कांग्रेस महानगर सचिवमा भट्टराईको दाबी

कांग्रेस महानगर सचिवमा भट्टराईको दाबी

 राष्ट्रिय डेली

विराटनगर, २६ असार । नेपाली कांग्रेसको १४ औं महाधिवेनको तयारी तीव्र पारिएको छ ।

क्रियाशील सदस्यको अझै टुंगो लाग्न बाँकी रहे पनि वडादेखि केन्द्रसम्मको नेतृत्वसहित विभिन्न पदमा पुग्नका लागि तयारीलाई तीव्रता दिएको छ । उनीहरूले नेता र कार्यकर्ता भेटघाटलाई तीव्रता दिएका छन् । यसै सिलसिलामा प्रदेश राजधानी विराटनगर महानगर समितिका विभिन्न पदका आकांक्षीहरूको चर्चा सुरु भएको छ ।

आकांक्षीमध्ये विद्यार्थी राजनीति हुँदै हाल कांग्रेसको राजनीति गर्दै आएका तेजिन्द्र भट्टराईले सचिवमा दाबी प्रस्तुत गरेका छन् । हाल मोरङ कांग्रेस संगठन विभागका सदस्यसचिव रहेका भट्टराईले सचिवमा उम्मेदवारी दिने बताए ।

त्यसका लागि नेता र कार्यकर्ताको साथ रहने उनको विश्वास छ । नेविसंघ क्षेत्रीय सदस्य, सहसचिवको समेत उनले जिम्मेवारी बहन गरिसकेका छन् । २०५५ सालमा महेन्द्र मोरङबाट नेविसंघको राजनीति सुरु गरेका भट्टराईले भने, ‘म कुनै गुट र उपगुटको पछि लागेर भन्दा पनि सबैको साथ र सहयोगबाट सचिवमा दाबी प्रस्तुत गर्ने योजनामा छु ।’

तीन पटक नेविसंघको महाधिवेशन प्रतिनिधि भएका भट्टराई शाही शासनका विरुद्ध आन्दोलनमा उत्रिँदा पटक–पटक प्रहरी हिरासतमा पुगेका थिए । ‘मैले सम्पूर्ण समय पार्टी संगठनमै खर्च गर्ने योजना बनाइसकेको छु र यसभन्दा अगाडि पनि पार्टीका हरेक गतिविधिमा सहभागी भएको छु,’ उनी भन्छन्, ‘मैले आफैंले मूल्यांकन गर्दा मेरा लागि सचिव पद उपयुक्त छ ।’

कांग्रेसको महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । त्यसअघि साउन १२ देखि वडा अधिवेशन सुरु हुनेछ ।

adv-single
सम्बन्धित समाचार

कवि राम अधिकारीको ‘सपना र छायाहरू’ विमोचित

विराटनगर । शब्द मिडिया प्रा.लि.ले प्रकाशन गरेको ‘सपना र छायाहरू’ कवितासङ्ग्रहको विमोचन भएको छ । कवि राम अधिकारीको पहिलो पुस्तकको रूपमा आएको उक्त कविताकृति साहित्यकारहरूका बीच विचोचन गरिएको थियो । पुस्तकलाई प्रमुख अथिति प्रा.डा.सुष्मा आचार्य,...

धादिङमा भ्यान दुर्घटना हुँदा ११ जना घाइते

    विराटनगर। काठमाडौंबाट चितवनको कुरिनटार जाँदै गरेको भ्यान आज दिउँसो धादिङको थाक्रे गाउँपालिका ६ मा दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । घाइतेहरुमध्ये तीन जनाको अवस्था मध्यम र अन्यको अवस्था सामान्य रहेको प्रहरीले...

बंगलादेशमा डेंगुका बिरामी ५० हजार नाघे, २६४ को मृत्यु

    विराटनगर । बंगलादेशी स्वास्थ्य प्राधिकरणले बंगलादेशमा डेंगुका कारण हालसम्म २६४ जनाको मृत्यु भएको छ। यस वर्ष देशमा डेंगु पुष्टि भएको कुल सङ्ख्या ५३ हजार १९६ पुगेको छ। डेंगु ज्वरो, संक्रमित एडिस लामखुट्टेको टोकाइबाट...

