महानगर मातहतका स्वास्थ्य संस्थालाई व्यवस्थित बनाउन माग

महानगर मातहतका स्वास्थ्य संस्थालाई व्यवस्थित बनाउन माग

 राष्ट्रिय डेली

विराटनगर / विराटनगर महानगरपालिका मातहत रहेका स्वास्थ्य केन्द्रहरूलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउन स्वास्थ्यकर्मीहरूले माग गरेका छन् ।
नेपाल स्वास्थ्यकर्मी संघ मोरङले आइतबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले महानगरपालिका मातहतका स्वास्थ्य चौकी र स्वास्थ्य केन्द्रहरूलाई व्यवस्थित बनाउन माग गरेका हुन् । कार्यक्रममा संघका मोरङ अध्यक्ष रमेश कार्कीले जनताको सेवाका लागि आफूहरू रातदिन खट्न तयार रहेको बताए । त्यसका लागि स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीहरूलाई भौतिक संरचना र प्रविधियुक्त बनाउनुपर्नेमा जोड दिए । “हामी कोभिडका बेलामा पनि ज्यानको बाजी राखेर जनताको स्वास्थ्य सेवामा खटिएकै हो,” कार्कीले भने, “महानगर मातहत भएका स्वास्थ्य संस्थाहरूलाई भौतिक संरचना र स्रोत साधनयुक्त बनाउनु आवश्यक छ ।”
सो अवसरमा महानगरका मेयर नागेश कोइरालाले आफूहरूले कुनै कर्मचारीलाई निर्देशन नदिने बताए । उनले सबैको ज्ञान, सीप र अनुभवबाट महानगर बनाउने उल्लेख गरे । “तपाईंहरू ढुक्कले काम गर्नुहोस्, हामी यसो गर उसो गर भनेर निर्देशन दिँदैनौं, किनभने हामीसित तपाईंहरूसँग भएको सीप छैन,” कोइरालाले भने, “हामीले तपाईंहरूलाई सहज रुपमा काम गर्ने वातावरण बनाउने हो ।”
कार्यक्रममा उपमेयर शिल्पा निराला कार्कीले विराटनगरको विकासका लागि राजनैतिक विचारभन्दा माथि उठेर काम गर्ने प्रतिबद्धता जनाइन् । उनले बेग्लाबेग्लै पार्टीबाट जितेर आए पनि महानगरभित्र राजनीति पस्न नदिने उल्लेख गरे । “मेयर–उपमेयर मात्रै होइन वडाका अध्यक्ष र सदस्यहरू विभिन्न राजनैतिक पृष्ठभूमिबाट आएका छौं । तर हामी महानगरभित्र राजनीति हुन दिँदैनौं,” उपमेयर कार्कीले थपिन्, “हामी सबै विराटनगर बनाउन आएका हौं, हाम्रो ध्यान त्यतैमात्रै केन्द्रित हुन्छ ।”
सो अवसरमा नेपाल पत्रकार महासंघ प्रदेश–१ का अध्यक्ष लीलावल्लभ घिमिरे, नेपाली कांग्रेस विराटनगर महानगर समितिका सभापति दीपक चापापागाईं, पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेल, स्वास्थ्यकर्मी संघ मोरङका सचिव मातृका उप्रेतीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।

 

adv-single
सम्बन्धित समाचार

मुगुकी नोन्जोमले असीऔं जन्मदिनमा पाइन् नागरिकता

मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५, सेरोग गाउँकी नोन्जोम कामीले ८० वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । विक्रम संवत् २००० साल वैशाख १२ गते जन्मिएकी उनलाई उनको जन्मदिनको अवसर पारेर प्रमुख जिल्ला अधिकारी...

आफैं सवार बसले ओर्लने क्रममा ठक्कर दिएर तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२, गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्केकी राप्ती नगरपालिका–२, गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न, यी विषयमा भयो छलफल र सहमति

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल...

जंगलबाट गाउँ पसेको डढेलोले खोटाङमा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मतान, दुईवटा गोठ खरानी पारेको हो । क्षतिको...

यस्तो रहने छ आज दिनभरको मौसम

विराटनगर । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।...

झापामा बोलेरोको ठक्करबाट एकै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

दमक (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-झिलझिले खण्डमा आज बिहान बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका-४ का तीन जनाको मृत्यु भएको छ । आज बिहान बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई,...

कतारका राजाको ऐतिहासिक नेपाल भ्रमण कति उपलब्धिमूलक ?

विराटनगर । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका...

बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा बाँदर धपाउनका लागि भरूवा बन्दुक पड्काउँदा बारूदको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका-४, सिबुवाका ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति साढे १०...

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको...

झापामा सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा) । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा...

टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस सार्वजनिक, कति छ मूल्य ?

विराटनगर । टीभीएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युबजस्ता उत्कृष्ट...