विराटनगर, २९ जेठ । नेपालले अष्ट्रेलियाविरुद्ध वीर गोर्खाली जस्तै प्रर्दशन गरेको नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीले बताएका छन् ।
मुख्य प्रशिक्षक अलमुताईरीले हिँजो विश्वकप तथा एसियन कप छनोट चरणको अन्तिम खेलमा अष्ट्रेलियासंग ३-० ले पराजित भएपछि आफ्ना खेलाडीको प्रशंसा गरेका हुन् । उनले नेपाली खेलाडीले वीर गोर्खालीले जस्तै मैदानमा प्रर्दशन गरेको दाबी गरे ।
अलमुताईरीले,‘हामीले विर गोर्खालीले मैदानमा विरपुर्वक लडे झैँ खेल्यौं । १० खेलाडीमा सिमित बनेपनि केही फरक परेन । खेलाडीले हर सेकेन्ड मेहेनत गरेर खेले ।’ खेलपछि भने ।
हिँजोको उक्त खेलको पहिलो हाफको अन्तिम मिनेटमा डिफेन्डर रोहित चन्द रातो कार्ड खादै मैदान बाहिरिएपछि नेपाल १० खेलाडीमा सिमित बनेको थियो । उक्त समयमा नेपाल २-० ले पछि थियो । दोस्रो हाफमा नेपालले अष्ट्रेलियासंग थप एक गोल ब्यहोर्यो ।
युवा खेलाडी आयुष घलान, कमल थापा र सुरज जिउ थकुरीलाई उक्त खेलमार्फत नै मुख्य प्रशिक्षक अलमुताईरीले राष्ट्रिय टिमबाट डेब्यु गराएका थिए ।
अब्दुल्लाहका अनुसार नेपाली टिमले आफ्नो उत्कृष्ट दिएको थियो । टिमले काउन्टरमा खेल्ने प्रयास गरेको, रक्षात्मक खेल्ने प्रयासनै नगरेकोे उनले बताए । अष्ट्रेलियाले नेपाललाई सम्मान गरेर प्रर्दशन गरेको समेत प्रशिक्षक अब्दुल्लाहले बताए ।
उता अष्ट्रेलियन प्रशिक्षक ग्राहम अर्नोल्डले नेपालको चुनौती दिने मानसिकताको खुलेर प्रशंसा गरेका छन् । ‘उनीहरुले एक पछि अर्को गर्दै चुनौती दिए । उनीहरु दौडिन रोकिएनन् । तर हामी निश्चित काम गर्न यहाँ आएका छौं । त्यो पुरा भएको छैन ।’ अष्ट्रेलियन प्रशिक्षकले बताए ।
Post Views: 47