पहिचान पक्षधरको आन्दोलनमा ३८ सुरक्षाकर्मी र १२ आन्दोलनकारी घाइते, १६ राउण्ड हवाईफायर

पहिचान पक्षधरको आन्दोलनमा ३८ सुरक्षाकर्मी र १२ आन्दोलनकारी घाइते, १६ राउण्ड हवाईफायर

 राष्ट्रिय डेली

विराटनगर । कोशी प्रदेशको नामाकरणका विषयमा पहिचान पक्षधरले गरेको आन्दोलनमा ५० जना घाइते भएका छन् । आइतबार प्रदेशसभा बाहिर भएको आन्दोलनमा झडप हुँदा ३८ जना सुरक्षाकर्मी र १२ जना आन्दोलनकारी घाइते भएका हुन् ।

प्रदेशको नाम कोसी खारेज हुनुपर्ने र ऐतिहासिक पहिचानका आधारमा पुनः नामांकन गरिनुपर्ने माग राख्दै पहिचान पक्षधरले प्रदेशसभानजिकै उग्र प्रदर्शन गरेपछि दोरोहो झडप भएको हो ।

झडपमा परेर नेपाल प्रहरीका २३ जना र सशस्त्र प्रहरीका १५ जना घाइते भएका छन् । जसमा केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुवैतर्फका घाइतेको संख्या बढ्नसक्ने प्रहरीले जनाएको छ ।

‘प्रारम्भिक चरणमा भएकाले सबै घाइतको विवरण प्राप्त भइसकेको छैन’, प्रहरी स्रोतले भन्यो । घाइतेहरूको विराटनगरकै कोसीलगायतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

स्थितिलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीका तर्फबाट १६ राउण्ड हवाईफायर गरेको सुरक्षा स्रोतले बतायो । बाँस, लाट्ठी, भालालगायतका घरेलु हतियारसहित उग्र प्रदर्शन गर्दै आन्दोलनकारीले सुरक्षाकर्मीलाई लक्षित गरेर ढुंगामुडा गर्न थालेपछि अवस्था तनावग्रस्त बनेको थियो ।

प्रहरीका अनुसार सुरक्षाकर्मीमाथि ढुंगा, इँटा र बियरका बोतल निरन्तर प्रहार गरियो । आन्दोलनकारीले गुलेलीले समेत प्रहार गरेको प्रहरीले जनाएको छ ।

प्रदेशसभानजिक आन्दोलनकारीको आक्रमणमा परेर केही सुरक्षाकर्मी रगताम्य हुँदै ढलेका थिए । प्रदेशसभानजिक माहोल भड्किने अवस्था बनेपछि हवाईफायर गर्नु परेको प्रहरी स्रोतले बतायो ।

त्यस क्रममा सुरक्षाकर्मीका तर्फबाट ६१ सेल अश्रुग्याससमेत प्रहार गरिएको थियो । पछिल्लो विवरण अनुसार नेपाली प्रहरीले ४४ र सशस्त्र प्रहरीले १७ सेल अश्रुग्यास प्रहार गरेको हो ।

प्रहरीले पानीको फोहोरा प्रयोग गरेको थियो । त्यसपछि अश्रुग्यास प्रहार गर्यो । तर पनि प्रदर्शन थप चर्किएको थियो ।

पहिचान पक्षधरको प्रदर्शन थप उग्र बनेपछि लाट्ठी चार्ज गरिरहेका सुरक्षाकर्मीले त्यसपछि हवाईफायर गर्नुपर्ने अवस्था आएको सुरक्षा स्रोतको भनाइ छ ।

देवकोटा चोकलगायत प्रदेशसभा भवन वरपरको अवस्था अहिले सामान्य बनिसकेको प्रहरीले जनाएको छ । प्रहरीले बल प्रयोग गरेर आन्दोलनकारीको भीडलाई तितरवितर पारेपछि अवस्था सामान्यतर्फ उन्मुख हुँदै गएको हो ।

अवस्था साम्य हुँदै गएपछि सर्वसाधारणले सहज रूपमा आवतजावत गर्ने वातावरण बनेको छ । दुई पक्षीय झडप रोकिएसँगै पहिचान पक्षधरले अस्पताल चोकनजिक कोणसभाको आयोजना गरेका छन् । सभालाई पहिचानवादी नेताहरुले सम्बोधन गरेका छन् ।

आन्दोलनकारीलाई प्रहरीले प्रदर्शनस्थलबाट पक्राउसमेत गरेको छ । प्रदर्शनस्थलबाट प्रहरीले २४ जनालाई पक्राउ गरेको हो । त्यसअघि ३७ जना पक्राउ परेका थिए ।

कोसी प्रदेश प्रदेशसभाको दोस्रो एवं बजेट अधिवेशन आज दिउँसो २ बजेका लागि आह्वान गरिएको थियो ।

adv-single
सम्बन्धित समाचार

गण्डकीमा चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन् । उनले विनाविभागीय मन्त्रीद्धय हरिबहादुर चुमान र राजीव गुरूङ (दीपक मनाङे) लाई आज जिम्मेवारी तोकेका हुन् । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेतासमेत रहेका...

सगरमाथा आरोहण उत्साहजनक : उठ्यो ५० करोड बढी राजस्व

काठमाडौँ । वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट ५० करोड रूपैयाँ भन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट ५० करोड...

सार्वजनिक जग्गा संरक्षणमा लाग्न जिल्ला प्रशासनहरूलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक जग्गा फिर्ता ल्याउन शुक्रबार पुनः निर्देशन दिएका...

बर्दिवासलाई पराजित गर्दै एपीएफ मिल्स गोल्डकपको सेमिफाइनलमा

  विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल ९एपीएफ० पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आज भएको उद्घाटन खेलमा महोत्तरीको नगर खेलकुद...

गीतकार प्रमिला बस्नेतको 'सधैं देख्ने सपनाको' सार्वजनिक

काठमाडौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनि नेपाली गीतसंगीतमा सक्रिय रहेकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको...

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ (चितवन) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन् । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल...

काेशीका मुख्यमन्त्री कार्कीविरूद्धकाे संकल्प प्रस्ताव बहुमतले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेको सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७०...

सांसद हसिना खानले लिइन् शपथ

काठमाडौँ । सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको शपथ गराएका...

एकीकृत समाजवादीले कोशी प्रदेशमा मुख्यमन्त्री मागेको छैन : नेता खनाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने...

रूखबाट खसेर एक पुरूषको मृत्यु

ढोरपाटन (बागलुङ) । बागलुङमा घाँस काट्ने क्रममा रूखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका-४, खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो । बिहान ८ बजे बाख्रालाई घाँस...

जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर-५, धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको...

नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित

विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् । थापा महिलाहरूको लागि मार्शल...