विराटनगर । कोशी प्रदेशको नाम पहिचानका आधारमा पून नामाङ्कनको माग गर्दै पहिचान पक्षधरले विराटनगर केन्द्रीत आन्दोलन गर्ने तयारी गरेको छ । कोशी प्रदेशसभाको बजेट अधिवेशन आह्वान भएपछि प्रदेश १ पुनः नामकरण संघर्ष समितिले प्रदेशसभा केन्द्रीत आन्दोलन गर्ने तयारी गरेको हो ।
प्रदेश १ पुनः नामकरण संघर्ष समितिले जेठ १४ गतेबाट विराटनगर केन्द्रित आन्दोलन गर्ने घोषणा गरेको छ ।
फागुन १७ गते प्रदेशसभा बैठकले प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर असन्तुष्ट छन् ।
प्रदेशसभाको नाम राखेपछि रोकिएको प्रदेशको पहिलो अधिवेशन चैत २९ गते अन्त्य भएको थियो । प्रदेशसभा बैठक राखेपछि आइतबार पहिलो पटक बैठक बस्न लागेको हो । बैठक बस्ने भएपछि पहिचान पक्षधरले पून नामाङ्कनका लागि दबाब दिन प्रदेशसभा केन्द्रीत आन्दोलन घोषणा गरेका हुन् ।
Post Views: 0