चन्द्र मोहन विश्वास
सुनसरी । दुहबी नगरपालीका वडा नम्बर ६ मा रामजानकी मन्दीरको उद्घाटन भएको छ। पुर्व उपप्रधानमन्त्री बिजय कुमार गच्छादारले सो मन्दिरको उद्घाटन गरेका थिए।

दुहबी ५ निवासी गुलावचन्द्र प्रसाद रौनियार र बैद्यनाथ प्रसाद रौनियारले आफ्नै निजि लगानीमा निर्माण गरेको उक्त मन्दीर धार्मिक सनातनि गुरु बेदान्तिनन्दनबाट बैदिक बाचन मन्त्र जप गरी उद्घाटन गरिएको थियो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि गच्छदारले दुहबीको समग्र बिकासका लागी रौनियार परिवारले दिएको अतुलनिय योगदानको बारेमा खुलेर प्रशंसा गरेका थिए। उनले दुहबीको बिकासमा आफ्नोपनि अभुतपुर्व योगदान रहेको स्मरण गर्दै हल्दिबारी झापा हुदै मोरङको तेतरिया सुनसरीको दुहबी इनरुवा रोड निमार्ण गर्ने आफ्नो सपना रहेको जनाए ।

उद्घाटन कार्यक्रममा बोल्दै दुहबी नगर प्रमुख बेद गच्छादारले दुहबी. न .पा धार्मिक उर्बरभुमि रहेको साथै पप्पु र सन्जुबाबाले मन्दिर निर्माण गरेर इतिहासले कहिले नभुल्ने पुन्यकाम गरेको बताए । उनले समय सगै परिवर्तन आबस्यक रहेको भन्दै दुहबी लाइ धार्मिक र पर्यटन स्थल बनाउन सडक अत्यावस्यक रहेको र सो का लागी आफु अगाडी बढिसकेको हुदा नगरबासीले बिनापुर्वाग्रह साथ दिनु पर्ने जोड दिएका थिए ।