निरिह प्रशासन, बोर्डर खुल्ला छ हजुर !

निरिह प्रशासन, बोर्डर खुल्ला छ हजुर !

 राष्ट्रिय डेली

कटवाल दिपक

समय बेलुकाको ५ बजे । स्थान बिराटनगर १७ ईस्लामपुर । दुई पत्रकार बोर्डर रिपोर्टिङका क्रममा जाँदा मान्छेको आवतजावत निक्कै बाक्लो देखिन्छ । सुरक्षामा बसेका प्रहरीहरू आफ्नै धुनमा मस्त छन् । साइकल लिएर आउने देखि बाइक कार लिएर आउनेहरूको उपस्थिति बाक्लो छ ।

बिशेष गरी लागुऔषध प्रयोगकर्ताहरूको बाक्लो उपस्थिति हुने गर्छ उक्त क्षेत्रमा । आफ्नो परिचय गोप्य राखेका कारण पत्रकार आएको जानकारी प्रहरीले पाएको थिएन । लगेर बाइक प्रहरीको अगाडी रोक्यै । एक प्रहरीले ठुलो स्वरमा बाइक पर राखेर पारी जानेभा जा भने । उनको परिचय थियो एलपी बस्नेत । धेरै जसो भारतीय नम्बर प्लेटका सवारी साधनहरू नेपालतर्फ आइरहेका थिए ।

भारतमा मदिरा निशेधित भएयता हरेक साँझ नेपालमा मदिरा खान आउनेको लर्को लाग्ने गरेको छ । तर, प्रहरी प्रशासनले रोक्ने काम गरेको देखिदैन । मौन छ प्रहरी प्रशासन । प्रहरीलाई केहि नभनी कोसी अनलाइनकर्मी मोहन ढकाल र म त्याहाँबाट दरैया बार्डर तिर लाग्छौँ । दरैयाको अवस्था पनि उस्तै थियो ।

एक एक कप चियाखाइसके पश्चात मैले झोलाबाट क्यामेरा निकालेर फोटो र भिडिया खिचेँ र आफ्नो आइडी कार्ड लगाँए । असई जी ंपी भट्टराई हत्तारिएर हामी छेउ आएर भिडियो र फोटो डिलिट गर्न दवावदिए । हामीले डिलिट नगर्ने भनेपछी उनले दुईतिन जनालाई फोन घुमाए ।

उनले कसलाई फोन लगाए त्यो हामीले पत्तालगाउन सकेनाँै । बोर्डर रिर्पाेटिङमा जाँदा प्रहरीलाई जानकारी गराएर आउनुपर्छ भनेर भट्टराई कड्किए । केही बेर पश्चात हामी त्याहाँबाट हिड्यौँ । कति लाचार छ मेरो देशको प्रहरी प्रशासन ।

सडकमा बिहान बेलुकाको छाक टार्न थोरै तरकारी बेच्न बसेका गरिवहरूको तरकारी फालिदिन्छ तर सिमानामा भईरहेको तस्करी देख्दैन । खाद्यान्नमा भईरहेको तस्करी देख्दैन, सुन तस्करी देख्दैन । सानो चियापसल खोलेकोे देख्छ तर लागुपदार्थ दुव्र्यशनी खुलेआम बोर्डर बोर्डर वारपार गरेको देख्दैन ।

मेरो देशमा गरिवहरूलाई चुल्लो बाल्न गाह्रो छ । तर, माफियाहरू यस आरामका साथ हिड्छन् । कानुन र नियम मेरा देशका गरिवहरूलाई मात्र लाग्छ । डि.आइ.जी अरुण कुमार विसीले कार्यालय हाजिर भएपछि भन्नुभएको छ, ‘तस्करी नियन्त्रण गर्छु भनेर ।’ यँहाबाट बुझ्न सकिन्छ नाकामा पहिले तस्करी कतिहुदो रहेछ भनेर ।

आशा छ तस्करी निमुर्ल हुनेछ । नाकामा पत्रकार रिपोर्टिङमा जाँदा केहिबेर टाइट हुन्छ तर फेरी उस्तै । नाकामा गएका अन्य पत्रकार प्रहरीसँगै बसेर चियाखाएर आँउछन् तर तस्करी देख्दैनन् । आज मेरो देशको पत्रकारीता क्षेत्रमामात्र १०० प्रतिशत सुधार हुने हो भने अन्य क्षेत्र आफैँ सुधार हुने थिए ।

adv-single
सम्बन्धित समाचार

बाह्र वर्षमै एसइई परीक्षा दिँदै पर्वतका एक छात्र

पर्वत । सामान्यतया एसइई दिने विद्यार्थीको उमेर १४ वर्षदेखि माथिको हुने गरेको पाइन्छ । पर्वतमा भने १२ वर्षीय एक छात्र बिहीबारदेखि सञ्चालित एसइई परीक्षामा सहभागी भएका छन् । दक्षिण पर्वतको पैंयुँ गाउँपालिका–४ मा रहेको जनसेवा...

