साताको साहित्य : तिलक थापाका तीन कविता

साताको साहित्य : तिलक थापाका तीन कविता

 राष्ट्रिय डेली

भोजपुरको अरुण गाउँपालिकामा रहेर साहित्य लेखनको क्षेत्रमा सक्रिय तिलक थापा एक उदाउँदा कवि हुन् । थापा विशेष गरेर कविता लेखन क्षेत्रमा सक्रिय छन् । उनि साहित्य लेखनसँगै कलाकारीता क्षेत्रमा समेत सक्रिय रुपमा लागिपरेका छन् ।

उनले मादलको खरी टेलि श्रृङ्खला साथै विभिन्न म्युजिक भिडियोमा समेत अभिनय गरिसकेका छन् भने दर्जन बढी सडक नाटक मञ्चन गरिसकेका छन् । उनले पछिल्लो समय कविता संग्रह प्रकाशनको तयारी गरिरहेका छन् ।

समसामयीक विषयवस्तुलाई कविता मार्फत प्रस्तुत गर्ने उनै थापाका तीन कविता साताको साहित्यमा प्रस्तुत गरेका छौँ ।

तिलक थापा

………………
सडक बालक


सहनु छ दुनियाँको घृणा र तिरस्कार
न थाहा छ आमा बाबु न छ आफ्नो कोही
भन्छन् सबैले चस्स बिझ्ने गरी
खाते, ‘सडक बालक !’

खै कसले फ्याँक्यो हामीलाई सडकमा
बस्नुपर्यो खुम्च्याएर मनका सबै रहर
फोहोर, हिलो, धुलोसँग लुकामारी खेल्दाखेल्दै
भयो जीवन अन्धकार
भन्छन् सबैले चस्स बिझ्ने गरी
खाते, ‘सडक बालक !’

हामीजस्तै सानासाना बालक
आफन्तका हात समातेर हिँडेको देख्दा
हामीलाई गिज्याउँदै सुकिलो र रङ्गीचङ्गी लाएको देख्दा
पिरोल्न थाल्छ हामीलाई पनि आफन्तको यादले
अनि धड्किन्छ मुटु ढुकढुक
तर, भन्छन् सबैले चस्स बिझ्ने गरी
खाते, ‘सडक बालक !’

न त हुन्छ नाम, थर
न त हुन्छ बस्ने घर
आकाशको छानो धर्ती भयो ओछ्यान
हामी पनि मानव हौं
मानिसको सहारामा
कसैको घरको पेटीमा बस्न मन लाग्छ
तर घर मालिकले देख्छन् अनि भन्छन
हट् पर जा, ‘कहाँबाट आएछ यो ?’
भन्छन् सबैले चस्स बिझ्ने गरी
खाते, ‘सडक बालक !’

हामीलाई नि मन लाग्छ पढ्न अनि लेख्न
हामीलाई नि मन हुन्छ साथीसँग खेल्न
तर कसैले जान्दैन हामीसँग राम्रो शब्द बोल्न
पशुलाई जस्तै हामीलाई छ पीडा
सबले गर्छन् छिःछिः दुर्दुर सबले गर्छन् घृणा
भन्छन् सबैले चस्स बिझ्ने गरी
खाते, ‘सडक बालक !’

हे ईश्वर !
हामीलाई पनि सरकारले नजर लाए हुन्थ्यो
अरू जस्तै हामी पनि सम्मानपूर्वक बाँच्न पाए हुन्थ्यो
यदि त्यस्तो भयो भने,
अरूजस्तै हामी पनि हुन्थ्यौं सफा सुन्दर
अरूकोझैं हाम्रो पनि हुन्थ्यो राम्रो संसार
तर,
भन्छन् सबैले चस्स बिझ्ने गरी
खाते, ‘सडक बालक !’
………………..
परदेशी

मिल्दैन आफ्नै देशमा रोजगारी
बल्न छोड्यो बिहान बेलुकी छाक टार्ने चुल्हो
आवाज पस्न थाल्यो कानमा
साहुको नराम्रा शब्दहरू
चल्न छाड्यो गृहस्थ जीवन सहजै
अनि बाध्य भई बन्न पुग्यो परदेशी

मन छैन मातृभूमि छोड्न
मन छैन पस्न बिरानो मुलुकतिर
मातापिता, परिवार, आफन्त, साथी
समाज, समुदाय, आफ्नो जन्मभूमि
मन छैन चटक्कै छाड्न
तर बेरोजगारीले बनाइदियो बन्नै पर्ने परदेशी

ढुङ्गा जस्तो मन बनाएर दुखी बन्दै
बाध्यताको माला पहिरिएर बन्दै छ परदेशी
पाइला चाल्न थाल्छ
अनि देख्न थाल्छ रङ्गिन सपना
कयौं खुसीका सिंढी चड्ने
परिवारमा मुस्कान भर्ने
आर्जन गर्ने चाहे जति धन
पुरा गर्ने मनका रहर
यही सोच्दै बन्दै छ ऊ परदेशी

