मोरङमा एमालेले वडा कमिटी र पालिकाको अधिवेशन गर्ने

मोरङमा एमालेले वडा कमिटी र पालिकाको अधिवेशन गर्ने

 राष्ट्रिय डेली

विराटनगर, २६ असार । नेकपा एमाले मोरङले वडा कमिटी र पालिका कमिटीको अधिवेशन गर्ने भएको छ । एमाले मोरङले १५९ वटा वडा कमिटीमा भदौ ५ गते र १७ वटै पालिकामा भदौ १५ गते अधिवेशन गर्ने निर्णय गरिएको स्कुल विभाग प्रमुख रुपेश खतिवडाले जानकारी दिए ।

एमाले मोरङ अध्यक्ष ऋषिकेश पोखरेलको अध्यक्षतामा आज बसेको जिल्ला कमिटीको बैठकले वडा कमिटी र पालिका कमिटीको अधिवेशन एकै दिन गर्ने तयारी गरिएको खतिवडाले बताए । जनसंगठनहरुले भेला तथा अधिवेशनबाट नयाँ कमिटी निर्माण भदौ मसान्त सम्ममा गरिसक्नु पर्ने बैठकले निर्णय गरेको छ । जिल्ला कमिटी बैठकले २०७८ सालको सदस्यता नविकरण आगामी साउन १५ गते भित्रमा गरिसकेर जिल्लामा नामावली र शुल्क बुझाई सक्नुपर्ने निर्णय गरेको छ । बैठकले विभिन्न पार्टीबाट आएका, विगतमा नेकपा हुँदा पार्टी सदस्य कायम भएका र एमालेमा रहेका सवैको पार्टी सदस्यता नविकरण गर्ने निर्णय गरेको स्कुल विभाग प्रमुख खतिवडाले बताए ।

बाढी, पहिरोबाट हुन सक्ने जोखिमबाट बच्नका लागि आवस्यक सहयोग तथा स्वयंसेवकीय र संभावित जोखिमको रोकथाम र न्युनीकरणका लागि आवस्यक भूमिका निर्वाह गर्न जनवर्गिय संगठनहरु राष्ट्रिय युवा संघ, अनेरास्ववियु, टे«ड युनियन महासंघ र अनेमसंघलाई आवस्यक सहयोगका लागि जिम्मेवारी दिईएको छ । एमाले केन्द्रिय सदस्य तथा प्रदेश १ सचिव विनोद ढकालको प्रमुख आतिथ्यमा बसेको बैठकले आगामी भदौ भित्रमा सवै नागरिकलाई कोभिड १९ विरुद्धको खोप लगाउन संघीय सरकारसँग माग गर्ने निर्णय गरेको छ । यस्तै कोरोना संक्रमण तथा अन्य कारणबाट निधन भएका पार्टीका नेता कार्यकर्ताहरुमा श्रद्धाञ्जली तथा परिवारजनमा समवेदना पनि प्रकट गरेको स्कुल विभाग प्रमुख खतिवडाले जानकारी दिए ।

जिल्ला कमिटी बैठकमा नेता ढकालले एमालेमा समानान्तर गतिविधि गरिरहेको समूहलाई अन्य पार्टीसँग गठबन्धन टुटाउन आग्रह गरे । अन्य पार्टीसँगको गठबन्धन टुटाए एमाले एकताबद्ध हुने उनको भनाई छ ।

adv-single
सम्बन्धित समाचार

प्रकाशमानले पाए कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

विराटनगर। प्रधानमन्त्री केपी शर्मा ओलीसहितको टोली चीन प्रस्थान गरेसँगै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान श्रेष्ठलाई दिइएको छ। सोमबार राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी श्रेष्ठलाई दिइएको जनाएको हो। यसअघि...

उपनिर्वाचन :मतगणना अन्तिम चरणमा, कुन दलले कहाँ जिते ?

विराटनगर । स्थानीय तह उपनिर्वाचनको मतपरिणाम अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणाम अनुसार कांग्रेसले १५ वडामा वडाध्यक्ष पदमा निर्वाचित भएको छ। एमालेले एक अध्यक्ष र एक उपाध्यक्षसहित ५ वटा वडामा वडाध्यक्ष जितेको छ। यसैगरी माओवादीले...

