एसइईको रिजल्ट साउन १५ भित्र

एसइईको रिजल्ट साउन १५ भित्र

 राष्ट्रिय डेली

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको परीक्षाफलसम्बन्धी सम्पूर्ण कार्य आगामी साउन १५ भित्र पूरा गर्ने भएको छ । विद्यालयले गरेको विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन, जिल्ला समन्वय एकाइमा त्यसको अभिलेख तथा बोर्डबाट आवश्यक सबै कार्य पूरा गरेर साउन १५ भित्र विद्यार्थीको हातमा नतिजा दिने तयारी बोर्डले गरेको छ ।

बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले एसईईको नतिजा साउन मध्यसम्म बोर्डले दिने र भदौबाट विद्यार्थीको नयाँ कक्षाको पठनपाठन सुरु हुने जानकारी दिए । त्यसका लागि बोर्डले विद्यार्थीको मूल्याङ्नका लागि आवश्यक पर्ने कार्यविधि आइतबार पारित गरेको छ । त्यसलाई सोमबारसम्म सार्वजनिक गर्ने तयारी छ । त्यसपछि सोही कार्यविधिका आधारमा विद्यालयबाट विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन हुनेछ ।

विद्यालयको समयसीमा असार २०

बोर्डले असार २० भित्र विद्यार्थीको आन्तरिक मूल्याङ्कनका सबै कार्य पूरा गर्नुपर्ने समयसीमा दिएको छ । विद्यालयले २० गतेभित्र जिल्ला समन्वय एकाइमा विद्यार्थीको अन्तिम सबै अभिलेख बुझाउनुपर्ने समयसीमा निर्धारण गरिएको जानकारी अध्यक्ष पौडेलले दिए ।

त्यसपछि असार मसान्तभित्र समन्वय समितिले जिल्लाका सबै विद्यार्थीको अभिलेख रुजु गरी राष्ट्रिय परीक्षा बोर्डमा पठाउनुपर्ने छ । सबै जिल्लाबाट अभिलेख निर्धारित समयमा आएपछि १५ दिनभित्र अन्तिम नतिजा प्रकाशन गर्न सकिने उनले बताए ।

विद्यालयले विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन गरे पनि विद्यार्थीको नतिजा प्रकाशन, प्रमाणपत्र जारीलगायतको काम राष्ट्रिय परीक्षा बोर्डले नै गर्ने छ ।

मूल्याङ्कन समितिमा पाँच जना

बोर्डले यस पटक विद्यार्थीको आन्तरिक मूल्याङ्कनलाई केही फरक गर्दै मुख्य विषय शिक्षकहरूलाई जिम्मेवार बनाएको छ । सोअनुसार विद्यार्थीको अन्तिम मूल्याङ्कन गर्न विद्यालयमा पाँच सदस्यीय समिति बनाइने छ । समितिमा विद्यालयका प्रधानाध्यापक, वरिष्ठ शिक्षक, अङ्ग्रेजी, गणित र विज्ञान शिक्षक गरी पाँच जनाको मूल्याङ्कन समितिबाट विद्यार्थीको अन्तिम मूल्याङ्कन प्रमाणित गरिने छ ।

गत वर्ष पनि विद्यार्थीको मूल्याङ्कनका लागि समिति बनाउने प्रावधान भए पनि सबै काम प्रधानाध्यापक एक्लैले गरेको गुनासो आएपछि यस पटक पाँच जनाको अनिवार्य हस्ताक्षरमा मात्र नतिजाको अन्तिम मूल्याङ्कन हुने कार्यविधि बोर्डले बनाएको छ ।

बोर्डका अध्यक्ष पौडेलले पाँच जनाको हस्ताक्षरमा विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कन नआए त्यसले मान्यता नपाउने र त्यो विद्यालयमै फिर्ता पठाइने जानकारी दिनुभयो । गत वर्षको आन्तरिक मूल्याङ्कनमा देखिएको त्रुटि कम गर्न यस पटक आन्तरिक सन्तुलनसहितको मोडालिटी बनाइएको छ । यसबाट विद्यालयमा प्रधानाध्यापकले आफूखुसी अङ्क दिने परिपाटीमा सुधार आउने र वास्तविक मूल्याङ्कनमा सहयोग पुग्ने जनाइएको छ ।

अधिक मूल्याङ्कन गरिए फिर्ता

बोर्डले विद्यार्थीको पहिलो, दोस्रो र अन्तिम परीक्षालाई कसरी आधार मानेर अङ्क दिने भन्नेसमेत स्पष्ट प्रावधान बनाइदिएको छ । विद्यार्थीको अत्यधिक मूल्याङ्कन गरिएको गत वर्षको गुनासो कम गर्न बोर्डले यस पटक धेरै मूल्याङ्कन गरिए कारण खोल्नुपर्ने प्रावधान राखेको छ । त्यसमा सहमत हुन नसकिएको अवस्थामा त्यो मूल्याङ्कनलाई फिर्ता गर्न सकिने प्रावधान परीक्षासम्बन्धी कार्यविधिमा राखिएको छ ।

