जुगेश दास
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका-६ साहेवगञ्ज नाकाबाट स्रोत नखुलेको १४ लाख २५ हजार रकमसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँका रोशनकुमार शाह र विनोद शाह रहेका छन् ।
सोमबार बिहान ११ बजे साहेवगञ्जस्थित बूढी खोलाको पुलमा साहेबगञ्ज बिओपीबाट सशस्त्र प्रहरी निरीक्षक मनोज विष्टको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई प्र ०१–०२०४० प ५४९९ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको हो ।
मोटरसाइकलमा विराटनगरतर्फ जाँदै गरेका उनीहरूमाथि शंका लागेर चेकजाँच गर्दा स्रोत नखुलेको रकम भेटिएपछि पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरीका प्रमुख एसपी माधवप्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार पक्राउ परेका दुवैलाई कोशी व्यारेज भन्सारमा बुझाइसकेको र थप अनुसन्धान भइरहेकाे छ ।
Post Views: 18