साताको साहित्य : रामबाबु दाहालका तीन कविता

साताको साहित्य : रामबाबु दाहालका तीन कविता

 राष्ट्रिय डेली

विराटनगरमा बसेर साहित्य सिर्जना गरिरहेका रामबाबु दाहाल साहित्य क्षेत्रको पुरानो नाम हो । विशेष गरी गजल, कविता, समिक्षा लेखनमा सक्रिय दाहाल विभिन्न सामाजिक कार्यमा समेत अग्रसर रहँदै आएका छन् । विराट साहित्य संगमको संस्थापक तथा सक्रिए सदस्य उनका ‘मनका स्वरहरू’ कविता संग्रह प्रकाशन भैसकेको छ । विभिन्न साहित्यिक कार्यक्रमहरूमा आफ्ना गहकिला रचनावाचन गरेर साहित्यमा परिचय बनाउन सफल उनै दाहालका तीन कविता साताको साहित्यमा प्रस्तुत गरेका छौँ ।

रामबाबु दाहाल


……………
मेरो प्रेमको उपासना

निशब्द मौनतामा
मसँग सशब्द साउती मार्छ
‘यो अनुभुत रहस्य हो’
हो अनुभुत …
हृदयको मझेरीमै
चस्कन्छ मन
सुखानुभुतिको संवेग
छल्कन्छ आँखाको नानिमा
झल्कन्छ आफ्नो बानीमा
म हर तरहसँग
तिमी समीप आइरहेकै हुन्छु
तिमीलाई आपैmँमा पाइरहेकै हुन्छु

यो हो हाम्रो प्रेम
जुनलाईभैmँ आकाश गंगामा
सजाउदै मनमा
सिंगारेको छु आफुमा
मुस्कुराउदा‘ चाँदले पुर्णिमामा
तिम्रो मुखाकृति सजाएको छु
मानसपटमा
अनि चलिरहन्छ चलचित्र
छाँया–छवि वरपर
गुन्जन्छ गित सुमधुर लयमा
संगित जुनकिरीको धुनमा
बजिरहेछ मन्द पवनमा

पूर्वजन्मबाट निःसृत हो वा
आउदो जन्मका लागि अनुबन्धित
सम्बन्ध अनुप्राणित छ
निराकार भावमा पुजित
बन्दनिय स्वरमा भजित
हाम्रो प्रेमको उपासना
रनवन, चराचर, अन्तरिक्षमा
आल्हादीत छ
प्रसारित र उमंगित छ
हो ! यो युगल कथा
युगयुग प्रचलित छ
……………
कोरोना कहर

यो निस्तब्ध रातमा
निन्द्रा पर्दैन
परे पनि छिनमै टुट्छ
त्रासदीय संत्रास मडारिन्छ
चिन्ता हैन, चिन्तन ब्युँझन्छ
डर, त्रास, भय केही हैन
प्रतिचिन्तन सलबलाउँछ
यो सृष्टि सभ्यता उद्भव बिकास बिस्तार
ज्ञान, संज्ञान, प्रज्ञान
कुन आलोकमा छामछुम गरूँ ?
वेद, उपनिषद् शास्त्र पुराण
विज्ञान, प्रविधि समाज विकासक्रम
सबै–सबै पछि पार्दै
विपदीय कोरोना यात्रा श्रृङ्खला
कसरी बर्गिकृत गरूँ
यो प्रारम्भ हो या अन्त्य ?
मष्तिष्कका गिर्खा दुख्छन्
यो भयानक रात
सोधूँ कि ती कुकुरहरूलाई
जो भुकिरहेछ्न् पहरेदारीमा
वा ती पनि संत्रस्त
भुकिरहेछन् कोरोना कहरमा ?
मान्छेको त शुद्धी हराएको छ
तान्त्रिक, सन्त, महात्मा, जगतगुरू
चुपचाप छन्
धुपौरे बिलखबन्द हराए होलान्
एजेन्सी चल्दैन पाखण्डको
न त मन्दिरमा स्वयम् घण्ट बज्छ
न पूजा–अर्चना
उफ !
ईश्वरबिना देवत्व पनि
यति निरिह
लाग्छ
लकडाउनको उर्दी अगाडि
उसको त केही लागेन
र बुझेँ, मात्र बुझेँ
मान्छेको भगवान् केवल भय रहेछ ।
……………
तिमी

अनायास सम्झनामा आउने
मनैभरि सधैँभरि छाउने
बिर्सू भन्दा पनि नसकिने
को हौ तिमी ?
प्रात ःको घामझैँ उदाउँछ्यौ
मध्यान्हको राप
साँझको गोधूली हुदै
रातको जूनमा चियाउँछ्यौ
स्वप्न, भोकतिर्खामा र हरपल नै
छाँया बनी सलबलाउने
फूलको महकमा
सुवासित, सुगन्धित तिमी
चराचरमा ब्याप्त मन हौ तिमी
यत्रतत्र सर्वत्र फैलिइने
प्रकाशको किरणझैँ
मात्र तिमी मेरो ‘मन’ हौ

adv-single
सम्बन्धित समाचार

गण्डकीमा चुमानलाई आर्थिक र मनाङेलाई भौतिक मन्त्रालयको जिम्मेवारी

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरूको कार्यविभाजन गरेका छन् । उनले विनाविभागीय मन्त्रीद्धय हरिबहादुर चुमान र राजीव गुरूङ (दीपक मनाङे) लाई आज जिम्मेवारी तोकेका हुन् । नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेतासमेत रहेका...

