सुनसरीको बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि ९४ करोड दुई लाख ४१ हजार ९३० को बजेट प्रस्तुत गरेको छ । नगरपालिका प्रमुख रमेश कार्कीले आज दशौँ नगरसभामा आगामी आवका लागि नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन् ।सुनसरीको बराहक्षेत्र नगरपालिकाले आर्थिक वर्ष २०७९र८० का लागि ९४ करोड दुई लाख ४१ हजार ९३० को बजेट प्रस्तुत गरेको छ । नगरपालिका प्रमुख रमेश कार्कीले आज दशौँ नगरसभामा आगामी आवका लागि नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन् ।
नगरपालिकाले आन्तरिक आय नौ करोड ५० लाख अनुमान गरिएको छ । संघीय सरकारबाट सशर्त अनुदान ४१ करोड २७ लाख, वित्तीय समानीकरण अनुदान २१ करोड ४८ लाख, संघीय सरकारबाट राजस्व बाँडफाँटबाट १५ करोड ९४ लाख २३ हजार, प्रदेशबाट वित्तीय र सशर्त गरी एक करोड ८१ लाख ४३ हजार गरेर जम्मा ९४ करोड दुई लाख ४१ हजार ९३० को बजेट विनियोजन गरिएको छ ।
बराहक्षेत्रको दुर्गम मानिएको सूर्यकुण्ड चियाबारी क्षेत्रमा सडक सञ्जालका विकास गरी ठाकुरबारीबाट श्रीलङ्का टप्पु जोड्ने झोलुङ्गे पुल निर्माण गरिने भएको छ । ‘एक वडा, एक गौरवका योजना’ र ‘एक वडा, एक खेलमैदान’ र हरेक वडामा ज्येष्ठ नागरिक मिलन केन्द्र स्थापना गरिने भएको छ । कोसी कटान र जङ्गली जनावर नियन्त्रण गर्नेदेखि अव्यवस्थित बसोबास समाधानका लागि समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
Post Views: 1