछ। आफ्नो समुदायको हक हितको संरक्षण गर्दै धेरैको भलाइ हुने काम गर्न सकिनेछ। यो साताका लागि शुभ अङ्क ५,९ र शुभ रङ्ग सेतो वा आकाशे हो । कुनै शुभकर्म गर्नु पूर्व विष्णु भगवानको स्मरण गरी कार्य प्रारम्भ गर्दा राम्रो हुनेछ ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
पछिसम्म लाभ हुने काम गर्न सकिनेछ। सहयोग र सरसापटमा केही रकम भने बाहिरिन सक्छ। सोमवार र मंगलवार खर्च बढ्नुका साथै अधिक रकम आवश्यक पर्न सक्छ। तापनि पछिका लागि लगानी गर्ने र सामान जोहो गर्ने समय छ। थैलीको मुख बलियो नहुँदा धनमाल हराउन सक्छ। बुधवारदेखि स्थिति अनुकूल बन्नेछ र आफ्नो क्षेत्रमा प्रभाव जमाउन सकिनेछ। आँटले काम सम्पादन हुनेछ। रमाइलो भेटघाट र खानपानको आनन्द प्राप्त हुनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ। हिम्मत गर्दा भाग्यले उचाइको बाटो अवलम्बन गर्नेछ। मध्य सातामा केही महत्त्वपूर्ण कार्यमा उल्झन र स्वास्थ्यमा समस्या आउन सक्छ । यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग घ्यू रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व आफ्नो अविभावकको सल्लाह लिएर कार्य गर्नाले राम्रो हुन्छ ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे
प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ। आँटले काममा सफलता दिलाउनेछ। आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। आँटले सफलता समेत दिलाउनेछ। बुधवारपछि फजुल खर्च बढ्नुका साथै अर्थ अभावले सताउन सक्छ। अवसरका लागि केही दौडधुप गर्नुपर्ला। तापनि, पछिका लागि केही उपलब्धि जुट्नेछ। रकम जुटाउन केही समय लागे पनि सप्ताहान्तमा स्थिति अनुकूल बन्नेछ र काम बन्नुका साथै सुखद समाचार प्राप्त हुनेछ। यो साताका लागि शुभ अङ्क ५,७ र शुभ रङ्ग सेतो वा हरियो हो । कुनै शुभकर्म गर्नु अघि हनुमानजीको स्मरण गरी कार्य गर्नाले सफलता मिल्नेछ ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
सुरुमा समस्या देखिए पनि समयको महत्त्व बुझ्नेहरूलाई भाग्यले साथ दिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। केही लाभांश खर्चनुपरे पनि व्यवसायमा राम्रो आम्दानी हुनेछ। कर्मक्षेत्र सबल रहनेछ भने अवसरले पछ्याउनेछन्। मिहिनेतले राम्रै सफलता दिलाउनेछ। कीर्तिमानी काम सम्पादन हुनेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ। व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। दिगो कामको जग बसाउने मौका छ। सप्ताहान्तमा खर्च बढ्नुका साथै केही असहज परिस्थिति सामना गर्नुपर्ला। यो साताका लागि शुभ अङ्क २,९ र शुभ रङ्ग हरियो वा गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व बगलामुखीको दर्शन गरी कार्य आरम्भ गर्दा अत्यन्त लाभ हुनेछ ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
स्वास्थ्य कमजोर रहे पनि कामको दायित्व बोझिलो हुनेछ। साताभरि संघर्ष र चुनौतीका शृंखला देखिए पनि बीचमा प्रशस्त फाइदा हुनेछ। सुरुमा अरूको स्वार्थमा उपयोग भइएला। धनमाल हराउन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ने देखिन्छ। बुधवारदेखि स्थितिमा सुधार आउनेछ भने नयाँ अवसरले पनि उत्साह जगाउनेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन्। रोकिएको काम बन्नुका साथै नयाँ काम सुरु हुनेछ। लगनशीलताले समस्या सुल्झाउन सकिनेछ। चुनौती पन्छाएर पनि लक्ष्यमा पुग्न सकिनेछ। महत्त्वपूर्ण कार्यमा व्यवधान आउने पनि देखिन्छ । यो साताका लागि शुभ अङ्क १,७ र शुभ रङ्ग गाढा खैरो वा हरियो हो । कुनै शुभकर्म गर्नु पूर्व दुर्गाजीको दर्शन गरी कार्य गर्दा अधिक लाभ मिल्नेछ ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
