विराटनगरको पहिचान झल्किने योजनासहितको बजेट ल्याउन सुझाव

विराटनगरको पहिचान झल्किने योजनासहितको बजेट ल्याउन सुझाव

 राष्ट्रिय डेली

विराटनगर / विराटनगरको पहिचान झल्किने योजनासहितको बजेट ल्याउन विराटनगर महानगरपालिकालाई सरोकारवालाहरूले सुझाव दिएका छन् ।
विराटनगर महानगरपालिकाले शनिबार विभिन्न क्षेत्रका व्यक्तिहरूसित आयोजना गरेको छलफलमा सहभागीहरूले विराटनगरको पहिचान झल्किने योजना निर्माणसहितको बजेट ल्याउनुपर्नेमा जोड दिए । नागरिक समाजका अगुवा दिनेश श्रेष्ठले विराटनगरको पहिचान के हो भनेर स्पष्ट नभएको उल्लेख गरे । “विराटनगर दोस्रो ठूलो सहरबाट ६ वटा महानगरमध्ये सबैभन्दा पुछारमा पुगेको छ,” उनले भने, “वास्तवमा भन्नुपर्दा विराटनगरको पहिचान के हो त ?, विराटनगरको पहिचान झल्किने किसिमको योजनासहित बजेट ल्याउनुपर्छ । त्यो पहिचान झल्किने आर्ट ग्यालरी पनि हुनसक्छ र ल्याएका योजना कार्यान्वयन पनि हुनुपर्छ ।” विश्वका हरेक ठूला सहरमा आर्ट ग्यालरी हुने उनको भनाइ थियो । सहरको स्तर कस्तो छ भनेर त्यहाँ हुने आर्ट ग्यालरी, सांस्कृतिक संग्राहलय, पुस्तकालयले प्रस्ट हुने श्रेष्ठले बताए । उनले महानगरको अनावश्यक खर्च घटाउन सुझाव दिए । उनले प्रशासनिक खर्चलाई कम गरेर विकास निर्माणलाई तीव्रता दिनुपर्नेमा जोड दिए । त्यस्तै बुद्धिजीवी तारानाथ निरौलाले भौतिक निर्माणसँगै खानेपानी, सरसफाईमा बजेटले ध्यान दिनुपर्ने सुझाव दिए । निरौलाले २० वर्षपछिको विराटनगर कस्तो हुने भनेर खाका तयार पानुपर्नेमा जोड दिए ।
मोरङ व्यापार संघका उपाध्यक्ष अनिल साहले करको दर घटाएर दायरा बढाउनुपर्नेमा जोड दिए । “व्यापार व्यवसायमा मात्रै होइन, अन्य धेरै क्षेत्र करको दायरामा आएका छैनन्,” साहले थपे, “मलाई लाग्छ, वकिल, चार्टर एकाउन्टेनहरू पनि करको दायरामा नआएको हुन सक्छ उनीहरू सबैलाई दायरामा ल्याउनुपर्छ ।”
उनले लोप हुन लागेका व्यवसायलाई नगद अनुदान दिएर संरक्षण गर्न महानगरसित आग्रह गरे । “माटोको भाँडा र बाँसबाट विभिन्न वस्तु बनाउनेहरू पलायन हुँदै गइरहेका छन्,” उनले भने, “उनीहरूलाई केही अनुदान दिएर पनि संरक्षण गर्नुपर्छ । उनीहरूसँगै हाम्रो नेपालको कला, संस्कृति पनि लोप हुँदै गएको छ ।” होटल व्यवसायीहरूले निश्चित क्षेत्र तोकेर रात्रीकालीन व्यवसाय सञ्चालन गर्न दिनुपर्नेमा जोड दिए । सहभागी अधिकांशले सडक, खानेपानी, सरसफाईसँगै शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता राखेर बजेट ल्याउन सुझाव दिएका थिए । वीरेन्द्र सभागृह छेउको इको फनपार्क सञ्चालनमा नआएकोमा सहभागीहरूले गुनासोसमेत गरेका थिए ।
सहभागीहरूको सुझाव सुनेपछि मेयर नागेश कोइरालाले विराटनगरवासीकै हितमा बजेट आउने बताए । उनले विगतमा सुरु भएका अधुरा कामलाई निरन्तरता दिँदै नयाँ योजनाका साथ बजेट आउने उल्लेख गरे । “तपाईंहरूबाट अत्यन्तै राम्रा सुझावहरू आएका छन्,” कोइरालाले भने, “यिनै सुझावहरूलाई समेटेर हामी बजेट ल्याउनेछौं । इको फनपार्कको सम्बन्धनमा भोलि–पर्सि नै हामी मिटिङ राखेर सञ्चालनमा ल्याउँछौं ।” उपमेयर शिल्पा कार्कीले सहभागीहरूबाट आएका सुझावलाई आत्मसाथ गरेर बजेट ल्याउने प्रतिबद्धता जनाइन् । प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले सहभागीहरूबाट महत्वपूर्ण सुझाव आएको बताउँदै बजेट निर्माण गर्दा सुझावहरूलाई समेट्ने बताए । छलफलमा नागरिक समाज, उद्योगी, व्यवसायी, चिकित्सकलगायतको सहभागिता रहेको थियो ।

