विराटनगर । प्रदेश १ मा आज एक हजार ४२ जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४४१ महिला र ६०१ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङबाट मात्रै आज ५४५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३८ हजार ४३० पुगेको छ ।
प्रदेश १ मा आज ७१८ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३०२, झापामा २९३, सुनसरीमा ४५, इलाममा २७, सोलुखुम्बुमा १३, धनकुटामा ७, उदयपुरमा ४, खोटाङमा ३, पाँचथर, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरमा ७१ महिला र ९६ पुरुषसहित १६७, सुन्दरहरैचामा २६, पथरीशनिश्चरेमा २३, केराबारीमा २०, सुनबर्षी, उर्लाबारी र बुढीगंगामा १०–१०, रतुवामाई र लेटाङमा ९–९, कटहरीमा ५, जहदामा ४, रंगेलीमा ३, बेलबारी र ग्रामथानमा २–२, धनपालथान र कानेपोखरीमा १–१, झापाको विर्तामोडमा ७४, भद्रपुरमा ३८, बुद्धशान्ति र अर्जुनधारामा ३३–३३, कनकाईमा २८,मेचीनगरमा २१, दमकमा १५, शिवसताक्षीमा १४, बाह्रदशीमा १२, कचनकवल र गौरीगञ्जमा ५–५, हल्दिबारीमा ४, कमलगाउँपालिका र झापागाउँपालिकामा ३–३, गौरादहमा १ र स्थानीयतह नखुलेका ४, सुनसरीको इटहरीमा १६, हरिनगरमा ८, दुहवीमा ६, रामधुनी, देवानगञ्ज र बर्जुमा ३–३, गढी, भोक्राहानरसिंह र कोशीगाउँपालिकामा२–२जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यसैगरि इलामको माईजोगमाईमा ९, इलाम नगरपालिकामा७, चुलाचुलीमा ४, सुर्योदयमा १ र स्थानीयतह नखुलेका ६, सोलुखुम्वुको नेचासल्यानमा ७, माप्यदुधकोशीमा ६, धनकुटाको धनकुटा नगरपालिकामा ४, छथर, पाख्रिवास र चौवीसेमा १–१, उदयपुरको रौतामाईमा १ र स्थानीयतह नखुलेका ३, खोटाङको बराहपोखरी, ऐसेलुखर्क र दिक्तेल रुपाकोट मझुवागढीमा १–१, पाँचथरको, ताप्लेजुङ, संखुवासभा र भोजपुरमा १–१ र प्रदेश १ बाहिरका २० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ माकोरोना संक्रमितको संख्या ५९ हजार ४६० पुगेको छ । सक्रिय संक्रमितको संख्या २० हजार १०५ पुगेको छ । प्रदेश १ मा आज १ हजार ८०२जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये २९९ महिला र ४१९ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।