काठमाण्डौं, ३० असार । दक्षिण अफ्रिकामा भएको हिंसात्मक प्रदर्शनमा ७२ जनाले ज्यान गुमाएका छन् ।
पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल चलान भएसँगै सुरु भएको हिंसात्मक प्रदर्शनमा ७२ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । ज्याकोब जुमा निर्दाेष रहेको भन्दै उनका समर्थकले रिहाइको माग गर्दै विरोध प्रदर्शन गर्दै आएका छन् ।
हिंसा भड्कदै गएपछि दक्षिण अफ्रिकामा लुटपाटका घटना समेत बढेका छन् । लुटपाट कायम रहेमा छिट्टै नै अत्यावश्यक सामग्रीको अभाव हुने त्यहाँका अधिकारीहरुले बताएका छन् । हिंसा नियन्त्रणका लागि सेना परिचालन गरिएको छ । तर, पनि हिंसात्मक प्रदर्शन रोकिएको छैन ।
प्रहरीले अहिलेसम्म १२ सय जनाभन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
Post Views: 75