विराटनगर । आज विश्व रक्तदाता दिवस । नेपालमा पनि रक्तदानलगायतका विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस वर्ष सेवाले रक्तदान गरौँ र संसारलाई चलायमान बनाऔँ’ भन्ने नाराका साथ मनाइएको छ ।
यसै अवसरमा कोरोनाको विषम परिस्थिति वाबझुत पनि विराटनगरमा रगत ब्यवस्थापनका निमित्त ६ जना युवा मिलेर खोलेको ब्लड फर लाइफ नामक संस्थाले घरैबाट दीप प्रज्वलन गरी रक्तदाता दिवस मनाएको छ । उक्त संस्थाले रक्तदान गरी जीवन बचाउन महत्त्वपूर्ण भूमिका खेल्ने जीवनरक्षक रक्तदाताहरुको सम्मान साथै हौसलाका निमित्त संस्थाका सम्पूर्ण ब्यक्तिलगायत देशैभरिका युवाहरुलाइ आव्हान गरी घरैबाट दीप प्रज्वलन गरेर मनाएको हो ।
पछिल्लो समय दैनिक ५ देखि १० वटासम्म रगतको ब्यवस्थापनमा जुटिरहेको यस सस्थाले डेढ महिना मै १०० भन्दा बढी डोनेसन कार्यक्रम सम्पन्न गरिसकेको छ । अहिले यो समूहले अन्य ५ युवाहरु संस्थामा सदस्यता दिँदै दैनिक रुपमा विराटनगरका हरेक हस्पिटलमा हुने रगत अभावमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ ।
रगतको महत्व बुझाउँदै आवश्यकताबारे जनचेतना फैलाउन र मानव जीवन बचाउने रक्तदाताहरुको योगदानप्रति कृतज्ञता स्वरुप एक नायक अभियानका रुपमा यो दिवस मनाउने गरेको सस्थापक सदस्य अभिषेक गौतमले जानकारी दिए ।