विश्वकप छनोटमा नेपालको चाइनिज ताईपेइमाथि २–० को जित

विश्वकप छनोटमा नेपालको चाइनिज ताईपेइमाथि २–० को जित

 राष्ट्रिय डेली

नेपालले विश्वकप फुटबल २०२२ को छनोट खेलमा चाइनिज ताईपेइलाई २–० ले हराएको छ । विश्वकप फुटबल २०२२ को छनोट अन्तगर्त दोस्रो चरणको खेलमा नेपालले चाइनिज ताईपेइमाथि २–० को जित हात पारेको हो ।

कुवेतको जबेर अल हमाद अन्तर्राष्ट्रिय रङशालामा अबेर राति सम्पन्न खेलमा नेपालले पहिलो र दोस्रो हाफमा एक एक गोल गर्दै जित हात पारेको हो ।

नेपालको जितमा अञ्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरे । खेलको तेस्रो मिनेटमै अञ्जनले गोल गर्दै नेपाललाई सुरुवाती १–० को अग्रता दिलाए ।

नेपालले खेलको तेस्रो मिनेटमा पेनाल्टीको अबसर प्राप्त गरेको थियो । उक्त अबसरलाई अञ्जनले गोलमा परिणत गरे । सन्तोष तामाङको फ्री किकमा चाइनिज ताईपेइका खेलाडीले हयाण्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएको थियो ।

पहिलो हाफसम्म १–० को अग्रता बनाएको नेपालले ८० औं मिनेटमा गोलका लागि उपयुक्त अवसर पाएको थियो । मनिष डाँगीले एकल प्रयासमा बढाउनुभएको बल पोष्टको माथिबाट बाहिरिएको थियो । तर एक मिनेट नबित्दै नवयुगले गोल गर्दै अग्रतालाई दोब्बर पारे ।

नवयुग श्रेष्ठले ८१ औं मिनेटमा गोल गर्दै अग्रतालाई दोब्बर पारे । अञ्जन विष्टको पासमा सुमन अर्यालले पेनाल्टी क्षेत्रभित्रबाट दिएको क्रसलाई नवयुगले गोलको दिशा दिए ।

प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुतैरीले ६५ औं मिनेटमा सुनिल बललाई बिस्थापित गर्दै नवयुगलाई उतारेका थिए । नवयुगले मैदान प्रवेश गरेको १६ औं मिनेटमै गोल गरे ।

जितसँगै समूह बी मा रहेको नेपाल चौथो स्थान रहने सुनिश्चित भएको छ । नेपालले छ खेलबाट दुईमा जित र चारमा हारर बेहोरेर छ अङ्क जोडेको छ । नेपालले आफ्नो दुबै जित चाइनिज ताईपेइ बिरुद्ध नै हात पारेको हो ।

समूह बी मा अष्ट्रेलिया शीर्ष स्थानमा रहेको छ । उसले चार खेलबाट १२ अङ्क जोडेको छ । जोर्डन र कुवेत दुबैले पाँच पाँच खेलबाट समान १० अङ्क बटुलेर दोस्रो र तेस्रो स्थानमा छन् ।

नेपालले चाइनिज ताईपेइ बिरुद्धको खेलका लागि सुरुवाती एघारमा इराक बिरुद्धको मैत्रीपूर्ण खेलका दुई जना खेलाडी परिवर्तन गरेको थियो । मनिष डाँगी र नवयुग श्रेष्ठ पहिलो रोजाईमा परेनन । दुबैजनाको स्थानमा सुनिल बल र आशिष लामा पहिलो प्राथमिकतामा परे ।
नेपालले चाइनिज ताईपेइ बिरुद्ध ४–३–३ को रणनीति पछ्यायो ।

नेपालले छनोट अन्तगर्तको आफ्नो सातौं खेलमा जोर्डनको सामना गर्नेछ । अन्तिम खेलमा नेपालले अष्ट्रेलियासँग स्पर्धा गर्नेछ । कुनै चमत्कार भएको अवस्थामा मात्रै विश्वकप फुटबल २०२२ का लागि नेपाल छनोट हुनेछ । नेपाल छनोट हुन कुवेत र जोर्डन दुबैले ११ अङ्कभन्दा कम जोड्नुपर्नेछ भने नेपालले बाँकीको दुबै खेलमा अष्ट्रेलिया र जोर्डनलाई हराउनुपर्नेछ ।

कुवेत र जोर्डन दुबैले तीन तीन खेल खेल्न बाँकी छ । आजै हुने अर्को खेलमा कुवेतले अष्ट्रेलियाको सामना गर्दैछ । यद्दपी नेपालको एशियाकप २०२३ का लागि छनोटको सम्भाबना अझै जिवितै छ ।

सम्बन्धित समाचार

कोशीमा पहिचान पक्षधरसँग वार्ता गर्न तीन सदस्यीय वार्ता समिति गठन

विराटनगर । कोशी प्रदेशमा पहिचान पक्षधरसँग वार्ता गर्न सरकारले समिति बनाएको छ । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समितिसँग वार्ता गर्न सरकारले समिति गठन गरेको हो । पहिचान पक्षधरहरू गत १० चैतदेखि आन्दोलनरत छन्...

