जुगेश दास । सुनसरीको इनरुवामा हालै संचालनमा आएको कोभिड अस्पतालमा संक्रमित विरामीको सफल उपचार हुन थालिएको छ । सोमबार सम्ममा जम्मा ६ जना भर्ना भएकोमा १ जना कोरोना संक्रमितको सफल उपचार पछि घर फर्केका छन भने ५ जना कोभिड विरामी उपचारार्थ छन् ।
बिरामी आउनेको क्रम बढे पनि विरामीलाई स्क्रीनिङ्गको आधारमा जाँच गरी भर्ना हुने वा घरमै आइशोलेसन बसी उपचार हुने भन्ने एकिन गरी अनि मात्र भर्ना लिने गरिएको इनरुवा अस्पतालका निमित्त प्रमुख लोकेन्द्र आचार्यले जानकारी दिए ।
आचार्यका अनुसार कोभिड अस्पतालमा उपचारका लागि भर्ना भएका ५ जना मध्ये १ जना निको हुँदा २ जनालाई रेफर गरिएको छ । थप चिकित्सकीय परामर्श सहितको उपचारका लागि उनीहरुलाई परिवारको स्वेच्छाले रेफर दिइएको आचार्यले बताए ।
बाँकी तीन जनाको अवस्था भने क्रमै सँग सुधार हुँदै गएको र तिनीहरु पनि चाँडै निको भई घर फर्किने समेत जानकारी दिए ।
शहर आसपासका विभिन्न अस्पतालबाट कोभिड संक्रमित विरामीहरुले चर्काे रकम खर्चेर भएपनि आफ्नो विरामीको स्वास्थ्यमा सुधार नआएपछि इनरुवाको कोभिड अस्पतालमा उपचारको लागि ल्याइएको समेत विरामीका आफन्तले बताए ।
विश्वव्यापी रुपमा फैलिएको कोरोनाले गर्दा अकालमै मृत्यु हुनेको संख्यामा वृद्धि भएपछि प्रदेश सरकार र इनरुवा नगरपालिकाको सहयोगमा सञ्चालनमा आएको यस कोभिड सम्बन्धी लक्षय देखा परे तुरुन्त स्वास्थ्य संस्थामा गई उपचार गराउने र थप उपचारको आवश्यक परे यसै कोभिड –१९ उपचार केन्द्र इनरुवा अस्पतालमा भर्नाका हुनका लागि आउने समेत आचार्यले आग्रह गरे ।
आचार्यका अनुसार अब केही दिनमा नै आईसियु तथा भेन्टिलेटर समेत जडान गरी थप स्वास्थ्य सेवालाई प्रभावकाकारी ढंगले लैजाने छौ भन्ने समेत जानकारी दिए ।
यस विषम परिस्थितीमा विभिन्न संघ संस्था, प्रदेश तथा स्थानीय तहले गरेको सहयोग सहारनीय भएको भन्दै स्वास्थ्य सामाग्री प्रदान गरिएकोमा अभार प्रकट गरेका छन् । यसरी नै अगामी दिनमा पनि सल्लाह सहयोग र सदभाव कायम रहोस भन्ने समेत व्यक्त गरे ।
Post Views: 14