कोशी अस्पतालको भवन निर्माणमा आर्थिक अनियमितता

कोशी अस्पतालको भवन निर्माणमा आर्थिक अनियमितता

 राष्ट्रिय डेली

 

विराटनगर । प्रदेश १ कै नमूनाका रूपमा सुविधासम्पन्न बन्दै गएको सरकारी स्वामित्वको कोशी अस्पतालमा आर्थिक अनियमितताका घटना बाहिरन थालेका छन् । कोशी अस्पतालमा पछिल्लो समय नयाँ–नयाँ संरचना निर्माणकार्य सञ्चालन हुन थालेसँगै भ्रष्टाचारले चरम रूप लिन पुगेको हो ।

संघीय सरकारबाट कोशी अस्पतालमा नियुक्ति हुने मेडिकल सुपरिटेन्डेन्ट र महालेखाद्वारा नियुक्ति हुने लेखाअधिकृतको मिलोमतोबाट पछिल्लो समय एक करोडभन्दा बढीको आर्थिक अनियमितता भएको पाइएको छ । कोशी अस्पतालको संरचना निर्माणका लागि संघीय सरकारले करोडौँ रकमको बजेट विनियोजन गरेसँगै पछिल्लो समय अस्पताल परिसरमा रहेका पुराना संरचनाहरू भत्काएर पुनर्निर्माणको कामले अग्रता लिइरहेको छ । तर निर्माण काममा रहेका ठेकेदार कम्पनी र कोशी अस्पतालका लेखा अधिकृतदेखि मेडिकल सुपरिटेन्डेन्टकै संलग्नतामा निर्माण कम्पनीलाई ठेक्का कबुलअनुसारको निर्माणसम्पन्न नभई भुक्तानी दिन थालेपछि अस्पतालभित्र संस्थागतरूपमा मौलाएको भ्रष्टाचारको रहस्य खुल्न पुगेको हो । पछिल्लो समय निर्माणसम्पन्न भएर स्वास्थ्य मन्त्री विरोध खतिवडाले उद्घाटन समेत गर्न भ्याइसकेको प्रसूति वार्ड भवन समेत हाल विवादमा तानिएको छ ।

ठेक्का सम्झौताअनुसार प्रसूति वार्डमा निर्माण हुनुपर्ने संमरचना नै नबन्दै हतार–हतारमा हस्तान्तरण गराएर उद्घाटन भएपछि अहिले बिरामीलाई आवश्यक पर्ने सुविधा समेत दिन नसकेको सोही अस्पतालमा कार्यरत कर्मचारीको आरोप छ । उक्त प्रसूति वार्डसँगै मेडिकल वार्डको दोस्रो तला भवन निर्माणको जिम्मेवारी पाएका निर्माण कम्पनी जेबी कन्स्ट्रक्सन र बीजी कन्स्ट्रक्सनले सम्झौताअनुसारको भवन निर्माण नगरी हतार हतारमा फेरि मेडिकल वार्डको दोस्रो तल्लाको नयाँ भवन हस्तारण गर्ने तयारी गरेको छ । दुवै भवन निर्माणका लागि संघीय सरकारले छ करोड बजेट छुट्ट्याएको थियो । भवन पनि गुणस्तरहीन बनेको स्रोतको भनाइ छ । भवन निर्माणका समयमा निर्माण कम्पनीले प्रयोग गरेका इँटा ल्याबमा परीक्षण गर्न लैजाने क्रममा बाटोबाटै हराएको कारण इँटाको परीक्षण नगरी ठेकेदार कम्पनीले कमसल गुणस्तरको इँटा प्रयोग गरेको दाबी स्रोतले गरेको छ । यही घटनाबाट पनि अस्पताल भवन निर्माणमा ठेकेदार कम्पनी र कर्मचारीका बीचमा कस्तो लेनदेन भएको छ भन्ने अनुमान गर्न सकिने दाबी कर्मचारीस्रोतले गरेको छ ।

कोशी अस्पतालमा निर्माण हुँदै गरेको नयाँ मेडिकल भवनको दोस्रो तलाका ठेकेदार कम्पनीले दुई पटकसम्म निर्माण अवधि थप गरिसक्दा पनि निर्माणसम्पन्न हुन नसकेको भवनलाई अहिले हतार–हतारमा हस्तान्तरण गर्ने चलखेल हुन थालेपछि त्यहाँ हुँदै आएको संस्थागत भ्रष्टाचार बाहिर आएको हो । छ महिना अगाडि नै निर्माण सम्पन्न हुनुपर्ने मेडिकल वार्डको दोस्रो तल्लाको भवनमा प्रयोग भएका धारादेखि भवनमा ए ग्रेडको रङ्ग प्रयोग गर्ने भनी सम्झौता गरेको ठेकेदारले सी ग्रेडको रङ्ग प्रयोग गरेको छ ।

