विराटनगर, ३० असार । परिवर्तनका हातहरूले विद्यार्थीहरुका लागि आयोजना गरेको देशव्यापी खुल्ला कविता प्रतियोगिताको नतिजा सार्वजनिक भएको छ । प्रतियोगीतामा झापाकी शेलिया श्रेष्ठको ‘एउटै छ माटोको रङ’ शिर्षकको कविता प्रथम भएको छ ।
यस्तै काठमाडौं एम्बिसन एकेडेमिकी विद्यार्थी प्रविज्ञा नेपालको ‘म भित्रको देश’ शिर्षकको कविता द्धितिय, मोरङ्ग रतुवामाईकी शर्मिला चौलागाईको ‘अछुत आवाज’ शिर्षको कविता तृतीय भएको छ ।
यस्तै मोरङकै दिपेन्द्र बराइलिको ‘बिदेश’ र बुटवलका रोशन घिमिरेको कविता ‘तिमी शान्त नबस’ शिर्षकका कविताले चतुर्थ स्थान प्राप्त गरेका छ्न ।
प्रतियोगिताको लागि देशभरबाट आएका कविता मध्ये २८ वटा कवितालाई प्रतियोगीताको लागि छनोट गरिएको थियो । प्रतियोगिताको निर्णायकमा कवि मिनकुमार नबोदित र चुडामणि नेपाल ‘अकिन्चन’ रहनुभएको थियो ।
विज्ञ बाट आएको नम्बर लाई ८० प्रतिशत र सामाजिक सन्जालको प्रतिक्रियालाई २० प्रतिशत आधार मानेर अन्तिम नतिजा प्रकाशन गरिएको हो । नतिजा घोषणा भानुजयन्तिको अवसरमा भर्चुअल रुपमा गरिएको संस्थाका अध्यक्ष केशव भण्डारीले जानकारी दिए ।