विराटनगर । ‘चिल्ड्रेन फिल्म सोसाइटी’ले सञ्चालन गरेको तीन दिने ‘योङ फिल्म मेन्टर्स’ तालिम आईतवार सम्पन्न भएको छ । चलचित्र विकास बोर्डसँगको सहकार्यमा तीन दिने ‘योङ फिल्म मेन्टर्स’ तालिम सम्पन्न भएको हो । ब्रिटिस काउन्सिल र इन्टु फिल्मले तालिम दिएकोे हो । तालिममा सात प्रदेशका २८ जनाले सहभागिता जनाएका थिए । तालिम पश्चात सहभागीहरूले तीन दिनमा सिकेका कुराहरूलाई आ–आफ्नो क्षेत्रमा गइ १८ वर्ष मुनिका स्कुले बालबालिकालाई सिनेमा निर्माणसम्बन्धी तालिम दिनुपर्नेछ । तालिमका प्रशिक्षक महेश श्रेष्ठले स्थानीय स्तरमा तालिम दिनका लागि सक्षम बनाउन यस किसिमको तालिम आयोजना गरेको बताउनु भयो । उहाँले यस प्रकारका तालिमहरुले १८ वर्षभन्दा मुनिका बालबालिकाहरूलाई फिल्म मेकिङ सम्बन्धी विशेष जानकारी दिन सहयोग पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
Post Views: 0