adv-single
सम्बन्धित समाचार

नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित

विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् । थापा महिलाहरूको लागि मार्शल...

जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

जजरकोट । भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा पाँच सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री...

बूढीगंगाकी उपाध्यक्ष सार्वजनिक बिदाको दिन सरकारी गाडी लिएर व्यक्तिगत सफरमा

विराटनगर । सरकारले कार्यालयीय कामको प्रयोजनमा आवतजावतमा सहजताका लागि स्थानीय तहका जनप्रतिनिधिलाई सवारी साधनको व्यवस्था गर्छ । यसरी व्यवस्था गरिने सवारी साधन कार्यालयीय प्रयोजनमा बाहेक प्रयोग गर्न पाइँदैन । तर, जनप्रतिनिधिहरूको सरकारी गाडी दुरूपयोगको शृंखला...

एसीसी प्रिमियर कप : अपराजित रहँदै नेपाल सेमिफाइनलमा

एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित भएको छ। बुधबार साउदी अरबलाई ६ विकेटले पराजित गर्दै नेपाल समूह 'ए' मा अपराजित रहेको हो। यसअघि नेपालले समूहमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको...

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको मध्यम लक्ष्य

विराटनगर । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा साउदी अरेबियाले नेपालसामु जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमेरत खेल मैदानमा जारी खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ...

८ ओभरमा सीमित खेलमा नेपालविरूद्ध ब्याटिङ गर्दै साउदी अरेबिया

काठमाडौँ । एससिी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाले प्रभावित भएपछि आठ ओभरमा झारिएको छ । भर्खरै सुरू भएको खेलमा टस हारेर साउदी अरेबिया ब्याटिङमा उत्रिएको छ । समूह ‘ए’ मा...

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते, ४ काे अवस्था गम्भीर

दाङ । दाङबाट रूकुमका लागि हिँडेको यात्रुवाहक बस सल्यानको बागचौर नगरपालिका-२, ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । रा १ ख २०८५ नम्बरको बस बागचौर-२, ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश...

लागुऔषध मुद्दामा पक्राउ परे एन्फा उपाध्यक्ष लामा

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामालाई पक्राउ गरेको छ । लामालाई काठमाडौँबाट आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक...

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरूपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं...

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सुदूरपश्चिम सरकार...

नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारी आन्दोलित, माग पूरा नभए काम ठप्प पार्ने चेतावनी

विराटनगर । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त मर्ज भएर एकीकृत कारोबार सुरु भएको छोटो समयमा नै कर्मचारीहरू आन्दोलित भएका छन् । मर्ज भएर ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’ भइसकेपछि विराटनगरमा सोमबार आयोजना भएको एक कार्यक्रमलाई...

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (आइतबार) को तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रूपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक...