नाट्य क्षेत्रमा बालकृष्ण सम

नाट्य क्षेत्रमा बालकृष्ण सम

 राष्ट्रिय डेली

 

बालकृष्ण समलाई आधुनिक नेपाली नाटकका जन्मदाता मानिन्छ। नाट्य साहित्यलाई विशिष्ट उचाइमा पुर्‍याएका उनले नाटक लेखनसँगै त्यसलाई मञ्चन गर्ने पुस्ता पनि हुर्काए। नाट्यकर्मी प्रचण्ड मल्लको निधनसँगै समले हुर्काएको त्यो पुस्ता अन्त्य भएको छ।

८५ वर्षीय मल्लको निमोनियाका कारण २ पुसमा सिभिल अस्पताल काठमाडौंमा निधन भयो। उनी परम्परागत नाटकलाई आधुनिक लेप दिने व्यक्तिका रूपमा स्थापित छन्।

प्राध्यापक तथा नाटककार अभि सुवेदी प्रजातान्त्रिक क्रान्तिपछिको खुला वातावरण र तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको स्थापनापछि नाटकको संस्थागत विकास भएको बताउँछन्। “टोल र डबलीमा देखाइने नाटकको ऐतिहासिक परम्परा भए पनि समले हाल हामीले नाटक भनेर चिनेको पश्चिमा शैली भित्र्याएका हुन्,” सुवेदी भन्छन्, “उनले नाटक लेखन, मञ्चन मात्र गरेनन्, नाटकको एउटा पुस्ता नै तयार पारे जसका एक सदस्य मल्ल हुन्।”

बाराको कलैया, बरेवामा जन्मिएका र बाल्यकाल वीरगन्जमा बिताएका मल्ललाई सानैदेखि लेखपढभन्दा नाचगानमा रुचि थियो। स्थानीय त्रिजुद्ध स्कुलको विद्यार्थी हुँदा दश वर्ष जतिको उमेरमा रामलीला नाटक हेरेपछि उनलाई रङ्गमञ्चको नशा चढ्यो। कालान्तरमा समको सङ्गतमा परेपछि उनी आजीवन नाटकमै लागिरहे।

 

मल्लले झण्डै तीन सय नाटकमा काम गरेका छन्। कुनैमा अभिनय गरे, कुनैमा लेखन, कुनैमा निर्देशन त अनि कुनैमा मञ्च सजाउने काम पनि गरे। उनका नेपाली रङ्गमञ्च, ऐतिहासिक नाटक सङ्ग्रह, मातृप्रेम, तिलंगा, पश्चात्ताप लगायत आधा दर्जन कृति प्रकाशित छ।

“उहाँ आफैं नेपाली नाट्य क्षेत्रको इतिहास सरह हुनुहुन्थ्यो,” नाट्य विधामा शोध गरेका शिव रिजाल भन्छन्, “आफू पनि इतिहास लेखनमा संलग्न हुनुका साथै सम र अन्य ऐतिहासिक व्यक्तिसँग काम गरेकाले उहाँ नाट्य इतिहासको धरोधर नै हुनुहुन्थ्यो।

मल्लको पुरानो घर काठमाडौंको गुुच्चाटोलमा थियो। उनका बुबाको सरुवा बाराको परवानीपुरको कृषि फारममा भएपछि परिवारै तराई झरेको थियो। वीरगञ्जमा वेलावेला भारतबाट आउने नाट्य टोलीले हिन्दी र उर्दू भाषामा गर्ने रामलीला मञ्चन गर्थ्यो। त्यसैको रस पसेपछि उनी सबै कुरा छोडेर नाट्य क्षेत्रमै ध्यान केन्द्रित गर्न थाले। तराईबाट परिवार काठमाडौं आएपछि उनी समको सङ्गतमा पुगे।

“अब उनीबाट अर्थोक पार नलाग्ने भयो भन्ने भएपछि दाजु सुरेन्द्रमानले उनलाई समको जिम्मा लगाएका थिए,” प्राध्यापक सुवेदी भन्छन्, “आखिर उनको नाटकप्रतिको लगाव गम्भीर रहेछ र आज सबैका स्तुत्य पात्रका रूपमा हामीबाट बिदा भए।”