यो साता धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने समय छ । नयाँ वस्त्र या उपहार पाइनेछ । रमणीय र सुखद् यात्राको योग छ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्राविधिक कार्यबाट सफलता मिल्नेछ । आर्थिक तथा सेयर कारोबारमा पनि राम्रै लाभ हुनेछ । यो साताका लागि शुभ अङ्क ३,६ र शुभ रङ्ग हरियो वा निलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको स्मरण गरी कार्य आरम्भ गर्दा अधिक लाभ मिल्नेछ ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आफन्तको साथ–सहयोग नजुटे पनि जुझारु कार्यशैलीले उपलब्धि हातपार्न सकिनेछ। मंगलवारसम्म व्यापार र उद्योगमा फाइदा हुनेछ। बुधवारदेखि विवादास्पद जिम्मेवारी आउनेछन्। झूटा आरोप लाग्ने र शुभचिन्तकहरूले साथ नदिने सम्भावना रहनेछ, सतर्क रहनुहोला। परिस्थितिले खर्च बढाउनेछ भने अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। सप्ताहान्तमा स्वास्थ्य कमजोर रहनेछ। धनमाल बाहिरिनेछ भने अर्थ अभावले सताउनेछ। साताको अन्त्यमा अनावश्यक यात्रा हुनेछ । गरेका कार्यमा ढिलासुस्ती हुने देखिन्छ । यो साताका लागि शुभ अङ्क ५,८ र शुभ रङ्ग गुलाबी हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको दर्शन गर्नाले सफलता हात पर्नेछ ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । स्वास्थ्य कमजोर देखिए पनि शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले अध्ययन तथा प्रतिस्पर्धामा अग्रस्थान लिन सकिनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। पेसामा फाइदाको स्रोत पहिल्याउन सकिनेछ। व्यापार–व्यवसायमा मनग्य धनलाभ हुनेछ। केही खर्च लागे पनि रमाइलो यात्रा गर्ने अवसर जुर्न सक्छ। मन मिल्ने साथीसँग व्यर्थैमा वादविवाद हुन सक्छ। तापनि मित्रता र प्रेमको गाँठो कसिने सम्भावना छ। ससप्ताहान्तमा भने केही खर्चिलो काम गर्नुपर्ला। स्वास्थ्यका लागि विशेष सावधान रहनुहोला।यो साताका लागि शुभ अङ्क ४,७ र शुभ रङ्ग सिन्दुरे वा घिउ रङ्ग हो । कुनै शुभकर्म गर्नु पूर्व गणेशजीको आरधना गरी गरेको कार्यबाट अधिक सफलता मिल्नेछ ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ । प्रारम्भमा काम बिग्रने भयले सताउन सक्छ। गलत चिन्तनले आत्माविश्वास गुम्न सक्छ। आफन्तजन टाढिनाले एक्लोपनाको अनुभूति हुनेछ। शुभचिन्तकहरूको सुझावलाई मनन गर्नुहोला। सोमवारदेखि स्थितिमा केही सुधार आउनेछ। अध्ययनमा ध्यान केन्द्रित हुनेछ भने मिहिनेतले उपलब्धि दिलाउन सक्छ। रोकिएका काम बन्नेछन् र नयाँ काम प्रारम्भ गर्न सकिनेछ। आँट गर्दा दैनिकीले उचाइको बाटो समाउनेछ। पेसा–व्यवसायमा राम्रो फाइदा हुनेछ। रमाइलो यात्रा गर्ने साइत जुर्न सक्छ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। यो साताका लागि शुभ अङ्क १,३ र शुभ रङ्ग पहेँलो हो । कुनै शुभकर्म गर्नु पूर्व भैरवजीको दर्शन गरी कार्य आरम्भ गर्दा अधिक सफलता मिल्नेछ ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सप्ताहान्त विशेष रमाइलो रहनेछ। सोमवार र मंगलवार पारिवारिक असमझदारी देखिए पनि चिताएको काम सम्पन्न हुनेछ। आफन्तको सहयोगले काम लिने कोसिस गर्नुहोला। बुधवारदेखि आम्दानीका स्रोत बढ्नुका साथै दिगो काममा सम्झौता हुन सक्छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुन सक्छ। जुझारु कार्यशैलीले लक्ष्यमा पुर्याउनेछ। साझेदारीमा अलि सावधान रहनुपर्ला। विहिवारबाट बोलीको विपरीत अर्थ लाग्न सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । यो साताका लागि शुभ अङ्क ६,९ र शुभ रङ्ग हरियो हो । कुनै शुभकर्म गर्नु पूव विष्णु भगवानको स्मरण गरी कार्य प्रारम्भ गर्नले अधिक सफलता मिल्नेछ ।