मन्दीमै छ अर्थतन्त्र तर सरकार दाबी गरिरहन्छ, 'सुधार भइरहेको छ'

विराटनगर । सर्वेक्षण तथा तथ्याङ्कहरूले देशको अर्थतन्त्र झनझन घाटामा गइरहेको तथा सङ्कट जारी रहेको देखाइरहँदा पनि सुधार भइरहेको सरकारको दाबी भने दोहोरिन छाडेको छैन । वैदशिक व्यापार घाटा बढिरहेको, आन्तरिक बजारमा आर्थिक मन्दी कायमै रहेको...

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले चलाएको गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणसम्बन्धी अभियानका क्रममा पेस्तोलसहित ताप्लेजुङको फुङ्लिङका २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बूलाई आज पक्राउ गरेको...

मिटर ब्याजका पाँच मुद्दामा मिलापत्र

चितवन । अनुचित लेनदेन मिटर ब्याजका मुद्दा जिल्ला प्रहरी कार्यालयबाट हेर्न थालेसँगै चार निवेदनमा मिलापत्र गराइएको छ । जिल्ला प्रशासन कार्यालयबाट गत माघ ११ गते प्रहरी कार्यालयमा आएका ६३ निवेदनमध्ये चार र सोही मितिपछि परेका...

जुगल हिमाल आरोहणको अन्तिम तयारीमा

चौतारा , सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल हिम शृङ्खलाअन्तर्गका दुई नयाँ हिमालको पहिलो आरोणका लागि अन्तिम तयारी भइरहेको छ । जुगल गाउँपालिकाको शिरमा रहेका जुगल–१ र जुगल–२ को दश पर्यटकले पहिलोपटक आरोहण गर्ने भएका गाउँपालिका कार्यालयले...

सुनको मूल्य रु दुई हजार एक सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु दुई हजार एक सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्य आज झनै वृद्धि भएको हो । बिहीबार प्रतितोला रु एक लाख २७ हजार नौ...

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्ने

विराटनगर । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिका लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । इटहरी रङ्गशालामा बिहीबार राति भएको...

मौसम बदली भोलिसम्मै, आइतबारदेखि सुधार हुने

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि शनिबारसम्म जारी नै रहने र आइतबारदेखि क्रमशः सुधार हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । न्यून चापीय वायुको प्रभाव आइतबारदेखि कमजोर भई मौसममा...

विराट गोल्डकपमा भुटानको विजयी सुरूआत, आज आर्मी र एनआरटी खेल्दै

विराटनगर । विराट गोल्डकप ट्रष्टद्वारा विराटनगरको शहीद रङ्गशालामा आयोजित रात्रिकालीन ‘विराट गोल्डकप फुटबल’ प्रतियोगिताअन्तर्गत बिहीबार राति भएको उद्घाटन खेलमा भुटानको आरटीएफसी टिम विजयी भएको छ । आरटीएफसी भुटानले नेपाल पुलिस क्लबलाई ३-० गोलले पराजित गरेको...

एमडीएमएस खरिदमा भ्रष्टाचार : करिब ९२ करोड बिगो दाबीसहित १९ जनाविरूद्ध मुद्दा

विराटनगर । नेपाल दूरसञ्चार प्राधिकरणले गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिष्टम (एमडीएमएस) परामर्श सेवा खरिदमा अनियमितता भएको भन्दै १९ जना व्यक्ति र २ वटा कम्पनीविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १९...

सामान्य अंकले बढ्यो नेप्से, २ अर्ब ६५ करोड रूपैयाँमाथिको कारोबार

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज भने उकालो लागेको छ । नेपाल स्टक एक्सचेजका अनुसार नेप्से परिसूचक चार दशमलव ७८ अङ्कले उकालो लागेर दुई हजार ३५ दशमलव ६४ मा पुगेको छ...

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले दिइन् राजीनामा

विराटनगर । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएकी छन् । अर्यालले बिहीबार राष्ट्रियसभा अध्यक्ष नारायण दाहालसमक्ष राजीनामापत्र बुझाएकी हुन् । नेकपा (माओवादी केन्द्र) बाट दाहाल गत फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष निर्वाचित भएका...