मल्लको अर्को विशेषता भनेको नेपालको रङ्गमञ्चलाई आधुनिक प्रारूपमा ढाल्नु हो। उनले २०२४ सालमा रसियामा नाट्य विधा पढेपछि मञ्चको महत्त्व बुझे। “अनि त्यो कुरा आफूपछिका सबैलाई बुझाए,” सुवेदीले भने। उनका अनुसार, ‘नाटक भनेको सेट अर्थात् मञ्चले भन्ने विधा हो’ भन्ने मान्यता मल्लले नै नेपाली नाट्य क्षेत्रमा स्थापित गराएका हुन्। “नेपालका थिएटर बनाउन खटिने उनै हुन्,” सुवेदी भन्छन्, “सेना, प्रहरीका मञ्च र नाचघर लगायतको परिकल्पनाकार उनी नै हुन्।”

उति वेला नाटकका सबै प्राविधिक ज्ञान भएका व्यक्ति मल्ल मात्रै रहेको कलाकार तथा निर्देशक मदनदास श्रेष्ठ बताउँछन्। “नाटकमा प्रयोग हुने पर्दा, प्रकाश, ध्वनि लगायत सबै विधा उहाँले नै नयाँ पुस्तालाई सिकाउनुभएको हो,” उनी भन्छन्, “त्यस्तै धेरै कलाकार जन्माउने श्रेय पनि उहाँलाई जान्छ।”

प्रज्ञा प्रतिष्ठानमा २०४१ सालदेखि सङ्गत गरेका शम्भुजीत बास्कोटा मल्ललाई कसैप्रति भेदभाव नगर्ने शान्त स्वभावका व्यक्तिका रूपमा स्मरण गर्छन्। “विजय मल्लपछि लामो समय प्रतिष्ठानको नाटक विभाग सम्हाल्ने व्यक्ति उहाँ नै हो,” उनले भने, “उहाँ सबैलाई ‘ए बाबु’, ‘ए राजा’ भन्दै काम सिकाउने, अह्राउने गर्नुहुन्थ्यो। उहाँको नजरमा सबै बराबर, न कोही सानो न कोही ठूलो।”

समले हुर्काएको पुस्ताका नाट्यकर्मी हरिप्रसाद रिमाल रेडियो नेपालमा आबद्ध भएपछि नाटक मञ्चनलाई अविराम निरन्तरता दिने मल्ल एक्ला व्यक्ति बन्न पुगेका थिए। “मल्ल रङ्गमञ्चको पुरानोदेखि आधुनिक युगसम्म अविराम यात्रा गर्ने एक मात्र रङ्गकर्मी थिए,” समीक्षक रमण घिमिरेको टिप्पणी छ, “मल्ल अभिनय मार्फत रङ्गमञ्चमा प्रवेश गरेका थिए। त्यसपछि निर्देशक भएर रङ्गमञ्चको आरोहण गर्दै मञ्च९शिल्पी भए। पछि उनी रङ्गमञ्चको प्रस्तुति र प्रविधि दुवै पक्षमा दखल राख्ने प्रतिभा हुन पुगे। रङ्गमञ्चका समालोचक र इतिहासकार पनि थिए।”

 

२०११ सालमा पहिलो पटक समकै लेखन तथा निर्देशनमा अमरसिंह नाटकबाट मल्लले अभिनय यात्रा थालेका थिए। जीविकाका लागि उनले २०१६ सालमा पुरातत्त्व विभागमा ‘अफिस इन्चार्ज’ का रूपमा केही समय काम गरे पनि पछि समले उनलाई प्रज्ञा प्रतिष्ठानमै ताने। २०२१ देखि २०५९ सालसम्मको ३८ वर्षमा उनले एक सय ५० नाटक निर्देशन गरे। उनी २०६७ सालमा स्थापित नाट्य सङ्गीत प्रतिष्ठानको संस्थापक उपकुलपति थिए।

सिर्जनात्मक व्यक्तित्व

छोरी मुनु मल्ल आफ्ना पितालाई सधैं व्यस्त रहने सिर्जनात्मक व्यक्तित्वका रूपमा लिन्छिन्। “फुर्सदमा प्रायः किताब९पत्रपत्रिका पढिरहनुहुन्थ्यो, बगैंचामा बोटबिरुवा स्याहार्नुहुन्थ्यो,” उनले भनिन्, “आएका पाहुनासँग नाटककै बारेमा गफ गर्नुहुन्थ्यो।”

देशभरिबाट पितालाई मानिसहरू भेट्न आउने गरेको मुनु सम्झन्छिन्। “कोही फलानो नाटक गर्दा उहाँले हामीलाई यस्तो सिकाउनुभएको थियो भन्दै आउँथे, कोही पुराना नाटकबारे सोधखोज गर्थे,” उनी भन्छिन्।

