नेपालमा विद्युतीय सवारी साधन विषयक अन्तरक्रिया कार्यक्रम

नेपालमा विद्युतीय सवारी साधन विषयक अन्तरक्रिया कार्यक्रम

 राष्ट्रिय डेली

काठमाडौं, २६ जेठ । विद्युतीय सवारी साधनमा सरकारी नीति र आगामी सम्भावना विषयमा विश्व वातावरण दिवस (जुन ५) को अवसरमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । विश्वमा वातावरण संरक्षण आफैमा जटिल बन्दै गएको परिवेशमा नेपाल अटो डटकमले नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) सँगको सहकार्यमा जुममार्फत गरेको उक्त भर्चुअल अन्तरक्रिया कार्यक्रममा विद्युतीय सवारी साधन प्रवद्र्धन र यसका लागि विभिन्न चुनौतीहरूको बारेमा विशेष रुपमा महत्वपूर्ण विषयमा छलफल गरेको थियो ।

कार्यक्रममा यातायात व्यवस्था विभागका प्राविधिकतर्फका निर्देशक रामचन्द्र पौडेलले विद्युतीय सवारी साधन सम्बन्धमा सरकारले लिएको नयाँ नीति र पहिले देखि नै सञ्चालनमा रहेका विभिन्न नीति तथा कार्यक्रमको वारेमा बिस्तृत रुपम जानकारी दिएका थिए । अटोमोबाइलको अन्तर्राष्ट्रिय संस्था एफआईएको इन्भाइरोमेन्ट एन्ड सस्टेनेबल कमिसनका सदस्य गोविन्द भट्टराईले आगामी सन् २०३० देखि मोटर स्पोट्र्स समेत इलेक्ट्रिक तर्फ हुने तयारी भएको बताउदै तत्काल नभए पनि भविष्य भने इलेक्ट्रिक भेइकल नै भएको कुरा व्यक्त गरेका थिए ।

विषेश गरी नाडाको विद्युतीय सवारी साधन समितिका सभापति ध्रुव थापाले अटोमोबाइल व्यवसायीहरुका लागि इलेक्ट्रिक भेइकल व्यवसायीक महत्वपूर्ण अवसर भए पनि यसतर्फ सरकारको अस्थिर नीतिले अप्ठ्यारो बनाएको कुरा व्यक्त गरेका छ्न । हालको अवस्थामा व्यवसायीहरु उत्साहित भए पनि गुणस्तरीय सवारी साधन आयात गर्न र आगामी दिनमा नेपालमै यस्ता सवारी साधन उत्पादन गर्न समेत प्रोत्साहन गर्नु पर्ने कुरामा जोड दिएका छ्न । नेपाल न्यु इनर्जी भेइकल एसोसिएसन (नेभा) का अध्यक्ष नवराज पौडेलले प्रशस्तै राजस्व सरकारले पेट्रोलियम सवारी साधनबाट उठाएको भए पनि यसले निम्त्याएको प्रदूषणले घाटा पुगेको बताए । नेपालमा प्रशस्तै विद्युत उत्पादन भइरहेको सन्दर्भ प्रस्तुत गर्दै पौडेलले यसका लागि आवश्यक सकारात्मक नीति सरकारले ल्याउन र कार्यान्वयन गर्न सकेमा व्यवसायीहरु पनि त्यसै अनुसार उत्साहित भएर अगाडि बढ्ने कुरामा जोड दिएका छ्न ।

इलेक्ट्रिक गाडी विशेषज्ञ अशोक पंगेनीले यस्ता गाडीको ब्याट्रीलाई उपयुक्त तरिकाले चार्ज गर्दा लाइफ बढाउन सकिने र रिसेल भ्याल्यु समेत बढ्ने बताए । ब्याट्रीको मूल्य समेत लगातार रुपमा घटिरहेको र टेस्ला लगायतका विभिन्न कम्पनीहरुले उत्पादन बढाउने तयारी गरिरहेकाले भविष्यमा यस्ता गाडी अझै कम मूल्यमा उपलब्ध हुने बताए इन्स्टिच्युट अफ अटोमोटिभ इन्जिनियर्स (आईएई) नेपालका अध्यक्ष सुशील तण्डुकारले अहिलेको अवस्थामा इलेक्ट्रिक सवारी साधन मर्मतका लागि डेडिकेटेड वर्कसपको व्यवस्था प्रतिष्ठित कम्पनीहरुले समेत नगरेको र तालिम प्राप्त मेकानिक्स समेत नभएको बताए । यस्ता कुराहरुमा सुधार गर्न सबै लागि पर्नु पर्ने कुरा व्यक्त गरेका छ्न ।

