विराटनगर । खोटाङमा ट्याक्टरबाट खसेर प्रअको मृत्यु भएको छ ।
बालुवा ओसार्न सुनकोसी जाँदै गरेको को २ त ४६७६ नम्बरको ट्याक्टरबाट खसेका हलेसी तुवाचुङ नगरपालिका १ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रअ मकरध्वज राईको किचिएर मृत्यु भएको हो ।
विद्यालय बन्द भएपछि घर फर्कनेक्रममा आइतबार बाहुनीडाँडाकै झाप्पाबाट घर बनाउने बालुवा लिन कुर्लेघाट जाँदै गरेको ट्याक्टर भेटेपछि प्रअ राई सुँगुरको चारो लिनका लागि सोही ट्याक्टरमा चढेर कुर्लेघाट झरेका थिए ।
कुर्लेघाटबाट फर्नेक्रममा साँझ रुपसे आइपुगेपछि ट्याक्टरबाट खसेका प्रअ राईको पछाडिको पांग्राले टाउकोमा किच्दा घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।खोटाङमा ट्याक्टरबाट खसेर प्रअको मृत्यु भएको छ ।
बालुवा ओसार्न सुनकोसी जाँदै गरेको को २ त ४६७६ नम्बरको ट्याक्टरबाट खसेका हलेसी तुवाचुङ नगरपालिका १ बाहुनीडाँडास्थित बेलडाँडा आधारभूत विद्यालयका प्रअ मकरध्वज राईको किचिएर मृत्यु भएको हो ।
विद्यालय बन्द भएपछि घर फर्कनेक्रममा आइतबार बाहुनीडाँडाकै झाप्पाबाट घर बनाउने बालुवा लिन कुर्लेघाट जाँदै गरेको ट्याक्टर भेटेपछि प्रअ राई सुँगुरको चारो लिनका लागि सोही ट्याक्टरमा चढेर कुर्लेघाट झरेका थिए ।
कुर्लेघाटबाट फर्नेक्रममा साँझ रुपसे आइपुगेपछि ट्याक्टरबाट खसेका प्रअ राईको पछाडिको पांग्राले टाउकोमा किच्दा घट्नास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल लगिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।