विराटनगर । मोरङको जहदा गाउँपालिकामा भिलेज नेपाल र हातीबन्धा युवा क्लबको सहकार्यमा राहत सामग्री वितरण गरिएको छ ।
कोरोना कहरको दोस्रो लहरको चपेटामा परेका गरिब तथा विपन्न परिवारहरुलाई जीवन बचाउ अभियानअन्तर्गत जहदा गाउँपालिका वडा न १, २ र ३ का विपन्न परिवारलाई राहत वितरण गरिएको हो ।
भिलेज नेपाल संस्थाका अध्यक्ष विष्णु राजवंशीका अनुसार वडा न. १ मा ५३ , २ मा २४ र ३ मा १२ लगायत जम्मा ८९ घर परिवारलाई राहतस्वरुपको खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको हो । राहत सामग्रीअन्तर्गत दाल , चामल, नुन, तेल, सोयाबिन तथा मास्क, सेनिटाइजर वितरण गरिएको उनले बताए ।
जीवन बचाउ अभियानमा आफूहरुलाई मोरङको विराटनगर, जहदा, कटहरी धनपाल पालिकाहरु बाट खबर आएको खण्डमा राहत वितरण गर्ने योजना गरेको सहकार्य संस्थाका अध्यक्ष पृतम राजवंशीले बताए ।
Post Views: 41