
पहिरोमा पुरिएर तीनको मृत्यु
विराटनगर । पाँचथरको फालेलुङ गाँउपालिका ७ बिदीन स्थितमा पहिरोले घर पुरिएर तीनजनाको मृत्यु भएको छ । शुक्रबार राति बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको...
विराटनगर, असार ७ । कुनै समय चेन्ज एन्फा भन्दै एउटै मौर्चामा लागेका कर्माछिरिङ शेर्पा र पंकजविक्रम नेम्वाङबीच सोमवार अखिल नेपाल फुटबल संघ .एन्फा.मा नेतृत्वका लागि निर्वाचन भयो ।
२१ औं चुनावी साधारण सभाबाट पुराना हितैसी कर्माछिरिङ शेर्पालाई ६ मत अन्तरले पराजित गरेका पंकजविक्रम नेम्वाङ आगामी चार वर्षका लागि एन्फालाई नेतृत्व गर्न अध्यक्षमा चुनिनसभएको छ । अन्तर्राष्ट्रिय फुटबल महासंघ ९फिफा० ले तत्कालिन अध्यक्ष गणेश थापालाई भ्रष्टाचारको अभियोगमा प्रतिबन्ध लगाएपछि चेन्ज एन्फाको नारासहित एउटै प्यानलबाट नेपाली फुटबल परिवर्तन गर्न २०७४ वैशाख २२ गते कर्माछिरिङ शेर्पा एन्फाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । एउटै नारामा सहमति जनाउँदै पंकजविक्रम नेम्वाङ पनि शेर्पासँग चुनावी मैदानमा उत्रिनुभएको थियो । चुनावमा सर्वाधिक भोटसहित उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।
तर, शेर्पाले नेम्वाङलाई एक वर्षपछि मात्रै वरिष्ठ उपाध्यक्ष बनाउनुभएको थियो । एन्फा नेतृत्वमा पुगेपछि शेर्पाले चार उपाध्यक्षलाई आफू अनुकुल कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने गरेपछि उनको नेम्वाङसँग सम्बन्ध चिसिएको थियो । त्यही चिसोपन तिक्ततामा परिणत हुँदै यो निर्वाचनमा एकअर्काबिरुद्ध प्रतिष्पर्धा गर्ने अवस्थामा आइपुगेको हो । जसमा नेम्वाङले कुल ८४ भोटमा ४५–३९ मतले प्राप्त गर्दै आगामी चार वर्षे कार्यकालका लागि निर्वाचित हुनुभएको छ । पंकजसँगै कार्यसमितिमा पनि वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, तीन उपाध्यक्षसहित उहाँकै पक्षको बाहुल्य रह्यो ।
विराटनगर । पाँचथरको फालेलुङ गाँउपालिका ७ बिदीन स्थितमा पहिरोले घर पुरिएर तीनजनाको मृत्यु भएको छ । शुक्रबार राति बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको...
विराटनगर । भारत सरकारले अनुदान सहायता स्वरुप ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहार दिएको छ । आईतवार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा नेपालस्थित भारतीय राजदूतावासले विभिन्न संघसंस्थाहरुमा ७५ वटा एम्बुलेन्स...
विराटनगर । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक शुरु भएको छ । माओवादी केन्द्रको केन्द्रिय समितिको तेस्रो पूर्ण बैठक आईतवारदेखि काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठानमा शुरु भएको हो । बैठक मंगलवारसम्म चल्ने माओवादी केन्द्रले जनाएको छ ।...
विराटनगर । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले विज्ञापन उत्पादन, वितरण, प्रकाशन तथा प्रशारणसम्बन्धि आचारसंहिता एक हप्ता भित्रै अनुभूति हुनेगरी कार्यान्वयनमा लैजान विज्ञापन बोर्डलाई निर्देशन दिनु भएको छ । विज्ञापन बोर्डले आईतबार काठमाडौंमा आयोजना गरेको...
विराटनगर । सभामुख अग्निप्रसाद सापकोटा र मलेसियाका उपसभामुख मोहमद रसिद हसनबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच अजरबैजानको राजधानी बाकुमा असंलग्न आन्दोलनको संसदीय सञ्जालको सम्मेलनका क्रममा शनिबार साँझ भेटवार्ता भएको सभामुखका स्वकीय सचिव गोविन्द पाठकले...
विराटनगर ।प्रदेश १ प्रदेशसभामा सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक बजेट आज पारित हुने भएको छ । विधेयकमाथि उठेका प्रश्नको शनिबार सरकारको तर्फबाट मन्त्रीहरु र मुख्यमन्त्रीले जवाफ दिने क्रम सकिएको छ । शनिबारको संसद बैठक झण्डै ५...
धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङको अगुवाइमा धरान २० स्थित पकुवाखोलामा खानेपानीका लागि सयौँ स्थानीयवासीले श्रमदान गरेका छन् । पूर्वनिर्धारित योजनाअनुसार हरेक शनिबार एक दिन सो खोलामा पुगेर खानेपानीको मुहानमा ढुङ्गा बोक्ने र ‘इन्टेक ’बनाउने काममा...
विराटनगर । मोरङको रंगेली नगरपालिका १ बिर्ताबजारका तिलका मल्लिकलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । मल्लिकले घरायसी विवादका कारण ३१ वर्षीया श्रीमती बबिता मल्लिकको शरीरमा मट्टीतेल छर्केर आगो लगाएर हत्या गरेको खुलेको...
विराटनगर । चालिस वर्ष उमेर व्यथित गरी एक्लो जीवन बिताईरहेका विवाहित वा अविवाहित महिलाहरुले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएका छन । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा ‘सामाजिक सुरक्षा...
विराटनगर । प्रमुख प्रतिपक्ष दल नेकपा .एमाले.की सांसद विन्दा पाण्डेले महिलामाथि हुने जघन्य अपराधका घटना हुनै नदिने गरी आवश्यक विधि र प्रविधिको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको छ । शुक्रबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको...
विराटनगर । नेपाल प्रहरीको आईजीपी नियुक्तिबिरुद्धको रिटमा आजबाट चौथो सुनुवाई हुँदैछ । का।मु। प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दा सुनुवाई हुन लागेको हो । का।मु। प्रधानन्यायाधीश कार्की नेतृत्वको इजलासमा आईजीपी विवादको मुद्दा...
विराटनगर। क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज आईतवार दोस्रो अभ्यास खेल खेल्दैछ । खेल साँझ ७ः१५ बजे क्यानडाको ओन्टारियो क्लवबिरुद्ध टि–२० फम्र्याटको खेल खेल्न लागेको हो । यसअघि शुक्रवार भएको एकदिवसीय फम्र्याटको अभ्यासमा...