युरो कपले नेपाली इन्टरनेटमा नयाँ ‘रेकर्ड’

युरो कपले नेपाली इन्टरनेटमा नयाँ ‘रेकर्ड’

 राष्ट्रिय डेली

काठमाडौँ, २१ असार । फुटबलप्रेमीका लागि यतिबेला ठूलो उत्सव नै चलिरहेको छ । एकै पटक युरो कप र कोपा अमेरिका कपअन्तर्गतका विभिन्न खेलका कारण उनीहरूलाई तालिका मिलाउन भ्याइनभ्याइ छ ।

नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु भएर बिहान ७ः४५ बजेसम्म युरो र कोपाअन्तर्गतका चारवटा खेल हुने गर्छन् । नेपाली फुटबलपे्रमी रातभर नै भए पनि यी खेल हेर्न व्यस्त देखिन्छन् । फुटबलपे्रमीको यस्तै व्यस्तताले नेपालको इन्टरनेटमा भने नयाँ ‘रेकर्ड’ बनाएको छ ।

रेकर्ड बनेको दिन हो, असार १५ । जुन दिन युरो कपअन्तर्गत राउन्ड १६ का दुई खेल भएका थिए, फ्रान्स र स्विजरल्यान्ड अनि इङ्ल्यान्ड र जर्मनीबीच । निकै प्रतिस्पर्धात्मक रहेका यी दुई खेलमा पेनाल्टीसहित १७ गोल बनेका थिए । राति ९ः४५ बजे जब फ्रान्स र स्विजरल्यान्डबीचको पहिलो खेल सुरु भयो, नेपालको आन्तरिक इन्टरनेट ट्राफिक उकालो लाग्दै गयो ।

नेपालभित्रको आन्तरिक इन्टरनेट ट्राफिक मापन गर्ने इन्टरनेट एक्सचेन्ज नेपाल (एनपीआईएक्स)का अनुसार खेलका दौरान इन्टरनेट ट्राफिक प्रतिसेकेन्ड ४९.८८९ जीबीसम्म पुगेको थियो । संस्थाका प्रमुख कार्यकारी अध्यक्ष रुपेश श्रेष्ठका अनुसार यो नेपालभित्रको अहिलेसम्मकै उच्च इन्टरनेट ट्राफिक हो ।

“युरो कपको खेल हुँदा एकै पटक ट्राफिक बढ्ने अनि मध्यान्तरमा बिस्तारै घट्ने र त्यसपछि फेरि खेल सुरु भएपछि बढ्ने प्रवृत्ति देखियो,” उनले भने, “यही क्रममा अहिलेसम्मकै उच्च ‘रेकर्ड’ पनि बन्यो । ”

सामान्य अवस्थामा नेपालको आन्तरिक इन्टरनेटको ट्राफिक प्रतिसेकेन्ड १२ जीबी हुने गर्छ । यद्यपि पछिल्लो समय त्यस्तो औसत पनि बढेर १५ जीबीसम्म पुगेको छ । ठूला किसिमका फुटबल खेलहरू सुरु हुनासाथ नेपालको आन्तरिक इन्टरनेट ट्राफिक बढ्ने गरेको श्रेष्ठको अनुभव छ ।

“यसअघि पनि सन् २०१८ मा विश्व कपको समयमा ट्राफिक बढेर ३२ जीबीपीएससम्म पुगेको थियो,” उनले भने। त्यो नै नेपालभित्रको आन्तरिक इन्टरनेट खपतमा यसअघिको रेकर्ड थियो ।

पछिल्लो समय सेवा प्रदायकहरूले युरो कपजस्ता इन्टरनेट कन्टेन्टको नेपालमै होस्टिङ गर्दा पनि आन्तरिक इन्टरनेट ट्राफिक बढी हुने पुगेको श्रेष्ठको भनाइ छ । यसले अर्काेतिर नेपाललाई आर्थिक रूपमा पनि फाइदा पुगेको उनको बुझाइ छ । “नेपालभित्रै होस्टिङ हुँदा अन्तर्राष्ट्रिय ब्यान्डविथ खपत नहुँदा ठूलो रकम बाहिरिनबाट पनि रोकिन्छ,” उनले भने। पछिल्लो समय चर्चित इन्टरनेट कन्टेन्टहरूको क्यास सर्भर राखेर नेपालमै होस्टिङ गर्ने चलन पनि बढिरहेको उनले जानकारी दिए ।

ओभर दी टप (ओटीटी)मार्फत नै टेलिभिजन हेर्न सकिने सुविधाले पनि यसमा बल पु–याएको उहाँको बुझाइ छ । अहिले डिस होम गो, नेट टीभी, भाया टीभी, प्रभु टीभीजस्ता एपमार्फत नै प्रयोगकर्ताले टेलिभिजन हेर्न सक्छन् ।

त्यस्तै इन्टरनेट सेवा प्रदायकले इन्टरनेटमै आधारित रहेर आफ्ना प्रयोगकर्तालाई टेलिभिजन सुविधा पनि उपलब्ध गराइरहेका छन् । इन्टरनेट प्रयोगमार्फत टेलिभिजन हेर्ने प्रवृत्तिले पनि ट्राफिक बढेको श्रेष्ठको तर्क छ ।

यसले अन्ततः नेपाललाई नै फाइदा पुग्ने उहाँले बताउनुभयो । एनपीआईएक्सले आफ्ना सदस्यहरूबाट प्राप्त तथ्याङ्कका आधारमा नेपालको आन्तरिक इन्टरनेट ट्राफिक मूल्याङ्कन गर्छ । अहिलेका यसका करिब चार दर्जन सदस्य छन् । देशका प्रमुख दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक, सूचना प्रविधिसँग सम्बन्धित सरकारी निकाय, होस्टिङ सेवा प्रदायक यसका सदस्य छन् ।

adv-single
सम्बन्धित समाचार

आफैं सवार बसले ओर्लने क्रममा ठक्कर दिएर तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना तीर्थयात्रीको मृत्यु भएको छ । राप्ती–२, गड्यौलीस्थित पूर्व–पश्चिम राजमार्गमा सुनसरीको चतराधामबाट फर्केकी राप्ती नगरपालिका–२, गड्यौली बस्ने ६० वर्षीया निमाकुमारी रिजालको आफूले यात्रा गरेको बसको ठक्करबाट...

नेपाल-चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न, यी विषयमा भयो छलफल र सहमति

काठमाडौँ । नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी दुई वर्षका लागि प्राप्त हुने सहायता परियोजनाको पहिलो बैठक तिब्बतको राजधानी ल्हासामा सम्पन्न भएको छ । बुधबार सम्पन्न बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल...

जंगलबाट गाउँ पसेको डढेलोले खोटाङमा १३ घर खरानी

खोटाङ । सामुदायिक वनमा लागेको डढेलो गाउँसम्म फैलँदा बराहपोखरी गाउँपालिका–१, बराहपोखरीमा १३ वटा घर खरानी भएका छन् । बराहपोखरी सामुदायिक वनमा लागेको डढेलोले १३ वटा घर, सातवटा मतान, दुईवटा गोठ खरानी पारेको हो । क्षतिको...

यस्तो रहने छ आज दिनभरको मौसम

विराटनगर । हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ...

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ

भोजपुर । भोजपुरमा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १७ वर्षपछि पक्राउ परेका छन् । २०६३ कात्तिकमा भोजपुर भैँसीपङ्खाका निमा दावा शेर्पाको हत्या गरेको अभियोगमा ६० वर्षीय चन्द्रबहादुर तामाङलाई प्रहरीले मङ्गलबार धरानबाट पक्राउ गरेको हो ।...

झापामा बोलेरोको ठक्करबाट एकै मोटरसाइकलमा सवार तीन जनाको मृत्यु

दमक (झापा) । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी-झिलझिले खण्डमा आज बिहान बोलेरोले मोटरसाइकललाई ठक्कर दिँदा कमल गाउँपालिका-४ का तीन जनाको मृत्यु भएको छ । आज बिहान बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई,...

कतारका राजाको ऐतिहासिक नेपाल भ्रमण कति उपलब्धिमूलक ?

विराटनगर । कतारका अमिर शेख तमिम विन हमाद अल थानीले यही वैशाख ११ र १२ गते नेपालको राजकीय भ्रमण सम्पन्न गरेका छन् । मध्यपूर्वको क्षेत्रफलमा सानो तथा प्रभावशाली र धनी देश कतारका अमिरको नेपाल भ्रमणका...

बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर एक जनाको मृत्यु

विराटनगर । पाँचथरमा बाँदर धपाउनका लागि भरूवा बन्दुक पड्काउँदा बारूदको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका-४, सिबुवाका ५१ वर्षीय मनकुमार सिगुको मृत्यु भएको हो । प्रहरीका अनुसार आइतबार राति साढे १०...

कतारका राजाको नेपाल भ्रमणमा भोलि सार्वजनिक बिदा

काठमाडौँ । सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको...

झापामा सहकारी संस्थामा चोरी गर्ने ६ जना पक्राउ

भद्रपुर (झापा) । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरूलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो । विभिन्न सहकारी संस्था तथा...

टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस सार्वजनिक, कति छ मूल्य ?

विराटनगर । टीभीएस मोटर नेपालको एक मात्र आधिकारिक विक्रेता जगदम्बा मोटर्सले टीभीएस अपाचेको नयाँ मोडल आरटीआर १६०-टू भी रिफ्रेस आज विराटनगरमा सार्वजनिक गरेको छ । यसअघि टीभीएसले नेपाली बजारमा टीभीएस रोनिन, अपाचे,एन्टर्क, रेडर, आईक्युबजस्ता उत्कृष्ट...

अमेरिकाको मेम्फिस ब्लक पार्टीमा गोली चल्दा दुई जनाको मृत्यु, ६ घाइते

वासिङ्टन । अमेरिकी सहर मेम्फिसिमा शनिबार एउटा ब्लक पार्टीमा गोली चल्दा दुई जनको मृत्यु र अन्य छ जना घाइते भएको स्थानीय प्रहरीले बताएको छ । घटनास्थलमा दुई जना मृत फेला परेको र घाइते छमध्ये एक...