अस्पतालका लेखाअधिकृत राजेन्द्र सुवेदी र मेडिकल सुपरिटेन्डेन्ट डा। यज्ञराज खरेलको मिलेमतोमा नै निर्माण सम्पन्न नै हुन नपाई हतार–हतारमा ठेकेदार कम्पनीबाट अस्पतालको स्वामित्वमा भवन ल्याउने चाँजोपाजो मिलाउन थालेपछि ठेकेदार कम्पनीसहित कार्यालयप्रमुख खरेल र लेखाअधिकृत सुवेदी अहिले विवादमा तानिएका छन् । नयाँ निर्माण भएको मेडिकल वार्डको दोस्रो तला भवनमा आउजाउ गर्नका लागि निर्माण हुने लिफ्टमा प्रयोग गरिने सामग्री उच्चकोटी र गुणस्तरीय हाल्नुपर्ने सम्झौता गरेको निर्माण कम्पनीले गुणस्तरहीन लिफ्टका सामग्री ढुवानी गरी प्रयोग गर्न थालेपछि लिफ्ट निर्माणमा पनि लाखौँको भ्रष्टाचार भएको स्रोतको दाबी छ । आर्थिक दैनिकबाट

adv-single
सम्बन्धित समाचार

नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित

विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् । थापा महिलाहरूको लागि मार्शल...

जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण

जजरकोट । भुकम्प प्रभावित जाजरकोटका विद्यार्थीहरूलाई शैक्षिक सामग्री र न्यानो कपडा वितरण गरिएको छ । इन्टेल अमेरिकामा कार्यरत नेपालीहरू र ओरेगन नेपाली समाजको सहयोग एवम् प्राज्ञिक विद्यार्थी परिषद् नेपालको समन्वयमा पाँच सय विद्यार्थीहरूलाई शैक्षिक सामग्री...

बूढीगंगाकी उपाध्यक्ष सार्वजनिक बिदाको दिन सरकारी गाडी लिएर व्यक्तिगत सफरमा

विराटनगर । सरकारले कार्यालयीय कामको प्रयोजनमा आवतजावतमा सहजताका लागि स्थानीय तहका जनप्रतिनिधिलाई सवारी साधनको व्यवस्था गर्छ । यसरी व्यवस्था गरिने सवारी साधन कार्यालयीय प्रयोजनमा बाहेक प्रयोग गर्न पाइँदैन । तर, जनप्रतिनिधिहरूको सरकारी गाडी दुरूपयोगको शृंखला...

एसीसी प्रिमियर कप : अपराजित रहँदै नेपाल सेमिफाइनलमा

एसीसी प्रिमियर कप टी-२० क्रिकेट प्रतियोगिताको समूह चरणमा नेपाल अपराजित भएको छ। बुधबार साउदी अरबलाई ६ विकेटले पराजित गर्दै नेपाल समूह 'ए' मा अपराजित रहेको हो। यसअघि नेपालले समूहमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको...

साउदी अरेबियाले नेपाललाई दियो ७४ रनको मध्यम लक्ष्य

विराटनगर । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज जारी खेलमा साउदी अरेबियाले नेपालसामु जितका लागि ७४ रनको लक्ष्य प्रस्तुत गरेको छ । ओमानको अल अमेरत खेल मैदानमा जारी खेल वर्षाले प्रभावित भएपछि २० ओभरबाट आठ...

८ ओभरमा सीमित खेलमा नेपालविरूद्ध ब्याटिङ गर्दै साउदी अरेबिया

काठमाडौँ । एससिी प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाले प्रभावित भएपछि आठ ओभरमा झारिएको छ । भर्खरै सुरू भएको खेलमा टस हारेर साउदी अरेबिया ब्याटिङमा उत्रिएको छ । समूह ‘ए’ मा...

सल्यानमा बस दुर्घटना हुँदा १४ जना घाइते, ४ काे अवस्था गम्भीर

दाङ । दाङबाट रूकुमका लागि हिँडेको यात्रुवाहक बस सल्यानको बागचौर नगरपालिका-२, ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । रा १ ख २०८५ नम्बरको बस बागचौर-२, ठिनबाँङस्थित पुलदेखि तल खस्दा दुर्घटना भएको लुम्बिनी प्रदेश...

लागुऔषध मुद्दामा पक्राउ परे एन्फा उपाध्यक्ष लामा

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का उपाध्यक्ष दावा लामालाई पक्राउ गरेको छ । लामालाई काठमाडौँबाट आज पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक...

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

काठमाडौँ । निर्वाचन आयोगले यही वैशाख १५ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा उपनिर्वाचन प्रयोजनका लागि जारी आचारसंहिताविपरीत सामाजिक सञ्जाल वा सञ्चारमाध्यमको दुरूपयोग गरेमा तत्काल कारबाही प्रक्रिया अघि बढाउने भएको छ । प्रतिनिधिसभाको इलाम क्षेत्र नं...

प्रधानमन्त्री दाहाल र पूर्वप्रधानमन्त्री खनालबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच मुलुकको समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा सुदूरपश्चिम सरकार...

नेरुडे मिर्मिरे लघुवित्तका कर्मचारी आन्दोलित, माग पूरा नभए काम ठप्प पार्ने चेतावनी

विराटनगर । मिर्मिरे लघुवित्त र नेरुडे लघुवित्त मर्ज भएर एकीकृत कारोबार सुरु भएको छोटो समयमा नै कर्मचारीहरू आन्दोलित भएका छन् । मर्ज भएर ‘नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था’ भइसकेपछि विराटनगरमा सोमबार आयोजना भएको एक कार्यक्रमलाई...

बढ्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ किनबेच ?

विराटनगर । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन (आइतबार) को तुलनामा आज सुनको मूल्य प्रतितोला सात सय रूपैयाँ बढेको हो । आज छापावाल सुन प्रतितोला एक...