विराटनगर, २७ असार । सञ्चारकर्मी सञ्चार सहकारी संस्थाको दशौं स्थापना दिवसको अवसरमा ६ पत्रकार पुरस्कृत भएका छन् ।
सहकारी संस्थाले बिजमाण्डु अनलाइनका विराटनगर सम्वाददाता अनन्तराज न्यौपाने, कारोबार दैनिकका सम्वाददाता मीनकुमार श्रेष्ठ, विराटनगर राससका प्रमुख मोहम्मद सदरुल, न्युज ट्वाइटीफोरकी सम्वाददाता तारा आचार्य, निगरानी अनलाइनकी राजकुमारी तामाङ र सिम्रिक एफएम पथरीकी एलिना दियालीलाई सहकारी संस्थाको दशौं स्थापना दिवसको अवसरमा पुरस्कृत गरेको हो ।
ओमप्रकाश गोयल आर्थिक पत्रकारिता पुरस्कार २०७५ सालदेखि प्रदान गर्न सुरू गरिएको हो । न्यौपानेलाई २०७७ को श्रेष्ठलाई २०७८ सालको पुरस्कार प्रदान गरिएको हो । समाजसेवी दीनवन्धु गोयलले आफ्ना दाजुको नाममा स्थापना गरेको सो पुरस्कारको राशि ५० हजारको छ ।
यस्तै २०७७ सालको मेम्बर चन्द्रलाल–दुर्गादेवी दाहाल सञ्चार श्रमजीवी पुरस्कार पत्रकार सदरुललाई र २०७८ सालको पत्रकार आचार्यलाई प्रदान गरिएको छ ।
यस्तै २०७७ सालका लागि तामाङ र २०७८ सालका लागि दियाली मीनादेवी श्रेष्ठ महिला पत्रकार प्रोत्साहन पुरस्कारबाट पुरस्कृत हुने भएका हुन । सो पुरस्कारको राशि १० हजारको छ ।
Post Views: 283