adv-single
सम्बन्धित समाचार

मन्त्री नारायणकाजी श्रेष्ठको नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धान खेर जान नदिने प्रतिवद्धता

विराटनगर । उपप्रधानमन्त्री तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा थालेको अनुसन्धान खेर जान नदिने प्रतिवद्धता जनाएका छन् । शनिबार स्थानीय तहमा निर्वाचित दलित समुदायका जनप्रतिनिधिको प्रथम भेला कार्यक्रममा उनले भ्रष्टाचारमा आफ्नै पार्टीको...

मोरङमा लघुवित्तको पक्षमा महिलाहरु सडकमा

  विराटनगर । लघुवित्तको पक्षमा मोरङको रंगेली नगरपालीका बबियाबिर्तामा  महिलाहरु सडकमा उत्रिएर र्याली गरेका छन् । लघुवित्त संस्थाको पक्षमा रहेका महिलाहरुले प्रहरी चौकी बबियाविर्ताबाट र्याली शुरु गरि बजार परिक्रमा गरेका थिए । लघुवित्त हाम्रो घर...

प्रचण्ड आज स्वदेश फर्किने

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमण सकेर शनिबार स्वदेश फर्किँदै छन्। बुधबार भारत गएका प्रचण्ड अपराह्न ५ बजे स्वदेश फर्किन लागेका हुन्। शुक्रबार इन्दोरमा बास बसेका प्रधानमन्त्री प्रचण्ड आज दिल्ली हुँदै...

नाकामा भारु नोट सटहीमा सकस

विराटनगर । काँकडभिट्टामा भारु नोट सटहीमा समस्या देखिएको छ । भारु दुई हजारका नोट फिर्ता लिने भारत सरकारको निर्णयलगत्तै सटहीमा समस्या देखिन थालेको हो । एक साताअघि भारतको केन्द्रीय बैंकले भारु दुई हजारका नोट फिर्ता...

विराटनगरमा निःशुल्क प्लास्टिक सर्जरी

  विराटनगर । फेक्ट नेपालद्वारा विराटनगरको हाम्रो अस्पतालमा ओठ तथा तालु फाटेका मुख भित्र जिब्रो भन्दा माथि चिरिएका तथा आगोले जलेर शरिरको एक भाग अर्को भागसँग टाँसिएका ब्यक्तिहरुका लागि निःशुल्क सल्यक्रिया सेवा सुरु भएको छ...

दुहबीमा रामजानकी मन्दीरको उद्घाटन

चन्द्र मोहन विश्वास सुनसरी । दुहबी नगरपालीका वडा नम्बर ६ मा रामजानकी मन्दीरको उद्घाटन भएको छ। पुर्व उपप्रधानमन्त्री बिजय कुमार गच्छादारले सो मन्दिरको उद्घाटन गरेका थिए। दुहबी ५ निवासी गुलावचन्द्र प्रसाद रौनियार र बैद्यनाथ प्रसाद...

वि.सं.२०८० जेठ २० गते शनिबारको राशिफल : यी राशिहरूको चम्किनेछ भाग्य

मेष–कृषि, पशुधन र अचल सम्पत्तिको उपयोगबाट लाभ उठाउन सकिनेछ । अनुकूल समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले...

प्रधानमन्त्री दाहालले गरे इन्दौरको फोहोर व्यवस्थापन केन्द्र अवलोकन

विराटनगर । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार भारतको मध्यप्रदेशस्थित इन्दौरमा रहेको फोहोर व्यवस्थापन केन्द्रको अवलोकन गरेका छन् । यस क्रममा इन्दौर नगर निगमको प्रमुख कार्यकारी अधिृकत हर्षिका सिंहले फोहोर व्यवस्थापन प्रक्रियाका बारेमा जानकारी...

अंशवण्डाको कारण छोराले गरे बुबाको हत्या

विराटनगर । आफ्नै बुबा ७० वर्षीय लोक बहादुर कुमालको हत्या गरेको अभियोगमा माई नगरपालिका २ चेप्टी बस्ने ३२ वर्षीय दिपक कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ दिपकले जेठ ८ गते अंशवण्डाको विषयमा विवाद भई...

सीटीईभिटीका कर्मचारी चढेको जीप सुनकोशीमा खस्दा तीन जना बेपत्ता

विराटनगर । मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनबाट जीप सुनकोशी नदीमा खसेको छ । आज जीप नदीमा खस्दा जीपमा सवार तीन जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार...

इन्दोर पुगे प्रधानमन्त्री प्रचण्ड

विराटनगर । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्यप्रदेशको इन्दोर पुगेका छन् । उनी नयाँदिल्लीबाट विशेष विमानमार्फत् इन्दोर पुगेका हुन् । इन्दोरमा उनलाई मध्यप्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहान लगायतका उच्च अधिकारीहरुले स्वागत गरेका थिए ।...

‘एसईइ बास्केटबल ट्यालेन्ट हन्ट’को समापन

विराटनगरमा जारी ‘एसईइ बास्केटबल ट्यालेन्ट हन्ट २०८०’ सकिएको छ । विराटनगर बास्केटबल एकेडेमीले एसइई परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई लक्षित गर्दै बैशाख ६ गते देखि जेठ १५ गतेसम्म ट्यालेन्ट हन्टको आयोजना गरेको थियो । सो कार्यक्रम...