सरकारको कामप्रति कांग्रेस सन्तुष्ट छ : देउवा

  विराटनगर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको सय दिनको कामप्रति काँग्रेस सन्तुष्ट रहेको बताएका छन्। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले सय दिनमा गरेको कामबाट असन्तुष्टि जनाउनुपर्ने कुनै कारण...

एमबिबिएसमा नाम निकाल्ने विद्यार्थीलाई भानु कलेजको सम्मान

विराटनगर । एमबीबीएसमा नाम निकाल्ने विद्यार्थीलाई भानु कलेजले सम्मान गरेको छ । कलेजले एक कार्यक्रक गरी एमबीबीएसमा नाम निकाल्ने विद्यार्थी प्रज्जल खड्कालाई सम्मान गरेको हो । खड्काले ३२ औं स्थानमा एमबीबीएसमा नाम निकालेको थिए ।...

सरकारको १०० दिन विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने :प्रभु साह

  काठमाडौ । आम जनता पार्टी आजपाका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको १०० दिने कार्यकाल विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काममै सिमित रहेको बताएका छन् । काठमाडौंमा आज...

कृषि एम्बुलेन्सले चितवनका किसानलाई राहत

  चितवन । इच्छाकामना गाउँपालिका(२ हपनीका कर्णबहादुर चेपाङलाई अचेल आफूले उत्पादन गरेका सागसब्जी बजारसम्म लैजान कुनै समस्या छैन। उत्पादित सागसब्जी बजारसम्म लैजान घरमा नै कृषि एम्बुलेन्स आइपुग्छ। इच्छाकामना गाउँपालिकाले हपनी कृषि समूहको साझेदारीमा कृषि एम्बुलेन्स...

५८ अंकले घट्यो नेप्से परिसूचक

  विराटनगर । सेयर बजारको नेप्से परिसूचक आज सोमबार करिब ५८ अंकले घटेको छ। ५७.९९ अंक घटेपछि नेप्से २६३९ मा कायम भएको छ। बजार घटेसँगै कारोबार रकमसमेत घट्न पुगेको छ। अघिल्लो कारोबार दिन ८ अर्ब...

विवादित एसपी कार्कीको सरुवा, सादा पोसाकका प्रहरीहरु छानविनको दायरामा

  विराटनगर । गृह मन्त्रालयको पन्ध्रौँ निर्णयमा उल्लेखित भए अनुसार सादा पोसाकमा प्रहरी नराख्ने भनिएता पनि यो निर्णयलाई वास्ता नगरी एसपी नवराज कार्कीले आफैले सादा पोसाकमा घुमुवा प्रहरी राखी तस्करसँग साँठगाँठ गरी अवैध रकम उठाएको...

 अदालतले मलाई न्याय दिन्छ :लामीछाने

  विराटनगर। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई अदालतले न्याय दिने बताएका छन् । सहकारी ठगीमा अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत लगेका बेला पत्रकारहरुसँगको छोटो कुराकारी गर्दै न्यायलयले...

शेयर बजारमा उच्च अंकले गिरावट

विराटनगर। शेयर बजारमा साताको पहिलो दिन उच्च अंकले गिरावट आएको छ । शेयर बजार ४७.४४ अंकले घटेर २,६९७ बिन्दुमा कायम भएको छ । शेयर बजारमा १८ कम्पनीको शेयर मूल्य बढेको भने २२६ कम्पनीको शेयर मूल्य...

रास्वपाका कार्यकर्ताले तोडे निषेधित क्षेत्र

  पोखरा । पोखरामा प्रदर्शनकारीले निषेधाज्ञा तोडेका छन् । पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अर्कै बाटो प्रयोग गरी अदालत पुर्याइएपछि रास्वपाका कार्यकर्ता आक्रोशित भएका हुन् । आक्रोशित कार्यकर्ताले ढुंगामुढासमेत गरेका...