मुनुका अनुसार, मल्ल खानाको शौखीन थिए। माछा खूब मन पराउँथे। “कान्छीआमाले पकाएको माछा भनेर खूब तारीफ गर्नुहुन्थ्यो,” उनी भन्छिन्, “बुबालाई पनि राम्रो पकवान कला आउँथ्यो। मलाई उहाँले नै माछा पकाउन सिकाउनुभएको थियो।”

मल्ललाई नाटकमा समय खर्चन घरबाट पूरै सहयोग थियो। “उहाँको कामै त्यही भएपछि मैले र आमाले केही भन्ने कुरै आएन,” मुनु भन्छिन्, “देशले नै उहाँको योगदानको कदर गरेको छ। हामीले उहाँ जस्तो बाबु पाउनु भाग्यै हो जस्तो लाग्छ।”

adv-single
सम्बन्धित समाचार

एमडीएमएस खरिदमा भ्रष्टाचार : करिब ९२ करोड बिगो दाबीसहित १९ जनाविरूद्ध मुद्दा

विराटनगर । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) परामर्श सेवा खरिदमा अनियमितता भएको भन्दै १९ जना व्यक्ति र २ वटा कम्पनीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १९...

सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ६५ करोड रूपैयाँमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

विराटनगर । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामापत्र बुझाएकी हुन् । नेकपा (माओवादी केन्द्र) बाट दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका...

मुख्यमन्त्री कार्की सवार जहाज विराटनगरबाट उडेको ६ घण्टापछि काठमाडौं अवतरण

विराटनगर । विराटनगरबाट काठमाडौंका लागि उडेको कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार यती एयरको जहाज ६ घण्टापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । विराटनगरबाट बिहीबार बिहान ७ः४५ बजे काठमाडौं उडेको ९एन एएमएन कलसाइनको जहाज...

झापामा हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु, श्रीमान घाइते

झापा । झापाको शिवसताक्षी नगरपालिकामा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । आक्रमणबाट उनका श्रीमान घाइते भएका छन् । शिवसताक्षी-११ स्थित रतुवामाई वृक्षरोपण आयोजनाको वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट स्थानीय ६० वर्षीया पवित्रा...

वर्षाका कारण रद्द भयाे नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल

काठमाडौँ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बीचको खेल रद्द भएको छ । वर्षाका कारण दुवै टोलीबीचको खेल रद्द भएको हो । कीर्तिपुिरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आजदेखि सुरू हुने भनिएको टी-२० शृङ्खलाअन्तर्गतको पहिलो खेल...

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजार बढीकाे प्राणान्त

काठमाडौँ ।  गत फागुन २३ गते बिहान ४:४० बजे सुलोचना सापकोटा पाठक गहिरो निद्रामा थिइन् । उनी आफ्नो १० वर्षको छोरालाई च्यापेर मस्त निदाइरहेकी थिइन् । नेपाल कलेज अफ म्यानेजमेन्टमा पढाउँदै आएकी पाठक बिहान ६...

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री दाहालले बोलाएपछि सभापति देउवा उनलाई भेट्न बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटवार्तामा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई...

देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने

काठमाडौँ । पश्चिमी वायुको प्रभावले बागमती, कोशी र गण्डकी प्रदेशमा निरन्तर वर्षा भइरहेको छ । देशभर बदलीसँगै केही दिन वर्षा जारी रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । विभागका मौसमविद्...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर...

इटहरी गोल्डकप : सगरमाथालाई हराउँदै आर्मी फाइनलमा

धरान । इटहरीमा जारी १४ औँ इटहरी गोल्डकपको सेमिफाइनमा साविक विजेता सगरमाथा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब फाइनलमा प्रवेश गरेको छ । राष्ट्रिय जागृति क्लबद्वारा आयोजित उक्त प्रतियोगिताअन्तर्गत बुधबार राति भएको खेलमा निर्धारित समयमा दुवै...

प्रधानमन्त्रीको निर्देशन- परम्परागत होइन, उत्पादन र रोजगारकेन्द्रित बजेटको तयारी गर्नुस्

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले परम्परागत ढाँचाको नभएर उत्पादन र रोजगारीलाई लक्षित गरी बजेट निर्माणको तयारी गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज आयोजित आर्थिक वर्ष २०८१/८२ को बजेटको...