कसैको पूरा भयो सपना
कोही नक्कली कागजात र दलालको फन्दामा पर्न पुगे
कति बेपत्ता हुन पुगे
सफल हुनेहरूले ठुलै जोखिम र
कष्टका साथ कमाउने छ बल्ल
अनि देश चलाउन तिर्नुपर्ने राजश्व
बाँकी रहेकोमा चित्त बुझाएर
बस्नुपर्ने परदेशी

रङ्गिन सपना बोकेर परदेश पसेका
कति निर्दाेष सहिद बने पराइ भूमिमा
कति कैदी भए पराइको जेलमा
कति यातनाको सिकार बने
कति फर्के स्वास विहिन कैदी बनी बाकसमा

हे सरकार ! अब खोजी गरौं स्वदेशमा
रोजगारका बाटाहरू
बिदेशमा सबै किसिमका विकास
गर्ने ती परदेशीका हातहरूले
हाम्रो देश सुन्दर बन्छ
यही देश फूलाऔं यही देश निर्माण गरौं
आफ्नै देश बनाउँ
नबनौँ परदेशी !
………………
खै कहाँ छ न्याय ?

उता न्यायका चालकहरू
कुनै मन्दिरको पूजारीझैं शिर झुकाएर
गरिरहेछन् शक्तिको पूजा !
यता अपराधले नाघिसकेको छ सिमा
कतै हत्या त कतै बलात्कार
कतै हिंसा त कतै एसिड प्रहार
र त न्याय सुतिरहेको छ लम्पसार
चुपचाप…चुपचाप…!

खै कहाँ छ न्याय ?

न्यायका लागि मच्चाइन्छन् बन्द, हड्ताल र कोलाहल
जलाइन्छन् न्यायकै खातिर अखबारका पानाहरू
बारम्बार,
लगाइन्छन् नारा न्यायकै लागि
निकालिन्छन् जुलुस न्यायकै लागि
तर न्याय सुतिरहेको छ लम्पसार
चुपचाप…चुपचाप…!

तर, मेरो सरकार
दरबारको आँखिझ्यालबाट
अर्ध निद्रामा चियाउँछ बाहिरको संसार
र भन्छ – हामी न्याय र समृद्धिको यात्रामा छौं
खै कहाँ छ अन्याय ?
म त सबै हाँसेकै देख्छु
म त सबै नाचेकै देख्छु
खै कहाँ छ अन्याय ?

अधिकारकर्मीहरू सडकमा उत्रीएर
न्यायकै खोजीमा बाल्छन् दिनदहाडै राँकेजुलुस
तर जति बाले पनि राँको
कैल्यै भेटिएन न्यायको उज्यालो
सत्ताको कुर्सिमा
सहमतिमै आउँछन् शासकहरु आलो–पालो
तर कहिल्यै कसैले छर्न सकेनन्
पीडितका आँखामा न्यायको उज्यालो
र त भन्न मन लाग्छ–
खै कहाँ छ न्याय ?

उत्तर सहज छ,
न्याय यसरी सुतिरहेको छ– चुपचाप अनि लम्पसार
जसरी सुतिरहेको छ – यो देशको सरकार पनि !

adv-single
सम्बन्धित समाचार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।...

झापामा बोलेरोको ठक्करबाट एकै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

दमक (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-झिलझिले खण्डमा आज बिहान बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका-४ का तीन जनाको मृत्यु भएको छ । आज बिहान बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई,...

कतारका राजाको ऐतिहासिक नेपाल भ्रमण कति उपलब्धिमूलक ?

विराटनगर । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका...

बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा बाँदर धपाउनका लागि भरूवा बन्दुक पड्काउँदा बारूदको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका-४, सिबुवाका ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति साढे १०...

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको...

झापामा सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा) । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा...

टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस सार्वजनिक, कति छ मूल्य ?

विराटनगर । टीभीएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युबजस्ता उत्कृष्ट...

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुई जनाको मृत्यु, ६ घाइते

वासिङ्टन । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको स्थानीय प्रहरीले बताएको छ । घटनास्थलमा दुई जना मृत फेला परेको र घाइते छमध्ये एक...

नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै कतारका अमिर

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण गर्ने भएका छन् । भ्रमणका अवसरमा उनले राष्ट्रपति पौडेलसँग शितल निवासमा भेटवार्ता...

अर्घाखाँचीमा आगलागी हुँदा ४३ घर–गोठ जलेर नष्ट

अर्घाखाँची । अर्घाखाँचीका विभिन्न स्थानमा शनिबार भएको आगलागीका कारण ४३ घर–गोठ जलेर नष्ट भएका छन् । आगलागीका कारण २० वटा घर, २३ गोठ, ११ बाख्रा र छ भैंसी चलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक...

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्नै हुन्छ : प्रधानमन्त्री

सुदूरपश्चिम । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट परम्परागतभन्दा भिन्न ढङ्गले ल्याउन लागेको बताएका छन् । आज धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले नीति तथा कार्यक्रम...

कोशी, मधेस र लु्म्बिनी प्रदेशका तराई क्षेत्रमा हुरीबतासको चेतावनी

काठमाडौँ । हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको...