बेलबारी बाख्रा प्रकरण : नगरपालिकाले सुटुक्क तिर्यो गोप्य रूपमा ‘डिनर मिटिङ’ गरेको बिल !
बुधबार, १६ असार, २०७८,
राष्ट्रिय डेली
बेलबारी । मोरङको बेलबारी नगरपालिकाले बाख्रा किन्ने ठेक्का पाएको ग्रो अर्गानिक कृषि प्रालि सङ्खुवासभासँगको गोप्य रूपमा ‘डिनर मिटिङ’ गरेको बिल तिरेको छ । फुल ब्लड बोयर भन्दै क्रस बोयर बाख्रा खरिद गरी अनियमितता प्रकरणमा मुछिएको बेलबारी नगरपालिकाले असार ८ गते दोलखाको मिराकल भ्यु रिसोर्ट प्रालिलाई नगरपालिकाको टोली र ठेकेदार प्रतिनिधिबीच भएको ‘डिनर मिटिङ’को बिल भुक्तान गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहका अनुसार बिल आएको चार दिनभित्रै बैङ्क अकाउन्टमा उक्त रकम दाखिला गरिएको हो । मिटिङमा उठेको बिल ७० हजार ६० रुपैयाँ तिरिएको अधिकृत साहले भने । ‘असार ४ गते बिल आएको थियो’, उनले भने, ‘वास्तवमा यो बिल ठेकेदार कम्पनीले तिर्ने शर्त थियो तर हामीले धरौटी रकम जफत गरेपछि हामीलाई फसाउन बिल सार्वजनिक गरिएको रहेछ । त्यसैले हाम्रो नीति तथा कार्यक्रमअन्तर्गत गरिएको भ्रमणबाट यो रकम तिरेका हौँ ।’
गत चैत १६ गते नगरपालिकाले विद्युतीय खरिद प्रणालीअनुसार सूचना जारी अस्ट्रेलियन बोयर जातको बाख्रा खरिद गर्न टेन्डर आह्वान गरेको थियो । जसमा सङ्खुवासभाको ग्रो अर्गानिक कृषि फर्मले बिड गरेको थियो । त्यसको केही दिनपछि नगरप्रमुख ज्ञानेन्द्र सुवेदीसहित २० जनाको टिम भ्रमणमा दोलखाको मिराकल होटल पुगेको थियो । तर टेन्डर बिड गर्ने ग्रो अर्गानिकका प्रतिनिधि श्याम पाण्डेसहितको टोली जनप्रतिनिधिलाई पछ्याउँदै उक्त होटल पुगेको थियो ।
सात दिनका लागि भनेर दोलखा पुगेको भ्रमण टोलीले त्यहाँ १० दिन बिताएको थियो । तथापि, त्यसदिनको खर्च भने ठेकेदार प्रतिनिधिले तिर्नेमा जनप्रतिनिधि विश्वस्त थिए । तर अनियमित खरिद प्रकरण मिडियामा सार्वजनिक भएपछि ठेकदारले बिल नतिरेर नगरपालिकालाई फसाउन खोजिएको साहको भनाइ छ ।
साहले भने, ‘यो भेट नियोजित थिएन । बरू उहाँहरूलाई हामीलाई पछ्याउँदै त्यहाँ पुग्नु भएको थियो । पछि टेन्डर उहाँहरूले नै पार्नु भयो । तर बाख्रा खरिद गर्दा हामीले भनेअनुसारको बाख्रा परेनन् ।’
होटलमा चैत २१ ठेकेदार प्रतिनिधि पाण्डेसँगको सो डिनर मिटिङमा नगरप्रमुख सुवेदी, अधिकृत साह, नगरपालिकाका तीन कर्मचारीसहित चक्रबहादुर खुलाल, घनश्याम गौतम, योगेन्द्रप्रसाद सुवेदी, उदयबहादुर राई, चेतबहादुर बस्नेत, नगेन्द्र खड्का र गङ्गाबहादुर याख्खा गरी सात जना वडाध्यक्ष सहभागी थिए ।
असार ४ गते होटलबाट बिलसहितको ताकेता–पत्र आएपछि नगरपालिकाले चुपचाप बिल तिरेको हो । ‘आधिकारिक पत्र हात परेपछि रकम तिरेका हौँ’, उनले भने, ‘पत्र सुरुमा नगरपालिकाको हात नलागेर उहाँहरूबाटै बाहिरिएको हो ।’ नगरपालिकाले ६ लाख २० हजार धरौटी रकम जफत गरेको, ठेक्का रद्द गरेको र भुक्तानी नदिएका कारण ठेकेदार कम्पनीले बिल सार्वजनिक गरेको उनको दाबी छ ।
विराटनगर । संखुवासभाको मकालु गाउँपालिका(२ का ३० वर्षीय लाक्पा शेर्पालाई भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मकालुबाट खटिएको प्रहरी टोलीले शेर्पाको घर खानतलासी गर्दा कोठाबाट लोड गरेको एक थान भरुवा बन्दुक र...
विराटनगर । मोरङको रंगेली नगरपालिका-८ स्थितबाट स्रोत नखुलेको रकमसहित एक जना महिलालाई पक्राउ गरिएको छ । रंगेली नगरपालिका-८ दर्वेशा की ६५ वर्षीया ज्योतिदेवी अग्रवालले घरमा अवैध रकम राखेको छ भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय...
विराटनगर । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले टर्किएले सिरियाली शरणार्थीहरूको स्वेच्छिक र सुरक्षित फिर्ताको सुविधाको लागि दक्षिणी हाते प्रान्तमा सिरियासँगको सीमाना खोल्ने बताएका छन्। टर्कीको राजधानी अंकारामा बसेको मन्त्रिपरिषद् बैठकपछि पत्रकार सम्मेलनमा एर्दोगानले उक्त कुरा...
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की नेपाली कांग्रेसका तर्फबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । उनी खरो स्वभावका नेता मानिन्छन् । उनी डा। शेखर कोइराला समूहमा पहिल्यैदेखि खुलेर लागेका छन् । मुख्यमन्त्री भएका बेला आफू...
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष राष्ट्रिय सूचना आयोगका नवनियुक्त प्रमुख आयुक्त डा सुरेशप्रसाद आचार्यले आज पद तथा गोपनीयताको सपथ लिएका छन्। प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रमुख आयुक्त आचार्यलाई र प्रधानमन्त्रीको...
विराटनगर । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज सातौंपटक अदालतमा उपस्थित गराइँदै छ। सानो पाइला सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि पर्सा लगिएका लामिछानेलाई कास्की जिल्ला अदालतमा उपस्थित...
विराटनगर । बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा बझाङको रायाल आसपास केन्द्रविन्दु भएर तीन दशमलव नौ रेक्टर स्केलको भूकम्प...
विराटनगर । रोजगारदाता र रोजगारीको खोजीमा रहेका युवाहरूलाई जोड्ने उद्देश्यले विराटनगर महानगरपालिकाले दोस्रोपटक ‘महानगर रोजगार मेला’ आयोजना गर्ने भएको छ । महानगरले आगामी पुस १ र २ विराटनगरस्थित वीरेन्द्रसभा दक्षिणमा अवस्थित ‘इको पार्क’मा मेला आयोजना...
विराटनगर । २५ मंसिर (मंगलबार) शेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । शेयर बजार ६.३२ अंकले घटेर २,६६९ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको...
विराटनगर। २५ मंसिर मंगलबार शेयर बजारमा सामान्य अंकले गिरावट आएको छ । शेयर बजार ६.३२ अंकले घटेर २,६६९ बिन्दुमा कायम भएको छ । शेयर बजारमा ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर...
विराटनगर । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको यही मंसिर २८ गते हुने निर्वाचनमा अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । सोमबार अध्यक्षमा तीन जनाले उम्मेदवारी दर्ता गरेका हुन् । अध्यक्षमा भरत खड्का, विवेक गौतम र...
विराटनगर । नेपाली काँग्रेसका सांसद डा. सुनिल शर्माले पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सरकारले अन्याय र अमानवीय व्यवहार गरिरहेको बताएका छन्। मंगलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सांसद शर्माले यस्तो बताएका हुन्। उनले नेपाल सरकारका प्रधानमन्त्री र गृहमन्त्रीसँग...
हाम्रो बारेमा
राष्ट्रियडेली कोशी प्रदेशका सक्रिय युवाहरूको टिमले सञ्चालन गर्दैआएको अनलाइन पोर्टल हो । समाजका सही घटनाहरूलाई आम-समुदायमाझ पुर्याउनु र राज्यलाई खबरदारी गर्नु हाम्रो उद्देश्य हो । राष्ट्रियडेली अनलाइन आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) को सदस्य संस्था हो ।