कार्यक्रममा नासाका सदस्य दिप्रश शाक्यले इलेक्ट्रिक गाडीको प्रयोग बढ्दै जादा भविष्यमा नेपालमा समेत इलेक्ट्रिक मोटर स्पोट्र्सको समेत विकास गर्न सकिने र वातावरण प्रदुषण नियन्त्रणमा महत्वपूर्ण योगदान पुग्ने धारणा अगाडी सारेका थिए । त्यसै गरी शाक्यका अनुसार ई–रेसिङको गन्तव्यका रुपमा नेपाललाई प्रयोग गर्न सकिने जस्ले नेपाललाइ महत्वपूर्ण गन्तव्यको रुपमा परिचित गराउने कुरा व्यक्त गरेका थिए । मुस्ताङमा हुने भनिएको एक्स्ट्रिम ई–कार रेसिङ कोभिडको कारणले स्थगित भएको थियो । रेसिङका यस्ता गन्तब्यहरु नेपालका लागि महत्वपूर्ण अवसर हुने र विधुतीय सवारी साधनको दिगो विकासमा समेत टेवा पुग्ने कुरा व्यक्त गरेका छन ।

समग्रमा सो अन्तरक्रियामा नेपालमा विद्युतीय सवारी साधनको अवस्था, यसको प्रवद्र्धनका लागि गरिनु पर्ने आावश्यक कार्य, सवारी साधनको प्राविधिक पक्ष, विश्वमा विद्युतीय सवारी साधनको अवस्था र यसले वातावरणमा पार्ने सकारात्मक प्रभावका वारेमा छलफल गरिएको थियो । नेपाल अटोको फेसबुक पेजमा समेत लाइभ प्रसारण गरिएको कार्यक्रममा वक्ताहरुले सहभागीहरुका विभिन्न जिज्ञासाहरुको समेत सम्बोधन गरेका थिए ।

नासा उपाध्यक्ष सिताराम न्यौपानेको सभापतित्वमा भएको सो अन्तरक्रियामा अर्का उपाध्यक्ष अनिल बरालले मोडरेटरको भूमिका निभाएका थिए । अन्तरक्रियाको संयोजन नेपाल अटोका सल्लाहकार सम्पादक एकराज सुवेदीले गरेका थिए भने प्राविधिक संयोजन इन्जिनियर प्रवेश पौडेलले गरेका थिए । आगामी दिनमा विधुतीय सावारी साधनको प्रयोग र दिगो विकास तर्फ सबैको महत्वपूर्ण योगदानका लागी यस्ता कार्यक्रमको महत्वपूर्ण भूमिका रहने कुरा आयोजकले जानकारी दिएको छ ।

adv-single
सम्बन्धित समाचार

बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा बाँदर धपाउनका लागि भरूवा बन्दुक पड्काउँदा बारूदको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका-४, सिबुवाका ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति साढे १०...

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको...

झापामा सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा) । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा...

टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस सार्वजनिक, कति छ मूल्य ?

विराटनगर । टीभीएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युबजस्ता उत्कृष्ट...

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुई जनाको मृत्यु, ६ घाइते

वासिङ्टन । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको स्थानीय प्रहरीले बताएको छ । घटनास्थलमा दुई जना मृत फेला परेको र घाइते छमध्ये एक...

नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै कतारका अमिर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने भएका छन् । भ्रमणका अवसरमा उनले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता...

अर्घाखाँचीमा आगलागी हुँदा ४३ घर–गोठ जलेर नष्ट

अर्घाखाँची । अर्घाखाँचीका विभिन्न स्थानमा शनिबार भएको आगलागीका कारण ४३ घर–गोठ जलेर नष्ट भएका छन् । आगलागीका कारण २० वटा घर, २३ गोठ, ११ बाख्रा र छ भैंसी चलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक...

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्नै हुन्छ : प्रधानमन्त्री

सुदूरपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताएका छन् । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम...

कोशी, मधेस र लु्म्बिनी प्रदेशका तराई क्षेत्रमा हुरीबतासको चेतावनी

काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको...

मनास्लु हिमालमा हिमपहिरो, बूढीगण्डकी नदी आसपासका क्षेत्रमा उच्च जोखिम

गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१, सामागाउँ पर्ने मनास्लु हिमालमा आज बिहान ठूलो हिमपहिरो खसेको छ । मनास्लु हिमालको काखमा रहेको वीरेन्द्र ताल नजिकै हिमपहिरो खसेको सामागाउँका दिजेन लामाले जानकारी दिए । पहिरो वीरेन्द्र तालमा...

गण्डकीमा चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन् । उनले विनाविभागीय मन्त्रीद्धय हरिबहादुर चुमान र राजीव गुरूङ (दीपक मनाङे) लाई आज जिम्मेवारी तोकेका हुन् । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेतासमेत रहेका...

सगरमाथा आरोहण उत्साहजनक : उठ्यो ५० करोड बढी राजस्व

काठमाडौँ । वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट ५० करोड रूपैयाँ भन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट ५० करोड...