काठमाडाैँ । पूर्वराजा ज्ञानेन्द्र शाह दम्पत्तिले महामारीबाट जोगिन सबैलाई आग्रह गरेका छन् । रानी कोमल राज्यलक्ष्मीदेवीसँगै बसेर भिडियोमार्फत जारी सन्देशमा पूर्व राजा शाहले आफूहरूको स्वास्थ्यलाई लिएर चासो र चिन्ता व्यक्त गरेका हुन् ।
यस्तै कोभिड संक्रमणबाट मुक्त भएपछि पूर्वराजा शाहले सुभेच्छा दिने सबैलाई धन्यवाद दिएका छन् । अहिलेको विषम परिस्थितिमा सक्रिय फ्रन्टलाइनरहरुलाई पनि धन्यवाद दिँद उनले भनेका छन्, ‘अहिले हामी दुवै पूर्ण स्वास्थ्य लाभको क्रममा छौं। तर, देशभित्र र बाहिरको महामारीको अवस्था प्रति हामी चिन्तित छौं । महामारीको प्रकृया जारी छ। यसलाई नियन्त्रण गर्नका लागि हाम्रो आफ्नै संकल्प र बाह्य आवश्यकता पर्दछ।’
शाहले अन्तर्राष्ट्रिय सहयोगका लागि पनि धन्यवाद दिएका छन्। त्यस्तै, सबै नेपालीहरुलाई सुरक्षित रहन आग्रह गर्दै उपचारको क्रममा रहेका नेपाली शीघ्र स्वास्थ्य लाभसँगै जीवन गुमाउनेहरुको आत्मको शान्तिको कामना पनि गरेका छन् । हरिद्वारमा कुम्भ मेलामा गएका शाह दम्पतीलाई नेपाल आएपछि कोभिड संक्रमण भएको थियो। जसका कारण नर्भिक अस्पतालमा भर्ना भएका थिए ।
भिडियो हेर्न यहाँ थिच्नुहोस्
Post Views: 15