विराटनगर, २६ असार । विराटनगरमा भाईले दाजुको हत्या गरेका छन् । राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत हवल्दार भोला सिंहको हत्या आफ्नै भाईले गरेका हुन् ।
विराटनगर महानगरपालिका–५ पृथ्वी चोकका ३१ वर्षीय काले भनिने साजन सिंहले पारिवारिक विवादमा दाजु ४२ वर्षीय भोला सिंहको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीले बताए । भोला राष्ट्रिय अनुसन्धान कार्यालय खोटाङमा कार्यरत थिए ।
रक्सीको नसामा रहेका उनले शुक्रबार राति धारिलो हतियार प्रहार गरेर दाजुको हत्या गरेको प्रहरीले दाबी गरेको छ ।
लागुऔषधको दुव्र्यसनमा फसिसकेका साजनले मादक पदार्थ सेवन गरेर दाजुको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको एसपी जिसीको भनाइ छ ।
हतियार प्रहारबाट भोलाको घाँटीको दायाँ भाग, टाउको र देब्रे हातको पातोमा गहिरो चोट लागेको प्रहरीको भनाई छ ।
दाजुको हत्यामा संलग्न साजनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।
Post Views: 236