मोरङको ग्रामथाममा  नमोनारायण माझी विजयी

  विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका नमो नारायण माझी निर्वाचित भएका छन्। माझीले ६९६९ मत ल्याएर विजयी हुँदा कांग्रेसका बलराम सरदार थारू ५३३३ मतसहित दोस्रो भए। यसअघि कांग्रेसले जितेको यो गाउँपालिकामा...

१ हजार २ सयले घट्यो सुनको मूल्य

विराटनगर । स्थानीय बजारमा सोमबार पहेलो धातुको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला १ हजार २ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आईतबार तोलामा १ लाख ५० हजार ५ सयमा कारोबार...

भेडेटारमा भिजी कलेजको एक दिने अभिमुखीकरण सम्पन्न

  विराटनगर । विराटनगर – ११ मा रहेको भिजी कलेजले बिबिए ,बिएसी र सिएसआइटीको नयाँ सत्रमा भर्ना भएका विद्यार्थीहरूलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजले कोशी प्रदेशको पर्यटकीय स्थल भेडेटारमा नयाँ संकायमा भर्ना भएका...

अर्किड कलेजलेद्वारा विज्ञान विषयका विद्यार्थीहरुलाई अवलोकन

  विराटनगर । विराटनगरको अर्किड कलेजले कक्षा ११ का विज्ञान तर्फका विद्यार्थीहरुलाई अवलोकन भ्रमण गराएको छ । कलेजले कक्षा ११ मा विज्ञान विषयमा बायोलोजी अध्ययन गर्ने  २५० भन्दा बढि विद्यार्थीहरुलाई लेटाङको राजारानीमा अवलोकन भ्रमण गराएको...

शेयर बजारमा दोहोरो अंकले वृद्धि, बढ्यो कारोबार रकम

  विराटनगर । मंगलबार शेयर बजार दोहोरो अंकले बढेको छ । शेयर बजार ३३.४१ अंकले बढेर २,७१६ बिन्दुमा कायम भएको छ । शेयर बजारमा २१० कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ कम्पनीको शेयर मूल्य...

मूल्य घटेपछि सुनको माग बढ्यो

विराटनगर । सरकारले सुन आयातमा लाग्ने भन्सार दर आधा घटाएपछि त्यसको प्रभाव उपभोक्ता बजारमा देखिएको छ। सुनचाँदी पसलमा सुन किन्ने उपभोक्ताको सङ्ख्या बढेको छ। सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष मणिरत्न शाक्य मूल्य घटेपछि माग बढ्नु...

इजरायली राजदूत पुगे सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय

  विराटनगर। । नेपालका लागि इजरायलका राजदूत शुमलिक एरी बासले सोमवार सुन्दरीजलस्थित बिपी सङ्ग्रहालय पुगेका छन्। इजरायल र नेपालबीचको ६४ वर्ष पुरानो कूटनीतिक सम्बन्धलाई अझ दिगो बनाउने तथा तत्कालीन प्रधानमन्त्री बिपी कोइरालाप्रति सम्मान प्रकट गर्न...

ग्रामथानमा कांग्रेस‚ एमाले र माओवादीबीच नै प्रतिस्पर्धा हुने

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका यतीबेला चुनाव लागेको छ। नेता कार्याकर्ताहरु घरदैलो कार्यक्रममा व्यस्त देखिन्छन् । एक स्वतन्त्र र १५ राजनितिक दलका अध्यक्ष पदका उम्मेदवार मतदाताहरुसँग मत माग्दै घर घर हिँडिरहेका छन् । ग्रामथान गाउँपालीकामा...

बाघको छालासहित एकजना पक्राउ

  विराटनगर । वडा प्रहरी कार्यालय चन्द्रौटाले बाघको छालासहित एक जनालाई पक्राउ गरेको छ। शिवराज नगरपालिका वडा नं—२, हल्लानगरस्थित करुणा रेष्टुरेन्ट एण्ड लजमा कारोबार हुँदै गरेको विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको सादा...

ग्रामथानमा कांग्रेस जिताउन पुर्वमन्त्री देखी केन्द्रीय नेता मत माग्दै

  विराटनगर । ग्रामथान गाउँपालीकामा नेपाली कांग्रेसका उम्मेदवार बलराम सरदारलाई जिताउन पुर्वमन्त्री सहित केन्द्रीय नेताहरु एक भएका छन् । नेपाली कांग्रेसका मोरंङ सभापती तथा पुर्व युवा तथा खेलकुद मन्त्री डिग बहादुर लिम्बु, पुर्व अर्थमन्त्री महेश...