सगरमाथा आरोहण उत्साहजनक : उठ्यो ५० करोड बढी राजस्व

काठमाडौँ । वसन्तयाममा सर्वोच्च शिखर सगरमाथा आरोण गर्नेबाट ५० करोड रूपैयाँ भन्दा बढी राजस्व सङ्कलन भएको छ । पर्यटन विभागका अनुसार यस यामका लागि सगरमाथा आरोहण गर्न अनुमति लिएका तीन सय ५२ जनाबाट ५० करोड...

सार्वजनिक जग्गा संरक्षणमा लाग्न जिल्ला प्रशासनहरूलाई गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले अतिक्रमित सार्वजनिक जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सार्वजनिक जग्गा फिर्ता ल्याउन शुक्रबार पुनः निर्देशन दिएका...

बर्दिवासलाई पराजित गर्दै एपीएफ मिल्स गोल्डकपको सेमिफाइनलमा

  विराटनगर । चौथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिता सशस्त्र प्रहरी बल ९एपीएफ० पकली सुनसरी सेमिफाइनलमा पुगेको छ । मिल्स गोल्डकप फुटबल ट्रष्टको आयोजनामा विराटनगर जुट मिलको खेलमैदानमा आज भएको उद्घाटन खेलमा महोत्तरीको नगर खेलकुद...

गीतकार प्रमिला बस्नेतको 'सधैं देख्ने सपनाको' सार्वजनिक

काठमाडौं । नेपाली सुगम संगीतमा राम्रो सम्भावना बोकेकी गायिका संगीता चौधरीको स्वरमा ‘सधैं देख्ने सपनाको’ गीतको भिडियो सार्वजनिक भएको छ । क्यानडामा रहेर पनि नेपाली गीतसंगीतमा सक्रिय रहेकी गीतकार प्रमिला बस्नेतको शब्द तथा राजेश थापाको...

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ (चितवन) । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द हुन पुगेका र रुग्ण अवस्थाका उद्योग सञ्चालनका लागि सरकारले चाँडै नयाँ नीति ल्याउने बताएका छन् । उद्योग वाणिज्य सङ्घ र कम्प्युटर एशोसिएशन नेपाल...

काेशीका मुख्यमन्त्री कार्कीविरूद्धकाे संकल्प प्रस्ताव बहुमतले पारित

विराटनगर । कोशी प्रदेशसभाको आजको बैठकमा  सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको छ । सभामुख अम्बरबहादुर विष्टले निर्णयार्थ प्रस्तुत गरेको सो सङ्कल्प प्रस्ताव बहुमतले पारित भएको हो । प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधन) समेतको नियम ७०...

सांसद हसिना खानले लिइन् शपथ

काठमाडौँ । सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणालीद्वारा नवनिर्वाचित सांसद हसिना खानलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । सिंहदरबारस्थित संसद सचिवालयमा आज आयोजित कार्यक्रममा सभामुख घिमिरले सांसद खानलाई पद तथा गोपनीयताको शपथ गराएका...

एकीकृत समाजवादीले कोशी प्रदेशमा मुख्यमन्त्री मागेको छैन : नेता खनाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान सत्ता गठबन्धनका दलहरूको समीकरण परिवर्तन नहुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पुरानो समीकरण परिवर्तन गर्नुपर्ने...

रूखबाट खसेर एक पुरूषको मृत्यु

ढोरपाटन (बागलुङ) । बागलुङमा घाँस काट्ने क्रममा रूखबाट खसेर एकजनाको मृत्यु भएको छ । जिल्लाको निसीखोला गाउँपालिका-४, खाडचौरका ३५ वर्षीय नारायण सुनारको रुखबाट खसेर आज बिहान मृत्यु भएको हो । बिहान ८ बजे बाख्रालाई घाँस...

जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु, ५२ घाइते

चौतारा (सिन्धुपाल्चोक) । जिल्लाको पिस्कर-५, धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको...

नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित

विराटनगर । नेपाली अमेरिकी उद्यमी तथा सामाजिक अभियन्ता प्रकाश थापा सम्मानित भएका छन् । क्यालिफोर्नियाका २४ औं जिल्लासभा सदस्य एलेक्स लीद्वारा अनसंग हिरो २०२४ को रूपमा थापा सम्मानित भएका हुन् । थापा महिलाहरूको लागि मार्शल...