विद्यालय तथा जिल्ला समन्वय एकाइले निर्धारित समयमा काम पूरा गर्ने विश्वास व्यक्त गर्दै बोर्डका अध्यक्ष पौडेलले विद्यार्थीको समय खेर जान दिन नहुने बताए । विगतमा पनि साउन मध्यबाट कक्षा ११ को पठनपाठन सुरु गर्ने गरिएकोमा यस पटक दुई साताको हाराहारीमा मात्र विलम्ब हुने अवस्था देखिएको उनको भनाइ छ ।

सरकारले असार १ बाट विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको र शिक्षकहरू विद्यालयकै सम्पर्कमा हुने भएका कारण एसईईका विद्यार्थीको आन्तरिक मूल्याङ्कनलगायतका सबै काम निर्धारित समयमै हुने बोर्डको अपेक्षा छ ।

adv-single
सम्बन्धित समाचार

प्रकाशमानले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली चीन प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान श्रेष्ठलाई दिइएको छ। सोमबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिइएको जनाएको हो। यसअघि...

उपनिर्वाचन :मतगणना अन्तिम चरणमा, कुन दलले कहाँ जिते ?

विराटनगर । स्थानीय तह उपनिर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले १५ वडामा वडाध्यक्ष पदमा निर्वाचित भएको छ। एमालेले एक अध्यक्ष र एक उपाध्यक्षसहित ५ वटा वडामा वडाध्यक्ष जितेको छ। यसैगरी माओवादीले...

मोरङको ग्रामथाममा  नमोनारायण माझी विजयी

  विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारायण माझी निर्वाचित भएका छन्। माझीले ६९६९ मत ल्याएर विजयी हुँदा कांग्रेसका बलराम सरदार थारू ५३३३ मतसहित दोस्रो भए। यसअघि कांग्रेसले जितेको यो गाउँपालिकामा...

१ हजार २ सयले घट्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा सोमबार पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबार तोलामा १ लाख ५० हजार ५ सयमा कारोबार...

भेडेटारमा भिजी कलेजको एक दिने अभिमुखीकरण सम्पन्न

  विराटनगर । विराटनगर – ११ मा रहेको भिजी कलेजले बिबिए ,बिएसी र सिएसआइटीको नयाँ सत्रमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजले कोशी प्रदेशको पर्यटकीय स्थल भेडेटारमा नयाँ संकायमा भर्ना भएका...

अर्किड कलेजलेद्वारा विज्ञान विषयका विद्यार्थीहरुलाई अवलोकन

  विराटनगर । विराटनगरको अर्किड कलेजले कक्षा ११ का विज्ञान तर्फका विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराएको छ । कलेजले कक्षा ११ मा विज्ञान विषयमा बायोलोजी अध्ययन गर्ने  २५० भन्दा बढि विद्यार्थीहरुलाई लेटाङको राजारानीमा अवलोकन भ्रमण गराएको...

शेयर बजारमा दोहोरो अंकले वृद्धि, बढ्यो कारोबार रकम

  विराटनगर । मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ३३.४१ अंकले बढेर २,७१६ बिन्दुमा कायम भएको छ । शेयर बजारमा २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य...

मूल्य घटेपछि सुनको माग बढ्यो

विराटनगर । सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ। सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ। सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु...

इजरायली राजदूत पुगे सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय

  विराटनगर। । नेपालका लागि इजरायलका राजदूत शुमलिक एरी बासले सोमवार सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय पुगेका छन्। इजरायल र नेपालबीचको ६४ वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई अझ दिगो बनाउने तथा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाप्रति सम्मान प्रकट गर्न...

ग्रामथानमा कांग्रेस‚ एमाले र माओवादीबीच नै प्रतिस्पर्धा हुने

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका यतीबेला चुनाव लागेको छ। नेता कार्याकर्ताहरु घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन् । एक स्वतन्त्र र १५ राजनितिक दलका अध्यक्ष पदका उम्मेदवार मतदाताहरुसँग मत माग्दै घर घर हिँडिरहेका छन् । ग्रामथान गाउँपालीकामा...

बाघको छालासहित एकजना पक्राउ

  विराटनगर । वडा प्रहरी कार्यालय चन्द्रौटाले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ। शिवराज नगरपालिका वडा नं—२, हल्लानगरस्थित करुणा रेष्टुरेन्ट एण्ड लजमा कारोबार हुँदै गरेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको सादा...

ग्रामथानमा कांग्रेस जिताउन पुर्वमन्त्री देखी केन्द्रीय नेता मत माग्दै

  विराटनगर । ग्रामथान गाउँपालीकामा नेपाली कांग्रेसका उम्मेदवार बलराम सरदारलाई जिताउन पुर्वमन्त्री सहित केन्द्रीय नेताहरु एक भएका छन् । नेपाली कांग्रेसका मोरंङ सभापती तथा पुर्व युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बु, पुर्व अर्थमन्त्री महेश...