विराटनगर । झापा ११ नवौं भलुवा गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
सुनसरीको दुहबी–७ स्थित भलुवा खेलमैदानमा शुक्रबार भएको खेलमा रारा फुटबल क्लब धनकुटालाई हराउँदै झापा क्वाटर फाइनलमा प्रवेश गरेको हो ।
खेलको ११ औं मिनेटमा प्रदीप बुढाथोकीले गरेको १ गोल नै झापा ११ को निर्णायक गोल बन्यो ।
खेलको उत्कृष्ट खेलाडी झापा ११ का प्रदीप बुढाथोकी घोषित भए । उनले ५ हजार नगद तथा पदक प्राप्त गरे ।
आज युनाइटेड खर्साङ फुटबल क्लब भारत र बीरगंज युनाइटेड क्लब पर्साकाबीच प्रतिस्पर्धा हुने छ ।
बिहीबारबाट सुरुभएको प्रतियोगिता जेठ २० गतेसम्म संचालन हुने छ । प्रतियोगितामा विजेता टिमले नगद ४ लाख प्राप्त गर्नेछ ।
यस्तै उपविजेता टिमले नगद २ लाख प्राप्त गर्नेछ भने विभिन्न विधा तर्फ उत्कृष्ट हुने खेलाडीले पनि पुरस्कार पाउने आयोजकले जनाएको छ ।
Post Views: 0