विराटनगर, १८ जेठ । विराटनगर जेसिजले अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, प्रहरी, पत्रकार र सरसफाईकर्मी लागायतको मनोबल बढाउन साताब्यापी कार्यक्रम सुरु गरेको छ ।
कार्यक्रममा सुरक्षाकर्मीलाई खाजा तथा कोसेली बितरण, फ्रन्टलाइनर संचारकर्मीलाई स्वास्थ कोसेली बितरण, विराटनगर माहनगरपालिकाको आइसोलेसनमा रहेका कर्मचारी तथा कोरोना संक्रमितलाई पौष्टिक आहार बितरण, विराटनगरमा अभियान चलाइरहेको समुहलाई राहत सामग्री हस्तान्तरण, कोभिड–१९ उपचार केन्द्रमा कार्यरत स्वास्थ्यकर्मीलाई खाजा बितरण, प्राथमिक स्वास्थ केन्द्रमा स्वास्थ्य सामाग्री हस्तान्तरण र अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीको सम्मानमा घर–घरमा राष्ट्रिय गान सहित दिपावली कार्यक्रमको आयोजना गरिने विराटनगर जेसिजका कार्यवाहक अध्यक्ष देवचन्द्र घिमिरेले जानकारी दिए ।
आज संचारकर्मीलाई स्वास्थ्य सामग्री प्रदान गरिएको घिमिरेले जानकारी दिए ।
विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्ड पालना गरेर कार्यक्रम संचालन भईरहेको विराटनगर जेसिज का उपाध्यक्ष शिव शंकर मण्डलले बताए । सामाजमा हुने हरेक गतिविधि मा जेसिज सधैँ सक्रिय रुपमा नेतृत्वदायी भुमिकामा रहने गरेको उनले बताए ।
माहामारीको समयमा अग्रपंक्तिमा रहेर कामगर्ने योद्धाहरुकै कारण धेरैको ज्यान बचेको भन्दै विराटनगर जेसिजले अग्रपंक्तिमा रहेर काम गर्नेको हौसला बढाउन कार्यक्रम आयोजना गरेको विराटनगर जेसिज सदस्य तथा कार्यक्रम संयोजक दिपा शाहले जानकारी दिईन् ।
आईतबारबाट सुरु भएको कार्यक्रम शुक्रबारसम्म सञ्चालन हुनेछ ।
Post Views: 287