उपत्यकाका खोलाको मापदण्ड थप २० मिटर कायम गर्ने फैसला हाल स्थगित

विराटनगर । बाग्मती नदी तथा यसका सहायक नदी तथा खोला किनाराको दायाँ बायाँ थप २० मिटर सीमा कायम गर्ने सर्वोच्च अदालतको फैसला हाललाई स्थगित भएको छ। सर्वोच्च अदालतले पुनरावेदनका लागि सरकारलाई अनुमति दिएकाले फैसला कार्यान्वयन...

प्रसाईंलाई ४० हजार धरौटीमा रिहा गर्न आदेश

  विराटनगर । काठमाडौं जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको छ । बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश...

त्रिविमा मैले हस्तक्षेप गरेको छैन : प्रधानमन्त्री ओली

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा आफ्नो कुनै हस्तक्षेप नभएको बताएका छन्। आज९बिहिबार० बसेको त्रिभुवन विश्वविद्यालयको साधारणसभा (सिनेट) बैठकमा त्रिवि कुलपतिसमेत रहेका उनले यस्तो बताएका हुन्। उनले सबैले सानो कुरामा नअल्झिएर त्रिविलाई प्रभावकारी...

शेयर बजारमा उच्च अंकले गिरावट

  विराटनगर । बिहीवार शेयर बजारमा उच्च अंकले घटेको छ । शेयर बजार ३३.४२ अंकले घटेर २,६८२ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ४० कम्पनीको शेयर मूल्य बढेको छ भने २०४ कम्पनीको शेयर मूल्य...

माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित

विराटनगर । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उपत्यका बाहिर भएका कारणले नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक स्थगित भएको छ। आज दिउँसो ३ बजेका लागि पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको बैठक अब भोलि बिहान ११ बजे बस्ने...

विराटनगर प्याब्सनको अध्यक्षमा अर्जुन श्रेष्ठ

विराटनगर । विराटनगर महानगर प्याव्सनको अध्यक्षमा अर्जुन श्रेष्ठ सर्वसम्मत निर्विरोध निर्वाचित भएका छन् । श्रेष्ठ विराटनगर प्याव्सनको तेस्रो अधिवेशनबाट सर्वसम्मत निर्विरोध निर्वाचित भएका हुन् । त्यसैगरी तेस्रो महानगर अधिवेशनबाट उपाध्यक्षमा असोक लामा, सचिवमा चिरिञ्जीवि तिम्सिना,...

रविलाई थप पाँच दिनको हिरासत

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई कास्की जिल्ला अदालतले पाँच दिन म्याद थप गरेको छ। जिल्ला अदालत कास्कीमा बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उनलाई थप पाँच दिन म्याद थपी अनुसन्धान गर्न...

त्रिवि दीक्षान्त व्यावस्थित नभए बहिष्कार गर्ने : विष्णु ढुंगेल

विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन नेपाल ल क्याम्पसका अध्यक्ष एवं त्रिवि सभा सदस्य विष्णु ढुंगेलले यस वर्षको त्रिवि दीक्षान्त समारोह व्यवस्थित नभए बहिष्कार गर्ने बताएका छन्। आज (बिहिबार) बसेको त्रिभुवन विश्वविद्यालयको नीति अधिवेशनमा त्रिवि कुलपति...

विश्वकप फुटबलको तयारीमा साउदी अरेबिया

विराटनगर । सन् २०३४ को फिफा विश्वकप फुटबल एसियाली मुलुक साउदी अरेबियामा हुने भएको छ। साउदी अरेबियाका रियाद, जेद्दा, अल खोबर, आभा र निओम शहरका १५ रंगशालामा खेल खेलाइने एजेन्सीले जनाएको छ। ९२ हजार दर्शक...

जाजरकोटमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु

विराटनगर । जाजरकोटको नलगाड नगरपालिका–३ को बिराखोला कैना–कट्के सडकखण्डमा जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। ग ३ च ९८४५ नम्बरको डबल क्याप बोलेरो जीप गएराति ११ बजे दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका...

संखुवासभामा भरुवा बन्दुकसहित पक्राउ

विराटनगर । संखुवासभाको मकालु गाउँपालिका(२ का ३० वर्षीय लाक्पा शेर्पालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मकालुबाट खटिएको प्रहरी टोलीले शेर्पाको घर खानतलासी गर्दा कोठाबाट लोड गरेको एक थान भरुवा बन्दुक र...